×

NEPAL TIMES UPDATES

Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026

एनपीएलमा विदेशी खेलाडीको जमघट, आन्द्रेस पहिलो विदेशी

१ कार्तिक २०८१

१ कार्तिक , काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल)मा आन्तरिक रुपमा अक्सनबाट खेलाडी छनोटपछि विदेशी खेलाडी भित्र्याउने क्रमपनि सुरु भएको छ । फ्रेन्चाइज पोखरा एभेन्जर्सले अमेरिकाका विकेटकिपर तथा ब्याटर आन्द्रेस गौसलाई अनुबन्ध गरेको छ ।

Advertisement
Advertisement

एनपीएलमा आबद्ध हुने पहिलो विदेशी खेलाडी बनेका छन् । एनपीएल १५ मंसिरबाट ६ पुससम्म हुँदैछ । त्यसका लागि पोखराले ३० वर्षीय खेलाडी आन्द्रेसलाई अनुबन्ध गरेको जनाएको छ । दायाँ हाते ब्याटरसंग वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग(सिपीएल), ग्लोबल टि ट्वान्टी क्यानडा, मेजर लिग क्रिकेट, इन्टरनेशनल लिग टि ट्वान्टी लिग खेलेको अनुभव छ ।

यो वर्ष अमेरिका र वेस्टइन्डिजमा आयोजना भएको टि ट्वान्टी विश्वकपमा गौस अमेरिकाको लागि सर्वाधिक रन जोड्ने खेलाडी रहेका थिए । उनले ६ खेलमा १५१.०३ को स्ट्राइट रेटमा २ सय १९ रन बनाएका थिए ।

प्रतियोगितामा गौसले दुई अर्धशतक समेत बनाएका थिए । टि ट्वान्टी विश्वकपमा अमेरिकाले सुपर ८ मा प्रवेश गर्दै ऐतिहासिक नतिजा निकालेको थियो । उमेर समूहमा दक्षिण अफ्रिकाको लागि खेलेका थिए ।

उनले अमेरिकाबाट २० अन्तर्राष्ट्रिय खेलमा पाँच सय ९८ रन बनाएका छन् । अमेरिकाबाट तीन एकदिवसीय खेल्दा एक सय ५२ रन बनाएका छन् । पोखरा एभन्जर्सका मालिक सुबोध त्रिपाठीले गौसलाई उच्च प्रदर्शनका लागि शुभकामना दिएका छन् ।

पहिलो पटक नेपालमा लिग खेल्न लागेका गौसले उत्साहित रहेको बताएका छन् । यसअघि टोलीले इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किङ्सको प्रतिनिधित्व गरिसकेका राजिव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

उनी चेन्नईका ब्याटिङ र फिल्डिङ प्रशिक्षक हुन् । पोखराको मार्कीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल छन् । टोलीमा कुशलसंगै सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल, अमृत गुरुङ रहेका छन् ।

नेपाली खेलाडी छनोटका गत साताको आइतवार अक्सन भएको थियो । विदेशी खेलाडी टिमहरुले सिधै अनुबन्ध गर्न सक्नेछन् । एनपीएलमा सफल विदेशी खेलाडी र प्रशिक्षकहरुको आवागमनले नेपाली क्रिकेटको व्यवसायिकता थप बढ्ने साथै विश्वको नजर समेत यसमा पर्ने विश्लेषण गरिएको छ ।

यसअघि सम्पन्न अक्सनबाट समेत नेपाली क्रिकेटरले राम्रो आर्थिक लाभ लिएका छन् । एनपीएलमा सहभागी ८ टिमले १० खेलाडीका लागि समान ९० लाखसम्म खेलाडी छनोटमा खर्चिएका छन् ।

हरेक फ्रेन्चाइज टोलीमा कुल १६ खेलाडी हुनेछन् । चार विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टबाट आउनेछन् । यसबाहेक हरेक टिमले मार्की खेलाडीलाई २० लाख खर्चिएका छन् । फ्रेन्चाईज टिममा पनि ठूलो राशिमा सम्झौता भएको छ ।

क्यान र फ्रेन्चाइज मालिकबीच १० वर्षको सम्झौता भइसकेको छ । तर एनपीएल भित्र विवाद देखिएको छ । एनपीएललाई लिएर पूर्व क्रिकेटर तथा व्यवसायी आमिर अख्तरले नेपाल क्रिकेट संघ क्यानलाई चेतावनी दिएका छन् ।

नेपाल प्रिमियर लिग एनपीएल कम्पनीको रुपमा आफ्नो नाममा दर्ता रहेको र सो सम्बन्धि सम्पूर्ण अधिकार आफ्नो हुने दाबी गर्दै आमिरले क्यानलाई आफ्नो सहमति बिना फ्रेन्चाईज प्रतियोगिता अघि नबढाउन चेतावनी दिएका हुन् ।

आमिर अख्तरले क्यानसामु चेतावनीयुक्त चुनौती दिएपनि क्यान भने यसको ट्रेडमार्क आफैमा रहेको भन्दै ढुक्क देखिएको छ । क्यानले अख्तरको दाबीलाई अस्वीकार गरेको छ। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार नेपालभित्र क्रिकेट गतिविधि सञ्चालनको अधिकार क्यानलाई नै छ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top