अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने

२८ असोज, एजेन्सी ।

अमेरिकाले इजरायलमा सेना र मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्ने भएको छ । इरानले अप्रिल १३ र अक्टोबर १ मा गरेको अभूतपूर्व आक्रमणपछि इजरायलको हवाई प्रतिरक्षालाई बलियो बनाउन अमेरिकाले यस्तो गर्ने भएको हो ।

पेन्टागनका प्रेस सेक्रेटरी मेजर जनरल प्याट्रिक राइडरले आइतबार एक विज्ञप्तिमा अमेरिकाले मध्यपूर्वमा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) ब्याट्री तैनात गरेको यो पहिलो पटक नभएको बताएका छन् ।

यसअघि सन् २०१९ मा पनि अभ्यासका लागि इजरायलमा यो तैनात गरिएको उनले बताएका छन् । इजरायल र इरान बीचमा तनाव बढेका बेला अमेरिकाले एन्टी मिसाइल प्रणाली र त्यसको सञ्चालनका लागि एकसय सैनिक पठाउन लागेको हो ।

इजरायलले जवाफी आक्रमण गर्दा दुई देशबीच द्वन्द्व चर्किनसक्ने ठानिएको छ । इरानले अक्टोबर १ मा गरेको आक्रमणको बदला लिने तयारी इजरायलले गरेको छ । यसका लागि अमेरिका र इजरायलबीच छलफल भइरहेको बताइएको छ ।

थाड ब्याट्री खासगरी एन्टी ब्यालेस्टिक मिसाइल प्रणाली हो । यसले इरानले प्रतिक्रिया दिएको अवस्थामा इजरायलको वायु रक्षालाई प्रभावकारी बनाउने ठानिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top