×

NEPAL TIMES UPDATES

Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026

रेड नोटिस जारी भएका ३ जना दुबईमा पक्राउ, भेटिएनन् जीबी

१० आश्विन २०८१

१० वैशाख , काठमाण्डौ  ।

देशमा शान्ति सुरक्षा कायम राख्ने,सुरक्षित समाजको पहरेदार,राष्ट्र सेवक प्रहरी अधिकृतमाथि नै बलात्कार जस्तो गम्भिर विषयमा फसाईदिने भन्दै ३० लाख रुपैयाँ लिएको गम्भिर आरोप लागेको छ ।

यस्तै सहकारी ठगी प्रकरणमा जीबी राईलाई ब्यापक खोजि गरिरहेपनि अहिलेसम्म फेला पार्न नसकेको प्रहरीले इन्टरपोलको सहयोगमा ३ जना अभियुक्तलाई पक्राउ गरेको छ।ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ।

उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले बताएका छन् । इन्स्पेक्टर बिनुकुमारीमाथि आर्थिक अपचलन गरेको आरोप छ। शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेपछि छानबिन थालिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो । घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको प्रहरी स्रोतले बताएको छ ।

ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति बनाइएको छ । छानबिन भइरहेकाले शाहीलाई जिम्मेवारीबाट हटाएर तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख किरण बज्राचार्यले पनि पुष्टि गरेकी छन् ।

उनीमाथि हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै युवतीसँग मिलेर ३० लाख पैसा लिएको पाइएको छ । शाहीमाथि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोपपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन गर्न समिति गठन गरेको छ ।

छानबिन गर्न कार्यालयले उनको जिम्मेवारी पनि खोसेको छ। परिसरले यस घटनामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। आपराधिक लाभ लिन नहुने कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो।

यसैबीच सहकारी ठगी प्रकरणमा इन्टरपोलबाट ब्यापक खोजी भइरहेका जीबी राईलाई समात्न नसकेको प्रहरीले इन्टरपोलकैसहयोगमा फरार तीन अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की छन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए । रोमन कार्की बलात्कार मुद्दा फरार थिए । प्रहरीको फरार र सर्वाधिक खोजीको सूचीमा रहेका ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई अझै पनि इन्टरपोलकै खोजी सूचीमा छन् ।

तर उनी मलेसियामा रहेको बताइएपनि नेपाल प्रहरीले उनलाई पक्राउ गरेर स्वदेश ल्याउन सकेको छैन् । केही साता अधि मात्रै जीबीको खोजीमा मलेसिया पुगेको नेपाल प्रहरी खाली हात फर्किएको थियो ।

उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलमार्फत ’रेड नोटिस’ जारी छ । उनी मलेसियामा रहेको खुले पनि त्यहाँको प्रहरीले उनलाई पक्राउ गरेर नेपाल फर्काउन इन्कार गर्दै आएको छ ।

गोर्खा मिडिया प्रा.लि.का अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र उनको समूहले नेटवर्किङ्ग व्यवसायको नेटवर्क प्रयोग गरी सहकारी खोलेर बचतकर्ताको १६ अर्ब रुपैयाँभन्दा बढी रकम दुरूपयोग गरेको आरोप छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top