टोटनहमसँग म्यानचेस्टर स्तब्ध, एस्टन भिल्ला र म्याड्रिड रोकिए

१३ असोज ८१, सोमबार

१४ असोज , एजेन्सी ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज राती बोर्नमाउथ र साउथह्याम्प्टन खेल्दै छन् । खेल नेपाली समय अनुसार राति पानै १ बजे बोर्नेमाउथको डीन कोर्टमा हुनेछ । हिजो भएका खेलमा टोटनहमले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हरायो ।

यस्तै ईपस्विच टाउन र एस्टन भिल्लाले २–२ गोलको बराबरी खेले । बोर्नमाउथ पाँच खेलबाट पाँच अङ्कसहित तालिकाको तेह्रौं स्थानमा छ । समान खेल खेलेको साउथह्याम्प्टन एक अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ ।

लिगको शीर्ष स्थानमा लिभरपुल, दोस्रो स्थानमा म्यानचेस्टर सिटी, तेस्रो स्थानमा आर्सनल र चौथो स्थानमा चेल्सी रहेको छ । इङ्ग्लिस प्रिमियर लिग(ईपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ ।

आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३–० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो । युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए । कुलुसेभस्कीले ४७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाए । ७७औं मिनेटमा सोलन्केले गोल गर्दै टोटनहमलाई जित दिलाए ।

जितसँगै टोटनहम ६ खेलमा १० अंकका साथ आठौं स्थानमा छ । युनाइटेड समान खेलबाट ७ अंक जोड्दै १२औं स्थानमा रहेको छ । आइतवार नै भएको अर्को खेलमा इप्स्वीच टाउन र एस्टन भिल्ला २–२ को बराबरीमा राकिएका थिए ।

उता, स्पेनिस लालिगा फुटबलमा आज राती एक खेल हुँदैछ । नेपाली समयानुसार खेल राती पौने एक बजे एल मेद्रिगाल स्टेडियममा भिल्ला रियल र लस पाल्मसबीच हुनेछ । लिग अन्तर्गत गएराती भएको खेलमा भने एथ्लेटिको म्याड्रिड र रियल म्याड्रिडले अंक बाँडेका छन् ।

मेट्रोपोलिटन स्टेडियममा भएको खेलमा एदर मिलिताओले रियलका लागि ६४ औँ मिनेटमा गोल गरेका थिए । तर अतिरिक्त समयमा एथ्लेटिकोका लागि एन्जले कोरेयाले जवाफी गोल फर्काए । रियल ५ खेलमा चार जित निकाल्दै अंक लालिकाको तेस्रो स्थानमा छ ।

एथ्लेटिको ५ खेलमा तीन जितसहित चौथो स्थानमा छ । लिग अन्तर्गत आइतबार भएका खेलमा बिल्बाओ र सेल्भिला तथा सेल्टा भिगो र जिरोनाले १–१ गालेको बराबरी खेल्दै अंक बाँडेका थिए भने बेटिसविरुद्ध स्प्यानोलले १–० को जित निकालेको थियो । बेटिसका लागि जियोभानी लो सेल्सोले ८५ औँ मिनेटमा गोल गरेका थिए ।

भर्खरको समाचार

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top