×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

नरेश भट्टको सातिर दिमाग, जसले अमेरिकी प्रहरीलाई नै पछि पारे

२० आश्विन २०८१
२० असोज ,  एजेन्सी । 
नेपालीहरुको महान चाड बडादशैं भित्रिसकेको छ ।  देशभित्र र बाहिर  सबै नेपालीहरु दशैंकै तयारीमा छन् । कोही दशैंमा घर पुग्ने क्रममा छन् भने कोही आफू रहेकै स्थानमा घरपरिवारबाट टाढै रहेर दशैं मनाउने तयारीमा छन् ।
दशैंले अमेरिकामा रहेका नेपालीहरुलाई पनि छोपेको छ ।  दशैंकै अवसरमा   विभिन्न  स्थानमा दशैं महोत्सवहरु आयोजना भईरहेका छन् । तर यसपटक अमेरिकामा रहेका नेपालीहरुका लागि दशैं केही खल्लो छ ।
कारण अहिलेसम्म बेपत्ता रहेकी ममता  काफ्ले । यसको सबैभन्दा बढी असर  ममताको बसोबास रहेको भर्जिनियाको मनाससमा परेको छ । त्याहा आयोजना गरिएको दशैं महोत्सवमा पनि ममतालाई नै स्मरण गरिएको अमेरिकी संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।
ममताकै शोकमा रहेका उनका समर्थकहरूले मनाससमा नेपाली महोत्सवमा उनको न्यायका लागि दबाब दिन एक जुट हुन् आह्वान गरिरहेका छन् । ममताको बेपत्ताको लामो समय भइसक्यो  ।
प्रत्येक दिन बित्दै जाँदा, उनका साथीहरू, परिवार र अपरिचितहरू समेत ममता काफ्लेलाई  न्याय दिलाउन  कटिबद्ध छन । मानसास पार्ककी बेपत्ता आमाका रुपमा चिनिएकी ममता  अहिलेसम्म  मृत मानिन्छ ।
तर प्रहरीले यसको ठोस प्रमाण अहिलेसम्म फेला पार्न सकेको छैन् । ममताका समर्थकहरूले मनाससमा दशैं तिहार मोहत्सवको आयोजना गरेका थिए, जहाँ उनीहरूले शनिबार  ममताको न्यायका लागि सचेतना जगाएका छन् ।
महोत्सवले नेपाली संस्कृति र परम्परालाई उजागर गर्ने सामग्रीहरुका  स्टलहरु राखिएका थिए ।  महोत्सवमा सहभागी एक अमेरिकीन स्वयंसेवक महिलाले भनेकी छन्, केही गर्न सकिएन् तर जबदेखि उनी बेपत्ता छिन् ममतासँग जोडिएको महसुस गरिरहेको छु ।
उनले थप भनेकी छन्, “व्यक्तिगत रूपमा मेरो लागि, मेरी छोरी ममता भन्दा दुई वर्ष जेठी छिन्,“  “जब मैले पहिलो पटक उनको कथा अगस्टको सुरुमा बाहिर आउँदै गरेको देखे, त्यले मलाई मलाई रेल जस्तै हिर्कायो।“
कोसात्का नामकी ती महिला  टेन्डर हार्ट्स फाउन्डेसनमा स्वयंसेवा गर्दै आएकी छिन् । अमेरिकी संचारमाध्यामसँग उनले भनेकी छन्, “यो एउटा संस्था हो जसले नेपालका अमेरिकामा रहने अन्यायमा परेका महिलाहरूलाई मद्दत गर्दैआएको छ ,“ उनले ममता घरेलु हिंसाको दुखद परिणाम  रहेको समेत बताएकी छन् ।
ममताको हत्या गरी शव व्यवस्थापन गरेको आरोप लागेका उनका पति  नरेश भट्ट अक्टोबर १० मा सुनुवाइ हुनुअघिसम्म जेलमा नै रहने छन्। भट्टलाई ममताको हत्या गरेको आरोप लगाइएको छ तर उनको शव लुकाएको आधिकारिक रूपमा अभियोग लगाइएको छैन् ।
जुन अझै पत्ता लागेको छैन। बचाव पक्षले उनी अझै बेपत्ता हुन सक्ने तर्क गरिरहेको छ ।  हिरासतमा रहेका उनका पति नरेश  आउँदो बिहीबार पुनः अदालतमा उपस्थित हुनेछन् । उनका वकिलले पक्राउ पुर्जी खारेज माग गर्दै रिट निवेदन दर्ता गराएका छन् ।
पछिल्लो समय मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले  नरेश भट्टविरुद्धको मुद्दा प्रमाणमा आधारित भएको स्पष्ट पारेका छन् ।  उनले नरेशविरुद्ध थप प्रमाण समेत भेटिएको बताएका छन् ।  यसबीचमा १० वटा भन्दा बढी स्थानमा ममता हराएको विषयमा खोजी गरिएको पनि उनले बताएका छन् ।
यसक्रममा ३० वटा सर्च वारेन्टका लागि निवेदन दिएको पनि उनले बताएका छन् ।  यसमध्ये नरेशविरुद्ध भेटिएको एक भिडियोलाई बलियो प्रमाणका रुपमा हेरिएको उनले बताएका छन् ।  उनले केही मानिसहरूले सामाजिक सञ्जालमा ममता अझै जीवित नै रहेको दाबी गरिरहेपनि  उनी जीवित नरहेको बताएका  छन् ।
यद्यपि त्यसलाई प्रमाणित गर्ने कुनै आधार भने नरहेको उनको भनाइ छ ।  ममतको हत्यामा नरेशकै हात रहेकोमा अमेरिकी प्रहरी विश्वस्त छ , तर उनका विरुद्ध त्यो आरोप पुष्टि हुने बलियो प्रमाण उसले फेला पार्न सकेको छैन् ।
ममता प्रकरणमा मनासस प्रहरीले संघीय अनुसन्धान ब्यूरो एफबीआइको समेत प्राविधिक सहयोग लिएर अनुशन्धान गरिरहेको जनाएको छ ।  नर्स पेशमा आवद्ध रहेकी २८ वर्षीया ममता हराएको भन्दै उनका पति नरेश भट्टले गत अगस्ट ५ मा प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
तर, उनीबाहेक अन्यले ममतालाई अन्तिम पटक जुलाई २८ मा देखेका थिए । प्रहरीले नरेशलाई गत अगस्त २२ मा पक्राउ गरेको थियो । उनी अझै पनि प्रहरी हिरासतमा नै रहेका छन् । उनलाई अमेरिकी अदालतले समाजका लागि खतराका रुपमा हेर्ने गरेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top