×

NEPAL TIMES UPDATES

Playing
होर्मुजकोमा १०,००० बढी अमेरिकी से*ना तैनाथ, सी ले दिए ४ बँुदे शान्ति प्रस्ताव|| Nepal Times
Apr 15, 2026
Playing
दीपक खड्काको फाइल अब अख्तियारमा || Nepal Times
Apr 15, 2026
Playing
देउवा, ओली, प्रचण्ड अनि बालेनमा को धनी ?|| Nepal Times
Apr 15, 2026
Playing
सरकारको १८ बुँदे प्रतिवद्धतामा प्रतिपक्ष दल के भन्छन् ?#balen #ashika #nepal || Nepal Times
Apr 15, 2026
Playing
५ वर्षमा १५ लाख रोजगारी र एआई निर्यातसहितका १४ राष्ट्रिय प्रतिबद्धता|| Nepal Times
Apr 15, 2026
Playing
सीमा नाघेर गतिविधि नगर्न देउवा पक्षलाई गगनको चेता*वनी, पूर्णबहादुरको काउन्टर|| Nepal Times
Apr 14, 2026
Playing
एमसीसी र बीआरआईको सन्तुलन नमिलाए बालेन सरकारलाई कठिन || Nepal Times
Apr 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-01-2083 || Nepal Times
Apr 14, 2026
Playing
‘नेपाललाई बफर स्टेट होइन, भाइब्रेन्ट ब्रिज बनाउने’ भारतसँग जलमार्ग, चीनको बन्दरगाह उपयोग
Apr 14, 2026
Playing
F– 35, MV–22, USS Tripoliले घेरियो होर्मुज, साउदी किन बेचैन ? || Nepal Times
Apr 14, 2026

बेरुतमा इजरेलको ठूलो आक्रमणः कसका तर्फ धेरै क्षति ?

१७ आश्विन २०८१

१७ असोज , एजेन्सी ।

पूर्वघोषणा अनुरुप नै इजरायलले लेबनानको राजधानी बेरुतमा ठूलो आक्रमण गरेको छ । इजरायली हवाई आक्रमणमा पाँचजनाको मृत्यु भएको छ । बेरुतमा हिजबुल्लाह स्थानहरूलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ ।

Advertisement
Advertisement

लेबनानी अधिकारीहरूका अनुसार आक्रमण एक चिकित्सा सेवा केन्द्रमा भएको छ । यो मेडिकल सेन्टर हिजबुल्लाहसँग सम्बन्धित छ । यसैबीच, लेबनानमा इजरायली हवाई आक्रमणमा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।

५६ वर्षीय कमेल अहमद जवाद अमेरिकाको मिसिगनका बासिन्दा रहेको बताइएको छ । उनी आफ्नी वृद्ध आमाको हेरचाह गर्न लेबनान गएका थिए । यस्तै इजरायलले पनि आफ्ना केही सैनिकहरु गुमाएको छ ।

हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको पुरा विवरण भने अझै आइसकेको छैन ।

लेबनानी सशस्त्र समूह हिज्बुल्लाहविरुद्ध स्थल आक्रमण सुरु गरेयताको यो इजरेलले बेहोरेको पहिलो मानवीय क्षति हो । हिज्बुल्लाहले लडाइँमा इजरेली ट्याङ्कहरू ध्वस्त पारेको जनाउँदै इजरेली फौजलाई फिर्ता पठाउन आफूसँग पर्याप्त बल र अस्त्र भएको जनाएको छ ।

विवरणहरूका अनुसार छ जनालाई हिज्बुल्लाह लडाकुहरूले एम्बुसमा पारेका थिए भने अन्य दुईजना मोर्टार हमलामा परेका थिए । हिज्बुल्लाहले आफ्ना दर्जनौँ लडाकुले इजरेली कमान्डोहरूतर्फ ट्याङ्कभेदी मिसाइल प्रहार गरेको जनाउँदै बुधवार एक सीमावर्ती गाउँमा भएका लडाइँका क्रममा दर्जनौँलाई मारेको र घाइते बनाएको जनाएको छ।

यता इजरायली सेनाले भने लेबनानको ४ सय मिटर क्षेत्रमा प्रवेश गरेको जनाएको छ । यसैक्रममा लेबनानको तर्फबाट भएको आक्रमणमा इजरायलका आठ सैनिकको ज्यान गएको थियो ।

इजरायली रक्षा बल (आईडीएफ) ले एक विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना आठ सैनिक मारिएको जनाएको छ । इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ । हिजबुल्लाह र इजरायली सेनाबीच ठाउँठाउँमा झडप भइरहेको छ ।

केही ठाउँहरुबाट इजरेली सेनालाई लखेटेको पनि हिज्बुल्लाहले दाबी गरेको छ । यद्यपि इजरायलले भने यो कारबाही सीमित हुने जनाएको छ । इजरायलको आक्रमणबाट हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको ज्यान गएको थियो ।

त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । अस्ति मङ्गलवार राति एकैदिन इरानले झण्डै २ सय मिसाइल इजरायली भूमिमा आक्रमण गरेको थियो । त्यसपछि तनाव झन् बढेको छ ।

लेबनानको भूमिमा घुसेर इजरायली सेनाले हिजबुल्लाह लक्षित आक्रमण गर्दै आएको छ । बुधवार साँझ लेबननको स्वास्थ्य मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा ४६ जना मानिसहरू मारिनुका साथै ८५ जना घाइते भएको जनाएको थियो ।

तर उसले त्यसमा सर्वसाधारण र लडाकुहरूको वर्गीकरण गरेको छैन । यसबीच मध्यपूर्वको अवस्थाबारे छलफल गर्न संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको खबरमा उल्लेख छ ।

यता इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले तेहरानमा भएको बैठकमा अमेरिका र केही अन्य युरोपेली देशविरुद्ध कडा शब्द प्रयोग गरेका छन् । उनले इजरायल–हिजबुल्लाह र हमासबीच जारी युद्ध र क्षेत्रीय तनावका लागि अमेरिका र केही युरोपेली देशलाई दोष दिँदै यी देशले यस क्षेत्रमा शान्ति ल्याउने झुटो दाबी गरेको बताएका हुन्।

उनले यस क्षेत्रमा रहेका देशहरू शान्तिमा बस्नका लागि उनीहरूलाई यस क्षेत्रबाट ’गायब’ गर्नुपर्ने बताएका छन् । खामेनीले हिज्बुल्लाह नेता हसन नसरल्लाहको हत्यामा शोक व्यक्त गरे ।

एक वरिष्ठ इरानी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई मंगलबार इजरायलमा क्षेप्यास्त्र प्रहार गर्ने आदेश देशका सर्वोच्च नेताले दिएको बताएका छन् । यता इजरायल र उसका मित्र देशले इरानको आक्रमणको उचित जवाफ दिने बताएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले निकै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनले इरानले आगोसँग खेलिरहेको र यो खेल उसकै लागि घातक हुने चेतावनी दिएका छन् ।

इरानी मिसाइलहरुले इजरेलको राजधानी तेल अभिभसहितका शहरमा केही क्षति पुगेको छ । अमेरिका, बेलायत, फ्रान्स, जापान, अस्ट्रेलियासहितका देशले पनि इरानलाई कडा चेतावनी दिएका छन् ।

हिजोदेखि लेबनान प्रवेश गरेर कारबाही थालेको इजरायलले सो सैन्य अभियानका लागि थप सेना पठाएको छ । आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाहका अखडाहरूमा आक्रमण तीव्र बनाउन थप सेना पठाएको बताएको छ ।

३६ औं डिभिजन र अन्य समूहबाट थप सेना खटिएको बताइएको छ । हिजबुल्लाहले यसअघि लेबनानमा इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो । तर इजरायली सेनाले भने अदाइसेह शहरमा प्रवेश गरिसकेको बताएको छ ।

इजरायलले लेबनानमा एक हप्तासम्म हवाई आक्रमण गरेर हिजबुल्लाहका केही अखडा ध्वस्त बनाएपछि जमिनबाट समेत आक्रमण थालेको छ ।

Advertisement

भर्खरको समाचार

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

सम्बन्धित खबरहरु

Scroll to Top