NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र मङ्लबार पुस ८ , २०८२
Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains ! मङ्लबार पुस ८ , २०८२
रवि–बालेन–कुलमानको एकताले देशको भविष्य बदल्न सक्छ ? मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

यु १९ महिला विश्वकपका लागि २० खेलाडी छनोट

शुक्रबार अशोज १८ , २०८१
Reading Time: 1 min read
A A
यु १९ महिला विश्वकपका लागि २० खेलाडी छनोट
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

 १८ असोज , काठमाण्डौ।

आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यू–१९ टी–ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले २० खेलाडी छनोट गरेको छ । संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो ।

छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।

LS Auto

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामीमगर पनि छनोट भएका छन् ।

प्रशिक्षणमा रहेका १० खेलाडी भने दोस्रो चरणमा परेनन् । क्यानले बिहीवार दोस्रो चरण छनोट गरेको हो । क्यानले एसिया छनोटका लागि भदौ २६ गते २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा डाकेको थियो ।

पहिलो चरणमा प्रशिक्षण नरहेकी रन्जु श्रेष्ठलाई दोस्रो चरणमा समेटिएको छ । प्रारम्भिक छनोटमा नरहेकी रन्जुलाई दोस्रो चरणमा समेटिएको क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

क्यान युवा महिला टोलीको प्रशिक्षकको जिम्मेवारी महेश प्रसाद रिजाललाई दिएको छ । टोलीको बन्द प्रशिक्षण दाङको लमही क्रिकेट मैदानमा भइरहेको छ । विश्वकप एसिया छनोट प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ ।

विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छ भने कात्तिक २४ गते घरेलु टोली यूएईसँग खेल्नेछ ।

नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छभने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कात्तिक २८ मा यूएईसँग खेल्नेछ । चार टोलीको सहभागी रहने छनोट खेलमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा सहभागी हुनेछ ।

  यसैबीच  आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा बङ्गलादेश र पाकिस्तानले विजयी शुरुआत गरेका छन् । हिजो भएको समूह ’बी’ को उद्घाटन खेलमा बङ्गलादेशले स्कटल्यान्डलाई १६ रनले हरायो ।

यस्तै समूह ’ए’ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई ३१ रनले हराएको छ  । अब बङ्गलादेशले आगामी शनिबार ईङल्याण्डको सामना गर्ने छ भने स्कटल्याण्डले आइतबार वेस्ट इन्डिजको सामना गर्ने छ ।

  यो पहिलो आईसीसी प्रतियोगिता हो जहाँ स्मार्ट रिप्ले प्रणाली प्रयोग गरिने भएको छ । यो प्रविधि आइपिएल २०२४ र द हन्ड्रेडमा प्रयोग भइसकेको छ । आईस्मार्ट रिप्ले प्रणाली टिभी अम्पायरलाई विभिन्न कोणबाट आउने फुटेजको तत्काल समीक्षा गरेर सही निर्णय लिन मद्दत गर्न प्रयोग गरिनेछ ।

अम्पायरिङको हिसाबले अर्को महत्वपूर्ण कुरा के छ भने यसपटक महिला टी–२० विश्वकपमा अम्पायरको सम्पूर्ण प्यानल महिला मात्र हुनेछन् । त्यस्तै, म्याच अफिसियल पनि महिला हुनेछन् । पछिल्लो टी–२० विश्वकपमा पनि यस्तै भएको थियो ।

प्रतियोगितामा १० टिमबीच १७ दिन प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कुल २३ खेल हुनेछ । १० टोलीलाई २ समूहमा विभाजन गरेर खेल सुरु हुँदै छ । समूह ‘ए’मा भारत, अस्ट्रेलिया, पाकिस्तान, श्रीलंका र न्युजिल्यान्ड रहँदा समूह ‘बी’ मा बंगलादेश, इंग्ल्यान्ड, स्कटल्यान्ड, साउथ अफ्रिका र वेस्टइन्डिज रहेका छन् ।

समूह चरणमा एकअर्काविरुद्ध प्रतिस्पर्धा भएपछि दुवै समूहबाट शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग तथा समूह ‘बी’को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलका खेल आगामी १७ र १८ अक्टोबरमा हुँदा प्रतियोगिताको फाइनल २० अक्टोबरमा हुनेछ । प्रतियोगिता युएईका दुई भेन्युमा आयोजना हुनेछ । जसमा शारजाँहा र दुबइमा खेल हुनेछ ।

दुबईमा पहिलो सेमिफाइनल र फाइनल हुँदा सारजाहाँमा दोस्रो सेमिफाइनलको खेल हुनेछ । प्रतियोगितामा सेमिफाइनल र फाइनलमा रिजर्व डे राखिएको छ । आईसीसीले पहिलो पटक महिला र पुरुष टिमको पुरस्कार राशी बराबर राखेको छ ।

विजेताले ३२ करोड बढी प्राप्त गर्नेछन् । उपविजेताले १६ करोडभन्दा बढी तथा सेमिफाइनल पुग्ने दुवै टिमले ९–९ करोड प्राप्त गर्नेछन् । महिला विश्वकपमा सर्वधिक सफल टोली अस्ट्रेलिया हो।

उसले ६ पटक उपाधि जित्दा इंग्ल्यान्ड र वेस्टइन्डिजले समान १–१ पटक जितेका छन् । भारतले भने अहिलेसम्म महिला विश्वकपको उपाधि जित्न सकेको छैन ।

Tags: #बङ्गलादेश र पाकिस्तान#महिला टी–२० विश्वकप#महिला यू–१९ टी–ट्वान्टी विश्वकप#विश्वकपको एसिया छनोट

लोकप्रीय

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२

विचार

थप समाचार

articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग
खेलकुद

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र
ताजा समाचार

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२
recovered_Talismania casino_2025-12-19

Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains !

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.