×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतीय पक्षले भन्यो,नेपालमा २५ सय जिहादी तयार गर्दैछ पाकिस्तान

११ आश्विन २०८१

११ असोज, काठमाण्डौ।

नेपालको खुला सीमा र यसको फाइदा अतिवादी समूहले लिन सक्नेतर्फ पटक पटक नेपालको सुरक्षा व्यवस्थालाई लिएर प्रश्न उठाउने भारतीय पक्षले अहिले नेपाल र पाकिस्तानलाई बदनाम गराउने गरी सामाचार प्रकाशन गरेको छ ।

Advertisement
Advertisement

भारतीय गुप्चतर शाखाले भारतको प्रहरी प्रधान कार्यालयमा पठाएको सूचनालाई हवाला दिँदै भारतीय केही संचारमाध्यामहरुले नेपालको बाँके जिल्लामा संचालित मदरसाहरुमा पाकिस्तानीहरुले भारतविरुद्ध जिहादी तालिम दिइरहेको समाचार प्रशारण गरेका छन् ।

भारतको चर्चित जागरण अनलाइनमा सेक्टेम्बर २३ मा भारत–नेपाल सीमा पर खतरा ! २५०० जिहादी तैयार कर रहा पाकिस्तान, गोपनीय तरीके से यूपी के मदरसों में भी आने की आशंकाको शीर्षमा शतिश पाण्डेयले लेखेको समाचारमा भनिएको छ ।

बहराइचको रुपैडिहामा भारतीय सिमानाबाट ६ किलोमिटर टाढा रहेको नेपालगञ्ज (नेपाल)मा पाकिस्तानी मौलानाको संरक्षकत्वमा २५ सय जिहादीलाई तालिम दिइएको छ । यहाँ नेपालका मुस्लिम युवालाई भारतविरुद्ध उक्साइने गरेको छ, जुन सुरक्षाको दृष्टिले भविष्यमा ठूलो खतराको सङ्केत हो भनिएको छ ।

गुप्तचर विभागको विशेष शाखाका एसपीले प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा पठाएको समाचारमा लेखिएको छ । २०२४ सेप्टेम्बर ५ मा सरकारले यस सम्बन्धमा कारबाही गर्न प्रहरी महानिर्देशकलाई निर्देशन दिएको समेत समाचारमा उल्लेख छ ।

यो कुरा बाहिर आएपछि सुरक्षा र गुप्तचर निकायहरू यो चुनौतीसँग जुध्न तयारीमा जुटेको समेत भनिएको छ । उत्तर प्रदेशको नेपाल सीमासँग सम्बन्धित साप्ताहिक गुप्तचर प्रतिवेदन १६ देखि २३ अगष्टसम्मको गुप्तचरको प्रतिवेदनमा नेपालको बाँके जिल्लाको नेपालगञ्जको फुलटेकरा मदरसाका प्रमुख मौलाना मन्सुर हलवाई पाकिस्तानको कराँचीका निवासी भएको उल्लेख गरिएको समाचारमा उल्लेख छ ।

पाकिस्तानको कोषमा सञ्चालित यस मदरसामा लाहोरका मौलाना जियाउल हक, कराँची निवासी मौलाना मदनी मरकज, मौलाना अनवर खान, मौलाना अफरुद्दीन, मौलाना सादिक, मौलाना तौलिक हुसेनले जिहादी शिक्षा दिइरहेको गम्भिर आरोप लगाइएको छ ।

नेपालका २५ सय मुस्लिम युवा यो मदरसा पाकिस्तानी खुफिया एजेन्सी आईएसआई र अन्य आतंकवादी संगठनहरूको लागि अड्डा बनिरहेको गम्भिर आरोप समेत समाचारमा लगाइएको छ ।

यसबाहेक नेपालगञ्जमा पाकिस्तानलगायत अन्य मुस्लिम देशको लगानीमा १३० मदरसा सञ्चालन भइरहेकाले नेपाल–भारत सम्बन्ध बिगार्ने षड्यन्त्र भएको आशंका गरिएको छ । सूचना विभागका एसपीले प्रतिवेदनमा बाँके जिल्लामा नेपालगञ्जमा ६ र जैसपुरमा ५ वटा मदरसा गरी जम्मा १३० मदरसा रहेको प्रतिवेदनमा लेखेको भनिएको छ ।

ती मदरसाहरूमा वहाबी र आईएसआईको गतिविधिका कारण जमात–ए–मिल्ली–इस्लामिया नेपाल, नेपाल इस्लामिक युवा संघ, नेपाल मुस्लिम इत्तेहाद संघ, इस्लामिक संघ नेपाल जस्ता मुस्लिम संगठनहरूको संरक्षण हुने सङ्केतहरू भेटिएको उल्लेख छ ।

फुलटेकरा मदरसाबाट रुपैडिहाका केही मस्जिदमा इस्लाम धर्मको प्रचार गर्न मौलानाहरू आउने–जाने सङ्केत रहेको समेत भनिएको छ । उत्तर प्रदेशका महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, श्रावस्ती, बहराइच, लखिमपुर खेरी र पिलीभीत जिल्लाहरूसँग करिब ५७० किलोमिटर सीमाना नेपालसँग जोडिएको छ ।

सोनौली, खुन्वा, रुपैडिहा नाकाबाहेक दुई देशबीच आवतजावतका लागि तीन सयभन्दा बढी पैदलमार्गहरु रहेको बताइएको छ । उत्तर प्रदेश पुलिसले आतंकवादी गतिविधिको निगरानी र तस्करीलाई रोक्न अपरेशन चलाइरहेको समेत समाचारमा भनिएको छ ।

यता भारतीइय पक्षबाट नेपाल र पाकिस्तानलाई समेत बदनाम गर्ने गरी आएको भनिएको प्रतिवेदन र समाचारको भने नेपाल प्रहरीले खण्डन गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले यी समाचारहरु अफवाह बाहेक अन्य केही नभएको प्रतिक्रिया दिएका छन् ।

नेपाल टाइम्ससँगको कुराकानीमा सूचना अधिकारी मगरले बाँके जिल्लामा भर्खरै मात्रै मुस्लिम समुदायमा विभिन्न चाडहरु मोहरम, मोहम्मद डे लगायत सोहार्दपूर्ण रुपमा सम्पन्न गरिएको भन्दै त्यस्ता समाचार र रिपोर्टहरुको कुनै आधिकारिकता नरहेको बताएका छन् ।

उनले बाँके जिल्लामा संचालित मदरसाहरुका बारेमा भारतीय पक्षबाट आधिकारिक, अनैपचारिक र अनौपचारिक रुपमा समेत कुनै जानकारी र गुनासो समेत अहिलेसम्म नआएको उनले जानकारी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top