×

NEPAL TIMES UPDATES

Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026
Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026

हैदरावादले क्लासेन, कमिन्स र अभिषेकलाई रिटेन गर्ने

१ कार्तिक २०८१

१ कार्तिक , एजेन्सी ।

दक्षिण अफ्रिकाका पावर हिटर हेनरिक क्लासेनलाई इन्डिन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज सनराइजर्स हैदरावादले रिटेन गर्ने खेलाडीको सूचीमा सबैभन्दा अगाडि राखेको छ । ईएसपीएन क्रिकइन्फोका अनुसार उनलाई २३ करोड भारुमा पहिलो खेलाडीको रूपमा रिटेन गरिने भएको छ ।

Advertisement
Advertisement

हैदरावादले अस्ट्रेलियाका अलराउन्डर र कप्तान प्याट कमिन्सलाई १८ करोड र भारतीय अलराउन्डर अभिषेक शर्मालाई १४ करोडमा रिटेन गर्ने छ । हैदरावादले ट्राभिस हेड र नितिशकुमार रेड्डीलाई पनि राख्ने योजना बनाएको छ ।

आईपीएल कायम राख्नको लागि अन्तिम मिति अक्टोबर ३१ हो, अर्को सिजनको लागि अक्सन यस वर्षको अन्त्यमा हुने तय छ । २०२४ मा हैदरावाद फाइनलमा पुगेको थियो । त्यतिबेला कमिन्स टोलीको कप्तान थिए ।

आइपिएलको नयाँ नियमअनुसार हरेक टोलीले अधिकतम पाँच क्याप (भारतीय वा विदेशी) र दुई अनक्याप गरि ६ खेलाडी रिटेन गर्न सक्नेछन्। टोलीहरूले अक्सनमा राइट टु म्याच वा दुवैको संयोजनमार्फत खेलाडीहरू लिन सक्नेछन् ।

२०२५ को अक्सनमा हरेक टोलीले १२० करोड भारु खर्च गर्न पाउनेछन् । यता भारतका पूर्वबलिङ प्रशिक्षक पारस म्हाम्ब्रेले पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) विजेता मुम्बई इन्डियन्समा पुनरागमन गरेका छन् ।

गत जुनमा भारतले ट्वान्टी–२० विश्वकप जितेपछि भारतीय टोलीको बलिङ प्रशिक्षकका रूपमा उनको कार्यकाल समाप्त भएको थियो । मुम्बई इन्डियन्सका अनुसार ५२ वर्षीय म्हाम्ब्रेले बलिङ प्रशिक्षक लसिथ मालिंगा र मुख्य प्रशिक्षक माहेला जयवर्धनेसँग काम गर्नेछन् ।

जयवर्धने दुई वर्षको अन्तरालपछि मुम्बई इन्डियन्समा पुनः अनुबन्धित भएका छन् । सन् २०१३ मा आइपिएल र सन् २०११ र २०१३ मा च्याम्पियन्स लिग ट्वान्टी–२० को उपाधि जित्दा मुम्बई इन्डियन्सका लागि काम गरिसकेका छन् ।

मुम्बई इन्डियन्सले सन् २०१७ देखि २०२२ को बीचमा तीन पटक उपाधि जितेका जयवर्धनेलाई पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उता पूर्वभारतीय क्रिकेट अजय जडेजा वर्तमान क्रिकेट टिमका सदस्य विराट कोहलीभन्दा धनी बनेका छन् ।

जामनगर शाही सिंहासनको उत्तराधिकारी घोषित भएसँगै जडेजाले सम्पत्तिमा कोहलीलाई उछिनेका हुन् । नवानगरका महाराजा जमसाहेबले अक्टोबर १२ मा जडेजालाई उत्तराधिकारी घोषणा गरेका हुन् ।

घोषणासँगै जडेजाको कुल सम्पत्ति एक हजार ४५० करोड भारतीय रुपैयाँ पुगेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार विराट कोहलीको कुल सम्पत्ति एक हजार २२ करोड भारतीय रुपैयाँ छ । जडेजाले भारतीय क्रिकेट टिमका लागि १९६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

उनले सन् १९९२ देखि २००० सम्म भारतीय टिमबाट १५ अन्तर्राष्ट्रिय टेस्ट खेलसमेत खेलेका थिए । क्रिकेटबाट सन्यासको घोषणा गरेपछि उनले सन् २००३ मा ‘खेल’ मार्फत चलचित्र क्षेत्रमा समेत पाइला राखेका थिए । त्यसयता उनले ‘पल पल दिल के साथ’ र ‘कोइ पुछे’ जस्ता चलचित्रमा अभिनय गरेका थिए ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top