×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

नेपालमा पनि पाइपबाटै पेट्रोलको आयात

२४ आश्विन २०८१

२४ असोज ,काठमाण्डौ।

नेपालमा भारतबाट पाइप लाइनमार्फत पेट्रोल आउन सुरु भएको छ । यसअघि डिजेलमात्र पाइप लाइनबाट आउने गरेकोमा अब पेट्रोल पनि आउन सुरु गरेको हो । आयल निगमले गत शुक्रवार र शनिवार गरी दुई दिन पेट्रोल ल्याएको छ।

Advertisement
Advertisement

निगमले पहिलो लटमा ५ लाख लिटर पेट्रोल पाइप लाइनमार्फत नेपाल ल्याएको हो । उक्त पेट्रोलको गुणस्तर जाँचका लागि आईओसीमा नमुना पठाइएको छ । ब्याच फर्मेसन टेस्टको क्वालिटी कन्ट्रोल (क्युसी) पास भएपछि पाइप लाइनबाट नियमति रुपमा पेट्रोल आयात गरिनेछ ।

भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म विस्तार भएको अन्तर्देशीय पाइपलाइन ४ वर्षअघि सञ्चालनमा छ । त्यसमा डिजेल ल्याउने गरिएको थियो । पहिलो चरणको कार्यअन्तर्गत भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ ।

दोस्रो चरणअन्तर्गत पाइपलाइनबाट पेट्रोल आयात भएको हो । दोस्रो चरणको परियोजनाका लागि निगम र भारतको आइओसीले संयुक्त रूपमा लगानी गर्ने गरी सम्झौता गरेका थिए । जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एकरएक वटा ट्याङ्कको लागत व्यहोर्ने सम्झौता भएको थियो ।

भारतीय पक्षले मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क निर्माण गर्ने सम्झौता भएको थियो । पहिलो चरणको पूर्वाधार निर्माणमा योजनामा भारतले २ अर्ब भारु खर्च गरेको थियो ।

तर दोस्रो चरणको काममा भएको ढिलाईका कारण पाइप लाइन विस्तारको लागत बढेर १ अर्ब ५४ करोड भारु पुगेको छ । निगमले भने एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वधार निर्माण गर्ने सम्झौता भएको थियो ।

यो आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेलको आयात पाइपलाइनबाटै हुनेछ । पछिल्लो समय भारत सरकारको अनुदान सहयोगमा नेपालका थप दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशनका निर्देशक सेन्थल कुमार बीच पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता निर्माण सम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौतासँगै सिलगुढीबाट झापाको चारआली र अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियन पाइपलाइनको विस्तार हुनेछ । सम्झौता अनुसार भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारआलीसम्म ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन र झापाको आरआलीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ग ग्रिनफिल्ड टर्मिनल भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ ।

नेपालको अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६२ किलोमिटर लामो पेट्रोलिम पाइपलाइन परियोजना समेत भारत सरकारको अनुदानमा निर्माण हुने भएको छ । चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने भएको छ ।

यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ । यसअघि यो परियोजनामा भारतले अनुदान लगानी गर्ने वा ऋण भन्ने टुंगो नलाग्दा लामो समयसम्म सम्झौता हुन सकेको थिएन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top