×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026

नेपालका पूर्वराजालाई भुटानमा भव्य स्वागत, रेड कार्पेट ओछ्याइयो

१७ आश्विन २०८१

१७ असोज , एजेन्सी ।

निजी भ्रमणका क्रममा नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटान पुगेका छन् । ५ सदस्यीय टोलीसहित पूर्वराजा शाह आज भुटान गएका हुन् । उनलाई राजधानी थिम्पुमा त्यहाँकी राजकुमारीले स्वागत गरेकी छिन् ।

Advertisement
Advertisement

राजतन्त्रात्मक मुलुक भुटानले नेपालका पूर्वराजालाई गरेको यो भव्य स्वागतको छ । नेपालका पूर्वराजा शाहलाई विमानस्थलमा स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो। पूर्वराजासँग पूर्वअधिकारकुमारी (छोरी) प्रेरणा र पूर्वशाहज्यादी (भतिजी) शिताष्मा पनि छन् ।

पारिवारिक सदस्य राजु सिंह पनि भ्रमण दलमा छन् । उनीहरु भुटानको राष्ट्रिय ध्वजावाहक ड्रुक एयरलाइन्सबाट थिम्पु गएका हुन् । भ्रमणका अन्य कार्यक्रमहरूबारे विस्तृत जानकारी गराइएको छैन ।

भ्रमणबारे जानकारी गराउन केहीदिनअघि एक सूचना सार्वजनिक भएको थियो । जसमा अन्य कुनै विवरण उल्लेख थिएन । यद्यपि पूर्वराजाको यो भ्रमण राजनीतिक नै भएको बताइन्छ ।

उनी भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुककै निमन्त्रणमा गएको पनि दाबी गरिएको छ । अहिले राजकुमारीले विमानस्थलमा स्वागत गर्नुले त्यसलाई थप पुष्टि गरेको छ । पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना भ्रमणको तयारीका लागि केही दिनअघि नै भुटान पुगेका थिए ।

यो भ्रमणमा पूर्वयुवराज्ञी हिमानी पनि जाने तयारी थियो, तर अस्वस्थ भए जान सकिनन् । पूर्वराजाले भुटानी राजासँग भेटवार्ता गर्ने बुझिएको छ । अन्य उच्च पदस्थहरुसँग पनि भेट्नेछन् । भुटानमा भारतको मुद्रा चल्छ ।

यहाँको आन्तरिक राजनीतिमा भारतको राम्रै पडक रहेको मानिन्छ । पछिल्लो पटक भारतले विशेष गरि सत्तारुढ भाजपा र त्यहाँको हिन्दु अतिवादी संगठनले नेपालमा हिन्दु राज्य पुनर्वहालीका लागि जोड गरिरहेको पनि चर्चा छ ।

यसै शिलशिलामा नेपालमा राजसंस्थाको पनि पुनर्वहालीका लागि भारतसहित विभिन्न शक्तिहरु लगिरहेको विश्लेषण गरिएको छ । २०७७ मा हरिद्वारमा ज्ञानेन्द्र शाहलाई नेपाल नरेश, हिन्दु सम्राट लगायतको उपाधिसहित भारतले भव्य स्वागत गरेको थियो ।

यसैक्रममा भारतले सोझै पर्दामा नदेखिएर भुटानमार्फत पूर्वराजा ज्ञानेन्द्र शाहसंग केही रणनीति बनाउन लागेको जस्ता टिप्पणी पनि हुन थालेका छन् । पछिल्लो समय प्रधानमन्त्री केपी ओलीदेखि सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले अहिलेको व्यवस्था उल्ट्याउन विभिन्न शक्तिहरु लागि परेको भन्दै त्यसो कदापी नहुने दाबी समेत गर्दै आएका छन् ।

नेपालमा राप्रपाले राजसंस्थासहितको हिन्दु राज्यको एजेण्डा छाडेको छैन । केही दिनअघि मात्रै रविन्द्र मिश्रले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अहिलेको व्यवस्थाले देश अगाडि जान नसक्ने बताएको भन्दै सामाजिक संजालमा तस्वीरहित पोस्ट गरेका थिए ।

जसलाई पनि प्रचण्डको सचिवालयले सच्च्याएको थियो । प्रचण्ड स्वयंले भने यसबारेमा अहिलेसम्म कुनै प्रष्टीकरण दिएका छैनन् । नेपाल र भुटानबीच दौत्य सम्बन्ध छ । तर, आवासीय दूतावास छैन । नेपाल र भुटानको सिधा दूरी बढीमा चार÷पाँच घण्टाको होला ।

लगभग उस्तै भौगोलिक बनावट भएका दक्षिण एसियाका भूपरिवेष्टित मुलुक नेपाल र भुटानबीच शरणार्थी मामिला बर्षौदेखि दुई देशको सम्बन्धमा चिसोपन ल्याउने विषयका रूपमा रहिआएको छ ।

तर विगत एक शताब्दीदेखि भुटान अविच्छिन्न राजतन्त्र रहिआएको छ भने नेपाल झन्डै अढाई शताब्दी लामो शाहवंशीय राजतन्त्रबाट मुक्त भइसकेको छ । ८० को दशकमा नेपाल र भुटानका राजतन्त्र बीचको सम्बन्ध अत्यन्त सुमधुर थियो ।

सिक्किममा राजतन्त्रको पतनपछि त्यतिखेर नेपालको शाहवंशसँग भुटानी वाङचुक वंशले वैवाहिक सम्बन्धसमेत गाँस्ने इच्छा व्यक्त गरेको कतिपय जानकारको भनाइ छ । नेपाल–भुटान बीचको सम्बन्ध कुन स्तरमा थियो भन्ने खुलासा भुटानी राजा जिग्मे खेसर नामग्याल आफंैले गरे ।

थिम्पुमा २०६७ सालमा १६ औं सार्क शिखर सम्मेलनमा भाग लिन गएका नेपालका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई उनले आफू नेपालमा जन्मिएको बताएका थिए । प्रोटोकल विपरीत प्रधानमन्त्री नेपालको वासस्थानमै पुगेका पाँचौं राजाले काठमाडौंको एक अस्पतालमा जन्मिएको बताएका थिए ।

उनी जन्मिँदा उनकी आमा रानी थिइनन् । उनका बाबु चौथा राजा जिग्मे सिङ्गे वाङचुकले उनी जन्मिएको आठ वर्षपछि मात्र उनकी आमा छिरिङ योङदोनसहित उग्येन दोर्जीका चार छोरीलाई विवाह गरेका थिए ।

त्यतिखेर भारतसँग उसको सम्बन्ध त्यति समधुर नभएकाले राजाले आफ्नो उत्तराधिकारीलाई काठमाडौंको अस्पतालमा जन्माउने व्यवस्था मिलाएको हुनसक्ने अनुमान छ । नेपाल–भुटान सम्बन्धको आधार प्राचीन भएपनि दुई देश बीचको कूटनीतिक सम्बन्ध सन् १९८३ को जून महिनामा मात्र स्थापित भएको थियो ।

चौथा राजा वाङचुकले सन् १९८७ मा नेपालको भ्रमण गरेका थिए भने त्यसको एक वर्षपछि अक्टोबर महिनामा स्वर्गीय राजा वीरेन्द्रले भुटानको औपचारिक भ्रमण गरेका थिए । तर त्यसयता अधिकांश दुईपक्षीय भ्रमणको केन्द्रमा शरणार्थी मामिला रहदै आएको छ ।

Advertisement

भुटानले नेपाली भाषीलाई लखेटेपछि पुनस्थापनाका लागि नेपालले गरेको प्रयास असफल भएपछि यही मुद्दाका कारण द्विपक्षीय सम्बन्ध अझै सौहार्द बन्न सकेको छैन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top