NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

वर्षदिन वित्यो, कहाँ छन् विपिन जोशी ?

सोमवार अशोज २१ , २०८१
Reading Time: 1 min read
A A
वर्षदिन वित्यो, कहाँ छन् विपिन जोशी ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२१ असोज , एजेन्सी ।

इजरायलले कस्तो, कुन हदसम्म जवाफी कारबाही गर्छ भन्ने हिसाबकिताब नगरी प्यालेस्टिनी लडाकू समूह हमासले उत्तरी इजरायलमा गरेको ठूलो दुश्साहासको आज एक वर्ष पूरा भएको छ । गत वर्ष ७ अक्टुबरकै दिन हमासले इजरायलमाथि आक्रमण गर्दा १ हजार १३९ जनाको मृत्यु भएको थियो भने २ सयभन्दा बढीलाई बन्धक बनाएको थियो ।

मृत्यु हुनेमा १० जना नेपालीहरु पनि थिए, यस्तै हमासले बन्धक बनाएको भनिएका नेपालका विपिन जोशी पनि अझै फेला परेका छैनन् । हमासको कब्जामा परेको भनिएको अर्को महिना गाजाको अल–शिफा अस्पतालको एउटा सीसीटीभी उनीजस्तै एउटा व्यक्ति देखिएको भनिए पनि कञ्चनपुरको महेन्द्रनगरका जोशीको अवस्था हालसम्म अज्ञात छ ।

नेपाल सरकारले विपिनको रिहाइकालागि इजरायल, कतार, राष्ट्रसंघ लगायतसंग गरेको पहल सफल हुन सकेन । विपिन जोशी सम्पर्कविहीन हुँदा कञ्चनपुरकै सांसद एनपी साउद परराष्ट्रमन्त्री थिए । जिल्लाकै मन्त्री भएका कारण पनि जोशी परिवारलाई विपिनलाई चाँडै मुक्त गराउन पहल हुने आशा थियो ।

तर उनी बन्धक भएको भनिएको एक वर्षमा परराष्ट्र मन्त्रालयमा तीन मन्त्री र दुई सरकार फेरिए । अहिले त्यही क्षेत्रबाट सांसदमा निर्वाचित भएका रमेश लेखक गृहमन्त्री छन् । यसअघि परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठले पनि जोशी परिवारसँगको भेटमा विपिनको रिहाइका लागि सक्दो पहल भइरहेको आश्वासन दिएका थिए ।

पछिल्लो पटक सरकार परिवर्तन भएपछि जोशी परिवारले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणालाई भेटेको थियो । ती भेटमा दिइएका जानकारीयता यो परिवारलाई विपिनको रिहाइका लागि भइरहेका पहलबारे सुनाउन राज्यका कुनै निकायले सम्पर्क गरेका छैनन् ।

यता सरकारले इजरेलका लागि सिफारिस गरेका नयाँ राजदूत धनप्रसाद पण्डितलाई हालै संसदीय सुनुवाइ समितिले नियुक्तिका लागि बाटो खोलिदिएको छ । तर सबै प्रक्रिया पूरा भएर इजरेलमा नयाँ राजदूत पुग्न अझै केही समय लाग्ने अधिकारीहरू बताउँछन् ।

यस्तोमा विपिन फर्किने आशमा रहेको उनको परिवार झनै त्रासमा छ । किनभने त्यहाँ युद्धको घनत्व अहिले झनै बढ्न थालेको छ । ठिक एक वर्षअघि २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि इतिहासकै भीषण आक्रमण गरेको थियो ।

इजरायली भूमिमा हजारौं क्षेप्यास्त्र प्रहार गरेलगत्तै हमास लडाकुहरू जमिन तथा समुद्री मार्गबाट इजरायल प्रवेश गरेका थिए । अधिकांश लडाकु गाजा र इजरायललाई छुट्याउने सुरक्षा अवरोधहरू तोड्दै उत्तरी इजरायल पुगेका थिए ।

यता हमासले गरेको आक्रमणको बदला लिन इजरायलले सुरु गरेको आक्रमणमा हालसम्म ४२ हजारको मृत्यु भइसकेको छ भने गाजामाथि इजरायली आक्रमण अझै पनि जारी नै छ । इजरायली आक्रमणमा ९६ हजार ७ सय ९४ जना घाइते भएका अलजजिराले जनाएको छ ।

प्यालेस्टिनी अधिकारीहरूका अनुसार १० हजारभन्दा बढी सम्पर्कविहीन छन । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा २३ लाख प्यालेस्टिनी युद्धका कारण विस्थापित भएका छन । संयुक्त राष्ट्रसंघले भने विस्थापितको संख्या १९ लाख रहेको जनाएको छ ।

गाजा क्षेत्रका कम्तीमा ५० प्रतिशत घर, ८० प्रतिशत व्यापारिक भवन, ८५ प्रतिशत विद्यालय, ६५ प्रतिशत सडक सञ्जाल र १७ देखि ३६ वटा अस्पताल ध्वस्त भएका मन्त्रालयले जनाएको छ । इजरायलतर्फ ८ हजार ७ सय ३० जना घाइते भएका जनाइएको छ ।

अतिक्रमित वेस्ट ब्यांकमा ७ सय २३ जनाको ज्यान गएको र कम्तीमा ८ हजार घाइते भएका जनाइएको छ । वेस्ट ब्यांकमा २७ लाख ५० हजार प्यालेस्टिनी र ६ लाख ७० हजार इजरायलीको बसोबास छ । एक वर्षको अवधिमा इजरायलले हमासका प्रमुख इस्माइल हानिया र हिजबुल्लाहका प्रमुख सयैद हसन नसरल्लाहसहित अन्य शीर्ष नेताहरूको पनि हत्या गरेको छ ।

हमासलाई युद्धमा सहयोग गर्ने र समर्थन गर्नेमाथि पनि पछिल्लो समय इजरायलले आक्रमण सुरु गरेको छ । इजरायलले हमास र हिजबुल्लाहको अन्त्य नभएसम्म युद्ध जारी रहने बताएको छ । पछिल्लो एक वर्षको अवधिमा बन्धक बनाइएकाहरूको रिहाई र युद्ध अन्त्यका लागि विभिन्न चरणमा वार्ता भएपनि ठोस निस्कर्स भने निकस्न सकेको छैन ।

गत अप्रिलमा एक साताका लागि अस्थायी युद्धविराम हुँदा दुबै तर्फका केही नागरिकलाई रिहा गरिएको थियो । तर, त्यसपछि पुनः युद्धविराम र बन्धक रिहाइका लागि पहल भएपनि खासै निस्कर्स निस्कन सकेको छैन । यसबीच इजरेली आक्रमणमा केही बन्धकहरुको पनि मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् ।

इजरायली सेनाले नै केही बन्धकहरुको शव फेला पारेको थियो । गाजामा गरेको कारबाही र नाकाबन्दीका कारण इजरायलले अन्तर्राष्ट्रिय न्यायालयमा नरसंहारको मुद्दाको पनि सामना गरिरहेको छ । इजरायलले गाजापट्टीमा १६ वर्षदेखि नाकाबन्दी लगाउँदै आइरहेको छ ।

यस्तै एक वर्षदेखि गाजामा हमासविरुद्ध युद्धमा रहेको इजरायलको आक्रमण पछिल्लो समय लेबनानमा पनि फैलिएको छ । पछिल्ला दिनमा इजरायलले गाजासँगै लेबनानमा पनि भीषण आक्रमण गरिरहेको छ । जसका कारण पश्चिम एसियामा पूर्ण रूपको युद्ध चर्कने त्रास बढ्दो छ ।

हिजबुल्लाहका सैन्य संरचना ध्वस्त पार्न भन्दै गत मंगलबार आईडीएफ स्थलमार्गबाट लेबनान प्रवेश गरेको थियो । त्यसलगत्तै इरानले इजरायलमा एक सय ८० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो । करिब एक साता लामो युद्धका क्रममा हेजबुल्लाहका २१ कमान्डरसहित कम्तीमा २ सय ५० लडाकु मारिएको इजरायल टाइम्सले दाबी गरेको छ ।

तीमध्ये ५ जना ‘ब्रिगेड’ तहका कमान्डर रहेका जनाइएको छ । हेजबुल्लाहको आक्रमणमा एक क्याप्टेनसहित ९ जनाको ज्यान गएको आईडीएफले जनाएको छ ।लेबनानी अधिकारीहरूका अनुसार दुई सातायताका आक्रमणमा करिब दुई हजार सर्वसाधारणको ज्यान गइसकेको छ ।

कम्तीमा ३७ गाउँ र सहरमा गरिएको आक्रमणका कारण झन्डै १२ लाख विस्थापित भइसकेका छन । यसअघि आईडीएफले दक्षिणी लेबनानको दहियामा गरेको आक्रमणमा १९९२ देखि हेजबुल्लाहको नेतृत्व गरिरहेका हसन नसरल्लाह मारिएका थिए ।

नसरल्लाह मारिएको भोलिपल्ट हेजबुल्लाहको दक्षिणी मोर्चाका कमान्डर नबिल क्वाउक र कमान्डर अलि कराकी पनि मारिएका थिए । त्यसअघि हेजबुल्लाहले सञ्चारका लागि प्रयोग गर्ने पेजरहरू तथा वाकीटकीहरू लेबनानका विभिन्न स्थानमा विस्फोट भएका थिए ।

ती विस्फोटमा ३७ जनाको ज्यान गएको थियो भने ३ हजार ५ सय घाइते भएका थिए । हिबुल्लाहविरुद्ध लेबनानमा स्थल आक्रमण सुरु गरेपछि इरानले इजरायली भूमिमा १ सय ८० वटा बलिस्टिक क्षेत्रप्यास्त्र प्रहार गरेको थियो ।

ती घटनापछि इजरायल, गाजा र लेबनानमा सीमित युद्ध पश्चिम एसियाभर फैलने त्रास बढेको छ । इजरायलले आफ्ना नागरिकलाई सुरक्षित राख्नका लागि हेजबुल्लाह र हमासजस्ता समूहलाई पूर्ण रूपमा समाप्त गर्नुपर्ने बताउँदै आएको छ ।

तर पछिल्लो समय यमनी सशस्त्र समूह हुथीले पनि इजरायलविरुद्ध आक्रमण गर्न तयार रहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले पटकपटक गाजा र लेबनानमा युद्धविराम गर्नुपर्ने माग गर्दै आएको छ । तर त्यसको प्रतिक्रियामा इजरायलले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ  ।

१० दिनअघि अमेरिका, अस्ट्रेलिया, क्यानडा, युरोपेली संघ, फ्रान्स, जर्मनी, इटाली, जापान, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बेलायत र कतारले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामा २१ दिने युद्धविरामका लागि आग्रह गरेका थिए । तर त्यसको प्रतिक्रियामा इजरायली प्रधानमन्त्री नेतान्याहुले लेबनानमा ‘पूर्ण शक्तिका साथ आक्रमण जारी राख्न’ सेनालाई निर्देशन दिएका छन् ।

Tags: #गाजापट्टी#हमास

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.