NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ? आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प आइतवार असार १५ , २०८२
माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’ आइतवार असार १५ , २०८२
पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र आइतवार असार १५ , २०८२
Next
Prev

समाचार

चुनाव प्रचारमा पैसाको खोलो बगाउँदै ट्रप र ह्यारिस

सोमवार अशोज २१ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
ट्रम्प भर्सेस ह्यारिसः कसको पक्षमा को ? को छ बलियो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२१ असोज , एजेन्सी ।

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन नजिकिरहेको छ । त्यहाँ ५ नोभेम्बरमा निर्वाचन हुँदैछ । निर्वाचन अमेरिकामा हुने र अमेरिकी नागरिकहरुले आफ्नालागि राष्ट्रपति चुन्ने भएपनि यो चुनाव विश्वकै लागि चासोको विषय बनेको छ ।

अहिलेसम्म विश्वकै पहिलो महाशक्तिका रुपमा रहेको देशको कार्यकारी प्रमुखका लागि हुने निर्वाचनप्रति संसारकै चासो स्वाभाविक पनि हो । राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएपछि उम्मेदवार र विश्व राजनीतिमा विभिन्न विषय उठेका छन् ।

Advertisement

पहिलो त डेमोक्र्याटले पहिलो बहसमा नै आफ्नो दलका उम्मेदवार वर्तमान राष्ट्रपति जो बाइडेन फितलो भएको महसुससँगै नयाँ उम्मेदवारको बाटो रोज्यो । रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पको हत्याको प्रयास चुनावी कार्यक्रममै गोली हानेर भयो ।

यस निर्वाचनको प्रचारमा केही व्यक्तिको उपस्थितिलाई महत्त्वका साथ हेरिएको छ । अमेरिकाको निर्वाचनमा टेस्लाका मालिक एलन मस्कदेखि पूर्व राष्ट्रपति बाराक ओबामा समेत प्रचारमा ओर्लिए । यसलाई रोचक ढंगले हेरिएको छ ।

कुनै पनि क्षेत्रमा आर्थिक शक्ति कति रहने भन्ने कुरा पक्कै पनि महत्त्व बोक्ने विषय हो । पैसा सबै थोक होइन । तर, यसको मतलब यो होइन कि पैसा केही पनि होइन । निर्वाचनको प्रचारप्रसारमा गरिएका खर्च अहिले निकाल्न थालिएको छ ।

प्रचारप्रसार पनि भोट स्विङ हुने स्थानमा अझ बढी हुने गरेको छ । कमला ह्यारिसले सबै भन्दा धेरै खर्च ‘ब्लु वाल’ राज्यमा गरेकी छन् । त्यसमध्ये पेनसेल्भिनयामा ५० लाख र मिचिगनमा ४० लाख अमेरिकी डलर निर्धारण गरिएको छ ।

विन्सीकनमा २७ लाख अमेरिकी डलर खर्च तय भएको छ । यी तीन वटै राज्यमा सफलता पाउनुका साथै नेबरास्कामा सफलता पाए ह्यारिसको जितको बाटो तय हुनसक्छ ।ट्रम्पको पनि अभियान त्यस्तै छ ।

उनको पेनसेल्भिनियको खर्च ३८ लख अमेरिकी डलर, नर्थ क्यारोलिनमा ३४ तथा जर्जियामा ३० लाख अमेरिकी डलर तय गरिएको छ । यी तीन वटै राज्यमा सफलता पाउँदै फेरि ह्वाइट हाउस प्रवेश गर्ने ट्रम्पको योजना छ ।

बिलिनियर एलन मस्क लगायतको सहयोगले ट्रम्प मतदाताको ढोका ढकढक्याउने परम्परागत शैली भन्दा फरक ढंगले अघि बढ्ने अपेक्षा गरिएको छ । नियमित मतदान नगर्नेका लागि ट्रम्पले मतदाता शिक्षाकै योजना बनाएका छन् ।

यो अभियानमा ह्यारिसको साथमा केही नाम चलेका अनुहार हुनेछन् । पूर्व राष्ट्रपति बाराक ओबामाले उनका लागि अबको २८ दिन खर्चने भएका छन् । २८ दिनमा उनले इमेल गर्ने र चन्दा उठाउने काम गर्नेछन् ।

ट्रम्पसँग असहमत भएका रिपब्लिक लिज चेनी लगायत यस निर्वाचनमा ह्यारिसको पक्षमा उभिएका छन् । उनीहरूले ट्रम्पको विकल्प खोजी रहेका मतदातालाई ‘कन्भिन्स’ गर्ने प्रयास गर्नेछन् । ट्रम्पले शनिबार मात्र मस्कलाई कार्यक्रममा उपस्थित गराए ।

तर पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसले केही बोलेका छैनन् । उनका उपराष्ट्रपति डिक चेनीले त ह्यारिसलाई मतदान गर्ने बताइ सकेका छन् । हालै भएको कर कटौतीको निर्णयले धेरै जनाका लागि घर र कार खरिद गर्न सहज भएको छ ।

सेप्टेम्बर महिनामा आएको बेरोजगारी कमीले डेमोक्र्याटलाई लाभ पुग्ने छ । तर पूर्वी तटीय बन्दरगाहको आन्दोलन नै निर्वाचनमा सरिक नहुने निर्णय परिणत भए कठिन हुनेछ । अहिले तेलको मूल्य एउटा चुनावी मुद्दा बनेको छ ।

तर, ट्रम्प नै विजयी हुने र लगत्तै अझ मूल्य वृद्धि भएमा हुनसक्ने झन् पीडाका विषय पनि उठ्न थालेका छन् । ह्यारिसको उम्मेदवारीको घोषणा लगत्तै उनको पक्षमा मतदाता बढ्दै गएका थिए । त्यो अहिले स्थिर भएको छ । मुद्रास्फीतिको मुद्दालाई रिपब्लिकले उठाए पनि अहिलेसम्म त्यसले खासै धेरै प्रभाव पारेको छैन ।

उत्तरी क्यारोलिना र जर्जिया हेलेन आँधीका कारण अत्यधिक प्रभावित क्षेत्र हुन् । धेरै जना हराएका छन् । सो क्षेत्रमा निर्वाचनको समयसम्ममा सरकारले खुसी तुल्याउने या निराशा बढाउने भन्ने प्रश्नले धेरै अर्थ राख्नसक्छ ।

यस्तै यता अहिले मध्यपूर्वको अवस्था नै ह्यारिसको सबैभन्दा ठुलो चिन्ताको विषय हो । अगस्टमा भएको डेमोक्र्याटको सम्मेलनमा त्यहाँका प्यालेस्टाइनी उपस्थित भएनन् । ह्यारिस इजरायली र प्यालेस्टानी दुवैलाई सन्तुलन मिलाउन लागि परेकी छन् ।

अहिले मध्यपूर्वको अवस्था फेरिएको छ । लेबनानमा इजरायलले आक्रमण गरेको छ भने इरानसँग पनि इजरायलको युद्ध सुरु भइसकेको अवस्था छ । यसको असर अमेरिकी निर्वाचनमा पर्नसक्छ ।

खासमा यहुदीको बसोबास रहेको मिसिगनमा मध्यपूर्वको अवस्थाले प्रभाव पार्नसक्छ । मिसिगनमै अरब अमेरिकनले ह्यारिसले इजरायलसँग बाइडेनले बनाएको नीतिलाई फेर्न अनुरोध गरेका छन्।

यसले उनलाई थप सङ्कटमा पारेको छ । अरब अमेरिकन र प्यालेस्टाइनलाई सन्तुलनमा ल्याउनु नै उनका लागि यो निर्वाचन जित्न सबै भन्दा चुनौतीपूर्ण विषय हो ।सन् २०२० को निर्वाचनको परिणाम आएपछि ट्रम्पले गरेको कार्यको सुनुवाइ अहिलेलाई स्थगित भएको छ ।

त्यसले निर्वाचनमा प्रभाव पार्छ या पार्दैन भन्ने अहिलेको मूल विषय हो। त्यसो त ह्यारिसका लागि थप चुनौती छन्। २८ प्रतिशत अमेरिकी मात्र अहिले देश सही दिशामा गइरहेको बताउँछन् ।

सन् २०२०मा बाइडेन राष्ट्रपतिमा निर्वाचित हुँदा यो सङ्ख्या ४० प्रतिशत थियो । यसले बाइडेन प्रशासन प्रतिको असन्तुष्टिलाई पनि चित्रण गरेको छ । सन् १९८० यता सत्तारुढ दलका उम्मेदवारले जित हात पारेको समयमा देश सही बाटोमा गएको भन्नेको सङ्ख्यामा औसतमा ४२ प्रतिशत छ ।

सत्तारुढ दलले हार सहेको समयमा देश सही बाटोमा गएको छैन भन्नेको औसत सङ्ख्या २५ प्रतिशत छ । यसअघि सबैभन्दा कम देश सही बाटोमा गएको छ भनेर सत्तारुढ दलले जितेको सङ्ख्या ३८ प्रतिशत हो ।

यो तथ्यांक आफैमा ह्यारिसका लागि अत्याउने खालको हो । तर यसका बाबजुद ह्यारिस र ट्रम्पको बिचमा तुलना गर्दा ह्यारिस १० विविध विषयमा ट्रम्प भन्दा लोकप्रिय रहेको जनाइन्छ । सन् २०१६ मा जित हात पार्दा पनि ट्रम्प लोकप्रिय थिएनन् ।

Tags: # ट्रप र ह्यारिस#चुनाव प्रचार#ह्यारिस र ट्रम्पको लडाइँ

लोकप्रीय

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२

विचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२

थप समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?
ताजा समाचार

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प
ताजा समाचार

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’
ताजा समाचार

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?
अन्तर्राष्ट्रिय

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कसरी सम्भव भयो  भारत–पाक युद्धविरामः ?

पाकिस्तानी १३ सैनिक सडकमै मारिए ,भारतमाथि आरोप

आइतवार असार १५ , २०८२
अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

अफताब आलमविरूद्व मुद्दा चलाउन सुमनाले लेखिन् पत्र

आइतवार असार १५ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

राजनीति गरेका वकिललाई सर्वोच्चमा न्यायाधीश प्रस्ताव गरेपछि बबाल

आइतवार असार १५ , २०८२

हालका पोस्टहरू

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

रोष्ट्रममै च्यातिएको निजामती विधेयकमा के छ नयाँ ?

आइतवार असार १५ , २०८२
ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

ओलीको ’एकछत्र राज’ सकियो? विद्याले ल्याइन भूकम्प

आइतवार असार १५ , २०८२
माधव नेपाल लक्षित झाक्री ‘मरेको सिनो बाक्न सकिँदैन’

माधवविरुद्ध झाक्रीको विद्रोहः’अब मरेको सिनो बोकिन्न’

आइतवार असार १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.