×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा , मोदीसँग झुके मुइज्जु

२० आश्विन २०८१

२० असोज , एजेन्सी ।

चीन समर्थित मानिएका माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले आजदेखि भारत भ्रमण सुरु गर्दैछन् । मुइज्जुले अक्टोबर ६ देखि १० सम्म भारतको औपचारिक भ्रमण गर्ने जानकारी भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गएको वर्ष सत्तामा आएयता यो मुइज्जुको पहिलो भारत भ्रमण हुनेछ । आफ्नो चुनावी अभियानमा मुइज्जुले दिल्लीको प्रभाव कम गर्ने वाचा गरेका थिए भने ‘भारत बहिष्कार’ को नीति अपनाएका थिए ।

उनले माल्दिभ्समा हरेका भारतीय सेना पनि फिर्ता पठाएका छन् । यसअघि उनी सन् २०२४ को जुनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शपथ ग्रहण समारोहमा सहभागी हुन भारत आएका थिए ।

भ्रमणका क्रममा मुइज्जुले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री नरेन्द्र मोदीसँग पारस्परिक हितका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनी बिजनेस इभेन्टमा भाग लिन मुम्बई र बेङ्ग्लोर पनि जानेछन् । गत महिना माल्दिभ्सका राष्ट्रपति कार्यालयका प्रमुख प्रवक्ता हिना वालिदले पनि राष्ट्रपति मुइज्जुको भारत भ्रमणबारे जानकारी दिएकी थिइन् ।

ऋणको सावा र ब्याज तिर्न नसकेर मालदिभ्स डिफल्टमा जाने भय बढिरहेकै समयमा मुईज्जुले भारत भ्रमण सुरु गर्न लागेका हुन् । भारतमा रहँदा उनले वित्तीय उद्धारको खोजी गर्ने बताइएको छ ।

मुइज्जु सत्तामा आएसंगै दुवै देशबिचको सम्बन्ध तिक्त बनेको छ । तर उनको यस आसन्न भ्रमणले माल्दिभ्सले आफ्नो शक्तिशाली छिमेकीलाई बेवास्ता गर्ने जोखिम मोल्न नसक्ने सङ्केत गरेको विज्ञहरूले भनिरहेका छन् ।

सेप्टेम्बरमा माल्दिभ्सको विदेशी मुद्रा सञ्चिति ४४ करोड डलर मात्रै थियो । यो भनेको साढे एक महिनाको आयात मात्रै धान्न पुग्ने हो । गएको महिना बहुराष्ट्रिय कर्जा रेटिङ एजेन्सी मूडिजले डिफल्टमा जाने जोखिम ह्वात्तै बढेको भन्दै माल्दिभ्सको कर्जाको साख घटाएको थियो ।

भारतविरोधी अभियान चलाएर सत्तामा पुगेका मुइज्जुले अहिले सोही भारतको भ्रमण गरिरहँदा यता भारतका विदेशमन्त्री पनि कटुतापूर्ण सम्बन्ध रहेको छिमेकी मुलुक पाकिस्तान जाने भएका छन् ।

यो भ्रमण कुनै पनि भारतीय विदेशमन्त्रीले वितेको एक दशकको अवधिमा गरेको पहिलो भ्रमण हुनेछ । जयशंकर शंघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिनका लागि पाकिस्तान जाने भएका हुन् ।

४ अक्टूबरमा भारतीय विदेश मंत्रालयका प्रवक्ता रणधीर जायसवालले यसको पुष्टि गर्दै भनेका थिए, विदेश मंत्रीले इस्लामाबादमा १५ र १६ अक्टूबरमा हुन लागेको एससीओको बैठकमा भारतीय प्रतिनिधिमंडलको नेतृत्व गर्नेछन् ।

यसअघि २०१५ मा तत्कालीन विदेश मंत्री सुषमा स्वराज ’’हार्ट अफ एशिया कन्फ्रेंस’’मा भाग लिनकालागि इस्लामाबाद पुगेकी थिइन् । त्यसको केही दिनपछि नै प्रधानमंत्री नरेंद्र मोदी एक ’’सरप्राइज भिजिट’’ मा लाहौर गएका थिए ।

अब फेरि भारतका विदेश मंत्री पाकिस्तान भ्रमणमा जाँदैछन् । यसबारेमा विदेश मंत्रालयका प्रवक्ता रणधीर जायसवाललाई जब एक पत्रकारले सोधे, के विदेश मंत्रीको भ्रमणले भारत–पाकिस्तानको सम्बन्धमा सुधार ल्याउने प्रयासका रुपमा हेर्न सकिन्छ ? जवाफमा जायसवालले भने, ’’यो भ्रमण एससीओ मिटिंगका लागि हो, योभन्दा धेरै यसका बारेमा नसोचौं’’ ।

त्यसको भोलीपल्ट ६ अक्टूबरमा जयशंकरले पनि आफ्नो भ्रमणबारे बताउँदै भने कि उनी ’’भारत–पाकिस्तानको सम्बन्ध चर्चाका लागि पाकिस्तान जान लागेका होइन्, उनी त शंघाई सहयोग संगठनमा भाग लिनका लागि मात्रै जान लागेका हुन् ।

यद्यपि केही भारतीय कुटनीतिज्ञहरु भन्छन् कि भारत चाहादैन कि उसका मित्र देशहरुले भारत–पाकिस्तान विवादका कारण एससीओमा कुनै प्रकारको अड्चन देखुन । अर्थात भारत यो चाहाँदैन कि एससीओका अन्य सदस्य देशले यो महसूस गरुन् कि भारतले आफ्नो विदेश नीतिमा एससीओको महत्वलाई कम गर्दै छ ।’’

यदी प्रधानमन्त्री नै गएका भए त्यसको अर्कै संदेश पनि जान सक्थ्यो । तर विदेशमन्त्री जाँदा भारत पाकिस्तानसंग अहिले नै उच्च–स्तरीय भेटका लागि तयार नभएको र एससीओ जस्ता बहुपक्षीय मंचमा आफ्नो भूमिका निभाउनका लागि तयार रहेको संदेश दिने जानकारहरु बताउँछन् ।

यसअघि २०१६ मा तत्कालिन गृहमन्त्री राजनाथ सिंह सार्कको बैठकका लागि पाकिस्तान गएका थिए । यस्तै गत वर्ष पाकिस्तानका विदेश मंत्री बिलावल भुट्टो भारत आएका थिए। तर उनको भ्रमण पनि विवादित बनेको थियो ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top