×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

सिनवार मारिएपछि जताततै खुशी,बन्धक छुट्ने

२ कार्तिक २०८१

२ कार्तिक , एजेन्सी ।

हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो ।

Advertisement
Advertisement

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ।

सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका छन् । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिनवार मारिएको पुष्टि गरे । उनले यसलाई महत्वपूर्ण शैन्य उपलब्धिकोरुपमा समेत व्याख्या गरेका छन् । हमासका प्रमुख याह्या सिनवार गाजामा भएको इजरायली आक्रमणमा मारिएको पुष्टि भएको छ ।

उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि भएको हो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै सिनवारलाई गाजाको दक्षिणी भागमा करिब एक वर्ष लामो खोजपछि बुधबार इजरायली सेनाको आक्रमणमा मारिएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

आईडीएफले इजरायलीमाथिको आक्रमणको मुख्य योजनाकार र धेरै इजरायलीहरूको हत्या र अपहरणको लागि जिम्मेवार रहेको जनाएको छ । सिनवारलाई गतवर्ष अक्टोबर ७ मा इजरायली भूमिभित्र भएको हमासको आक्रमणको प्रमुख योजनाकार भएको इजरायली आरोप छ।

सिनवार पछिल्लो दशकयता हमासको शीर्षस्थ नेतृत्वमा रहेर काम गर्दै आएका छन् । इजरायलसँगको द्वन्द्वका क्रममा गत जुलाईमा हमासका तत्कालीन प्रमुख इस्माइल हानिया मारिएपछि हमासले सिनवारलाई समूहको प्रमुख नेताकोरुपमा चयन गरेको थियो ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले इजरायली सेनाको आक्रमणमा परी सिनवार मारिएको पुष्टि गरे । उनले यसलाई महत्वपूर्ण शैन्य उपलब्धिकोरुपमा समेत व्याख्या गरेका छन् ।यस्तै सिनवारको मृत्युपछि इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले याह्याको मृत्युले इजरायलले याह्या सिनवारबाट बदला लिएको बताएका छन् ।

उनले युद्ध अझै समाप्त नभएको बताउदै हमास नेता सिनवार होलोकास्ट पछिको इतिहासमा सबैभन्दा घातक नरसंहार गर्ने व्यक्ति रहेको बताएका छन् । बेन्जामिनसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि प्रतिक्रिया दिएका छन् ।

बाइडेनले डिएनए परीक्षणबाट सिनवारको मृत्यु भएको पुष्टि भएको बताए । यो इजरायल र संयुक्त राज्य अमेरिका साथै सम्पूर्ण विश्वको लागि राम्रो दिन भएको उनले टिप्पणी गरेका छन् । उनले इजरायली बन्धकहरुको रिहाईको लागि यो राम्रो अवसर भएको बताए ।

साथै उनले यसले एक वर्षदेखि जारी गाजा युद्धको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् । अमेरिकाले सिनवार आतंकवादी संगठन हमासको प्रमुखको रूपमा, सिनवार हजारौं इजरायली, प्यालेस्टिनी, अमेरिकी र तीस भन्दा बढी देशहरूमा सर्वसाधारणको मृत्युको लागि जिम्मेवार रहेको उल्लेख गर्दै गत वर्षको अक्टोबर ७ को हत्याकाण्ड, बलात्कार र अपहरणका मुख्य योजनाकार रहेको बताएको छ ।

जो बाइडेनले अब आफुले बन्धकहरुलाई उनीहरुको परिवारमा फिर्ता ल्याउने र यो युद्ध सदाका लागि अन्त्य गर्ने उपायबारे छलफल गर्ने बताएका छन् । यस्तै विस्कॉन्सिन कलेज क्याम्पसमा चुनावी प्रचारका क्रममा अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले इजरायल र गाजा युद्धको बारेमा भनेकी छिन् , अब इजरायल सुरक्षित रहोस्, बन्धकहरूलाई रिहा गरियोस्, प्यालेस्टिनीहरूलाई सम्मान मिलोस्, यसरी युद्धको अन्त्य हुनुपर्छ।

याह्या सिनवारको मृत्युपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि प्रतिक्रिया जनाएका छन् । सोसल मिडिया प्लेटफर्म एक्समा पोष्ट गर्दै उनले लेखेका छन्, अक्टोबर ७ मा इजरायलमा भएको हमलाको मास्टरमाइन्ड सिनवार थियो । आज म ती सबै पीडितहरूको बारेमा भावनाका साथ सोच्छु, जसमा हाम्रा ४८ जना फ्रान्सका मानिसहरू पनि छन्। यससँगै उनले फ्रान्स इजरायलको साथमा रहेको लेखेका छन् । फ्रान्सले हमासद्वारा हालसम्म बन्दी बनाएका सबैलाई तत्काल र बिना शर्त रिहाइको माग गरेको छ।

अर्काे तर्फ हमासका राजनीतिक प्रमुख याह्या सिनवार मारिएपछि इजरायलमा उल्लास छाएको छ । सिनवारकै कारण विनाशकारी युद्धको सुरुवात भएको व्याख्या गर्दै इजरायलमा सिनवारको मृत्युलाई महत्वपूर्ण शैन्य उपलब्धि मानिएको छ ।

सिनवारको मृत्युमा अहिले उत्तरी इजरायलको ग्यालिल समुद्रको किनारमा स्थानीयले उत्सव मनाइरहेका छन् । सयौँ मानिसहरू सडकमा उत्रिएर नाचिरहेका छन् भने सडक अवरुद्ध भएका छन् । उनीहरूले विजयीभावमा झण्डा फहराएका छन् ।

त्यस क्षेत्रमा ठूलो स्वरमा संगीत घन्काइएको छ । सर्वसाधारणले सिनवारलाई एक आतंककारीकारुपमा लिएको र उनको मृत्युलाई वर्तमान युद्धको अन्त्यको सकेतका रुपमा व्याख्या गरिरहेका बीबीसीले उल्लेख गरेको छ ।

युद्ध रोकिन सक्ने सम्भावनालाई लिएर इजरायली नागरिकमाझ खुसीयाली छाएको छ । मुख्य योजनाकार रहेका सिनवार नै मारिएपछि इजरायलले यसलाई विजयी उत्सवकोरुपमा लिएको र अब युद्ध नै अन्त्य हुन सक्ने बीबीसीको विश्लेषण छ ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top