२४ घण्टादेखि निरन्तर वर्षा, कहिले खुल्छ मौसम?

१० असोज ८१, शुक्रबार

११ असोज , काठमाण्डौ ।
मौसम पूर्वानुमान महाशाखाका अनुशार विगत २४ घण्टादेखि निरन्तर वर्षा भइरहेपनि विगत १२ घण्टामा कोशी प्रदेशको झापा, इलामलगायत क्षेत्रमा अति भारी वर्षा भएको छ। अविरल वर्षाले ३० स्थानमा खतराको तह पारेको छ भने वर्षापछिको बाढीले कुलेकानीको ड्याम नै भरिने अवस्था भएपछि खतरास्वरुप गृहमन्त्रालयले सूचना जारी गरेको छ।

Advertisement

मकवानपुरको कुलेखानी ड्याम केही घण्टामा भरिने अवस्था रहेकोले सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ । कुलेखानीको बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा.भीष्मकुमार भुसालले बताएका छन् ।

Advertisement

उनले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । साथै प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू र स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्न आग्रह गरेका छन् ।

Advertisement

यस्तै सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई समेत सुरक्षित स्थानको पूर्व तयारी गर्न अनुरोध गरेका छन् । बिहीबार रातीदेखिको अविरल वर्षाका कारण ड्याम तथा नदीहरूमा जलसतह ह्वात्तै बढेको छ ।

यता पछिल्लो १२ घण्टामा झापाको अनारमणीमा दुई सय तीन मिलिमिटर र चन्द्रगढी विमानस्थलमा दुईसय ६० मिलिमिटर र इलाममा दुई सय ४३ मिलिमिटर वर्षा मापन गरिएको छ । पछिल्लो एक घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा तुलनात्मक रूपमा कम वर्षा भएको छ ।

काठमाडौंका थोरै स्थानमा भारी वर्षा भएको छ । कीर्तिपुरमा ८४ मिलिमिटर र बूढानीलकण्ठमा ६५ मिलिमिटर, काठमाडौंका अन्य क्षेत्रमा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको महाशाखाले जनाएको छ ।

ललितपुरको लेलेमा एक सय १५ दशमलब पाँच र गोदावरीमा ९३ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको छ । आइतबार मध्यान्हपछि मौसममा केही सुधार आउँदै जाने महाशाखाले जनाएको छ ।

निरन्तरको वर्षासँगै उपत्यकालगायत मुलुकका अधिकांश नदीनालामा जलसतह बढेको छ । काठमाडौंको बागमती, विष्णुमती, धोबीखोला, ललिपुरको कर्मानासा, भक्तपुरको हनुमन्ते खोलामा जलसतह उच्च रहेको छ ।

वर्षाले काठमाडौँसहित मुलुकभरको जनजीवन सामान्य प्रभावित भएको छ ।देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि नेपालमा रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशमा मोरङको हरैचा, बाहुनी, बिराटनगर बिमानस्थल, झापाको अनारमनी बिर्ता, शनिश्चरे, केचना, गौरादह, चन्द्रगढी बिमानस्थल, सिस्ने अर्जुनधारा, र बाहुनडाँगी, इलामको कन्याम चिया बगान क्षेत्र, ब्रफल्यान, र कन्काई मैनाचुली, तथा उदयपुरको सुन्दरपुरमा चेतावनीको तह पार गरेको हो ।

यस्तै मधेश प्रदेशमा सप्तरीको ब्रमझिजिया, रुपनी बजार, पर्साको मुदली पर्सा, बाराको कलैया र बागमती प्रदेशमा ललितपुरको लेले तथा मकवानपुरको दामनमा चेतावनीको तह पार गरेको छ भने लुम्बिनी प्रदेशमा पाल्पाको कुमालगाउँ, गण्डाकोट, बल्ड्याङगडी, जाल्पा र अर्चाले, नवलपरासी पूर्वको डाडा र सेमारी, अर्घाखाचीको अर्घाखाचीकोट, रुपन्देहीको लुम्बिनी, नवलपरासी पश्चिमको देउरावली नवलमा चेतावनीको तह पारे गरेको हो ।

लगातारको वर्षाका कारण बागमती नदीले खोकना क्षेत्रमा खतराको तह पार गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top