×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

ओमानमाथि नेपालको दोस्रो जित

१७ आश्विन २०८१

१७ असोज , काठमाण्डौ ।

लगातारको हारको श्रृंखला तोड्ने क्रममा नेपालले क्यानडामा दोस्रो जित निकालेको छ । कप्तान रोहितकुमार पौडेलको अलराउन्ड प्रदर्शनसँगै नेपालले क्यानडामा ट्वान्टी–२० त्रिकोणात्मक सिरिजमा ओमानमाथि लगातार दोस्रो जित हासिल गरेको हो ।

Advertisement
Advertisement

 बिहीबार बिहान भएको खेलमा नेपालले ओमानलाई ५६ रनले पराजित गरेको छ । यसअघि नेपालले ओमानलाई नै ३७ रनले पराजित गरेको थियो । नेपाल घरेलु टोलीसँग पहिलो खेलमा चार विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा पनि नेपाल सोही टोलीसँग १४ रनले पराजित भयो । योसँगै नेपालले चार खेलबाट चार अंक जोडेको छ । एक खेल कम खेलेको क्यानडाको पनि समान अंक छ । तर, नेटरनरेटमा नेपाल अगाडि छ ।

नेपालको नेटरनरेट ०.९३५ छ भने क्यानडाको –०.२५३ छ । क्यानडाले अन्तिम खेल ओमानसँग खेल्ने छ । यही खेलबाट विजेताको टुंगो लाग्ने छ । ओमानको भने तीन खेलबाट दुई अंक मात्रै छ ।

आजको नेपालको जितमा कप्तान रोहितको प्रदर्शन तारिफयोग्य रह्यो । रोहितले ४४ बलमा दुई चौका र चार छक्कासहित ५६ रन बनाए । बलिङतर्फ पनि एक ओभरमा सात रन खर्चिएर दुई विकेट लिए ।

उनकै अर्धशतकसँगै नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको ओमानले १७.५ ओभरमा १०१ रन बनाउँदै सबै विकेट गुमायो ।

खराब सुरूवात गरेको ओमानले २१ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो । पहिलो २ विकेट रिजन ढकालले लिंदै नेपाललाई राम्रो सुरूवात दिलाए । उनले कश्यप प्रजापतिलाई २ र सोएब खानलाई ९ रनमा आउट गरे ।

यसपछि कप्तान अकिब इलियास र जेसन मक्सुदले तेस्रो विकेटको लागि ४० रनको साझेदारी गरे। यो साझेदारीलाई सन्दीप लामिछानेले तोडे । अकिब २२ रनमा सन्दीपको बलमा दीपेन्द्र सिंह ऐरीद्वारा क्याच आउट भए ।

यतिखेर ओमानले ६१ रन बनाएको थियो । यसपछि ओमानले निरन्तर अन्तरालमा विकेट गुमायो । थप ४० रन मात्र जोड्ने क्रममा बाँकी ७ विकेट खेर फाल्यो । बलिङमा कुशल भुर्तेलले सर्वाधिक ३ विकेट लिए ।

मात्र ११ बलमा १० रन खर्चेर ३ विकेट आफ्नो नाममा लेखाए । रोहित, सन्दीप र रिजनले समान २ विकेट झारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रनको योगफल खडा गरेको थियो ।

१३ रन मात्र जोड्दा नेपालका ओपनर अनिल शाह ११ रनमा आउट भए । लगतै १६ रन जोडेर आशिफ शेख पनि पबिलियन फर्किए । देव खनाल पनि क्रिजमा जम्न सकेनन्। उनी १८ रनमा आउट भए ।

नेपालले तेस्रो विकेट गुमाउँदा ५५ रन बनाएको थियो । यसपछि कुशल मल्ल र रोहितले चौथो विकेटको लागि ५५ रनको साझेदारी गरे । कुशल १९ रन जोडेर आउट भए । रोहितले ५६ रनको उत्कृष्ट पारी खेले ।

गुलशन झा २, दीपेन्द्र सिंह ऐरी १ र कुशल भुर्तेल ११ रनमा आउट भए । बलिङमा फयाज बटले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । रोहित प्लेयर अफ दी म्याच घोषित भए ।

टी २० सिरिजपछि नेपाल अमेरिका प्रस्थान गर्नेछ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज हुने भएको छ।

नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुनेछ । त्यसलगत्तै नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top