×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

चर्चा ‘डाँफेज् एन्ड गैँडाज्’को

१८ आश्विन २०८१

१८ असोज , काठमाण्डौ ।

नेपालको प्रतिनिधित्व गर्दै राष्ट्र संघको महासभामा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण पूरानो भईसक्यो । तर उनको त्यही अमेरिका भ्रमणकै विषयलाई लिएर आलोचना, ब्यङग र खिसीट्युरी अझै सकिएको छैन् ।

Advertisement
Advertisement

अमेरिका भ्रमणकै क्रममा विद्यार्थीले सोधेको जिज्ञाशाको जवाफ दिन नसकेको , अंग्रेजी भाषामा दख्खल नदेखिएको, नेपाल फर्किएपछि आफू भैसीको दुध दुहुन अमेरिका नगएको भनेको लगायतका विषयलाई लिएर आलोचना भइरहेका बेला उनले अमेरिकामा ब्यक्त नेपालको राष्ट्रिय चरा डाँफे र नेपालकै विश्व चर्चित एक सिंगे गैडाका बारेमा समेत जानकारी गराएका थिए ।

त्यही सम्बोधनका क्रममा उनले डाँफेलाई डाँफेज् र गैँडालाई गैडाज भनेपछि त्यसको खिसीट्युरी अझै जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको यही अभिब्यक्ति सामाजिक संजालमा ट्रोल बनेपछि एमाले महासचिवले आफ्ना अध्यक्षको बचाउँ गर्दै यसबारे प्रष्टिकरण दिएका छन् ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको प्रतिरक्षा गरेका छन्। शुक्रबार बिहान फेसबुकमा स्टाटस लेख्दै महासचिव पोखरेलले डाँफे र गैँडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्ने चलन बसाउने प्रयासअनुरूप प्रधानमन्त्री ओलीले अमेरिकामा ‘डाँफेज्’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको जिकिर गरेका हुन्।

‘अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा डाँफेज् र गैडाज् शब्द प्रयोग गर्नुभएको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ।

त्यस विषयमा सामाजिक सञ्जालमा एक प्रकारको बहससमेत चलाउने प्रयास भइरहेको छ’, एमाले महासचिव पोखरेलको तर्क छ, ‘तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनुभएको थियो। उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्ष्यमा बुझ्नुपर्दछ। यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन। तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठीक भन्ने बौद्धिक मत उचित होइन। विश्वज्ञान सिद्धान्तको विकासमा एसियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्दछ।’

यसअघि प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालय पुगेर अन्तरक्रियामा सहभागी भएको विषय र त्याहा ब्यक्त अभिब्यक्ति पनि आलोचनाको विषय बनेको थियो।

प्रधानमन्त्रीले कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक समृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै नेपालले कुनै पनि मुलुक, क्षेत्र र संसारभर नै शान्ति चाहेको बताएका थिए ।

सम्बोधन पछि उनले कोलम्बिया विश्वविद्यालयकै ७ जना विद्यार्थीहरूले सोधेको प्रश्नको उत्तर दिएका थिए । सोही क्रममा कार्यक्रममा सोधिएको प्रश्न र ओलीले दिएको जवाफले मेल नखाएपछि प्रश्नै नबुझेर अर्कै जवाफ दिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरिएको थियो ।

एक विद्यार्थीले सोधेको प्रश्न भित्र ठट्टा हिसाबमा कतिवटा प्रश्न छन् भन्दै सहजकर्तालाई नै उनले प्रश्न सोधेका थिए । जसको जवाफ समेत प्रधानमन्त्रीले गोलमटोल दिएका थिए ।

प्रश्न सकिएको केही समय प्रधानमन्त्री मौन रहनु अनि धन्यवाद दिँदै सहजकर्तालाई कति वटा प्रश्न छन् भन्दै राखेको जिज्ञाशा नै ट्रोल बनेको थियो । तर प्रधानमन्त्रीले आफ्नो मौलिकताको प्रचार गरेको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top