×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ब्राड हज नेपाली क्रिकेटको मेन्टर

२८ आश्विन २०८१

२८ असोज, काठमाण्डौ।

विश्व कप विजेता अस्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हजले अब नेपाली क्रिकेटरहरुलाई पनि मेन्टरसिप दिने भएका छन् । सुदूरपश्चिम रोयल्सले ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेसंगै अब उनको अनुभव नेपाली खेलाडीहरुले पनि साट्ने मौका पाउने भएका हुन् ।

Advertisement
Advertisement

सुदूरपश्चिमले आज प्रेस विज्ञप्तिमार्फत हजलाई मेन्टरमा नियुक्त गरेको जनाएको छ । अस्ट्रेलियाको सन् २००७ को विश्वकप विजेता टोलीका सदस्य हजको आगमनले सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपिएल) मा उच्च प्रदर्शन गर्ने उपेक्षा राखेको जनाएको छ ।

हजले ६ टेस्ट, २५ ओडिआई र १५ टि ट्वान्टी आई खेलेका छन् । हजले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल) समेत खेलेका छन् । ४९ वर्षीय हज आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् ।

उनले अस्टे«लियाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका छन् । उनले टेस्ट क्रिकेटमा बनाएको उच्च स्कोर अविजित दुईसय तीन रन हो । यस्तै उनले एकदिवसीय क्रिकेटमा देशका लागि शतक बनाएका छन् ।

उनी स्पिन बलर पनि हुन् । हजको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले बताए । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

सुदूरपश्चिम रोयल्समा ओलम्पियन दीपक विष्ट ब्रान्ड एम्बेसडर र केपी खनाललाई सोसियल एक्टिभिस्ट एम्बेसडरका रुपमा यसअघि नै नियुक्त गरिसकेको छ । सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसंगै आरिफ शेख, अभिनास बोहरा, विनोद भन्डारी, इशान पान्डे, अर्जुन कुमाल, खडक बोहरा, नरेश बुढाऐर, भोजराज भट्ट, अमित श्रेष्ठ र नरेन साउद रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ । यसैबीच यू–१९ वुमन्स टी–२० वर्ल्ड कप एशिया क्वालिफायरको तयारीका लागि १८ क्रिकेट खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को कार्यक्रम अनुसार नोभेम्बर २०२४ मा सञ्चालन हुने आईसीसी यू–१९ वुमन्स टी–२० वर्ल्ड कप एशिया क्वालिफाइयर प्रतियोगिताका लागि यू–१९ राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनौट गरिएको छ।

बन्द प्रशिक्षण ३० असोज २०८१ देखि भैरहवामा हुने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिएका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top