NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल बिहिबार साउन १५ , २०८२
पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ? बिहिबार साउन १५ , २०८२
नेपालको ‘होरा ई स्पोट्र्स’ पब्जी विश्वकपको फाइनलमा बिहिबार साउन १५ , २०८२
Next
Prev

समाचार

सन्दीपले पाए अमेरिकी भिसा, आजै अमेरिका उड्ने

शुक्रबार कार्तिक २ , २०८१
Reading Time: 1 min read
A A
सन्दीपलाई दोषी ठहराइएको अदालतको पूर्णपाठमा के छ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
Advertisement

२ कार्तिक ,काठमाण्डौ ।

क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप आजै अमेरिका प्रस्थान गर्नेछन् । डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन लामो समय होल्डमा राखेर अहिले भिसा दिएको हो ।

यसअघि क्यानडा उड्नु अघि नै भिसाका लागि उनले आवेदन दिएका थिए । क्यान पदाधिकारीहरुले पनि सन्दीपले भिसा पाउने भन्दै अमेरिकामा लिग २ खेल्न पाउने बताएका थिए । तर टीमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो ।

उनी पासपोर्ट फिर्ता लिएर क्यानडा उडेका थिए । सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको प्रकिया अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताएका थिए ।

महान्यायाधिवक्ता कार्यालयले सन्दीपको मुद्दामा सर्वोच्चमा पुनरावेदन नगर्ने निर्णय गरिसकेको छ । यसअघि सर्वोच्च अदालतमा पुनरावेदन गर्ने सरकारी वकिलको कार्यालयले जनाएपनि महान्यायाधिवक्ता कार्यालयले भने सन्दीपविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ ।

यससंगै अब सन्दीपले सर्वोच्चको चुनौती सामना गर्नु नपर्ने भएको हो । उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिएका छन् ।

यसअघि उच्च अदालतको पूर्ण पाठ आएलगत्तै सरकारी वकिलको कार्यालयले भने सन्दीपविरुद्ध पुनरावृदनमा जाने सुझाएको थियो । तर अहिले महान्यायाधीवक्ताको कार्यालयले पुनरावेदन नगर्ने निर्णय गरेको हो । नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग २ का ४ खेल खेल्नेछ ।

यसअघि क्यानाडामा तीन खेल हारेको नेपालका लागि यो श्रृंखलामा जित निकै महत्त्वपूर्ण छ । अमेरिका र क्यानडा दुवै नेपालका लागि बलिया प्रतिस्पर्धी हुन् । यो प्रतियोगितामा नेपाल प्रमुख स्पिनर सन्दीपको अभावमा नेपाल झनै धरासाय हुने छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि टी–२० सिरिज आजदेखि नै सुरु भएको छ । पहिलो खेल नेपालले जितेको छ। नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित विश्वकप लिग–२ शृंखला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ।

यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी–२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् । नेपाल र अमेरिकाबीच १७, १९ र २० अक्टोबर (कात्तिक १, ३ र ४ गते ) टी–२० सिरिज हुन लागेको हो।

त्यसपछि नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच ग्रान्ड प्रिएरीमै आइसिसी विश्वकप लिग–२ अन्तर्गतका खेल हुनेछन्। लिग–२ मा नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ ।

क्यानडामा भएको लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज र त्यसपछि भएको टि ट्वान्टी आई सिरिजको खराब प्रदर्शनलाई सुधार गर्दै नेपालले अमेरिका भ्रमणको सुखद सुरुवात गरेको छ । नेपाल क्रिकेट संघले लिग २ का लागि नेपालका पूर्व प्रमुख प्रशिक्षक पुबुदुु दासानायकेलाई नेपाली टोलीको मेन्टर नियुक्त गरिसकेको छ ।

लिग–२ मा नेपालले अमेरिकासँग २७ अक्टोबर र २ नोभेम्बर (कात्तिक ११ र १७ गते) तथा स्कटल्यान्डसँग २९ अक्टोबर र ४ नोभेम्बरमा (कात्तिक १३ र १९ गते) खेल्नेछ । घरेलु मैदानमा चार खेलमा विजयी भएसँगै यहि संस्करणदेखि लिग–२ मा बढुवा भएको क्यानडा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

नामिबियामा भएको सिरिजका चारै खेल जितेको अमेरिका पनि अंक तालिकाको दोस्रो स्थानमा छ। अमेरिकासँग समान अंक भएको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। स्कटल्यान्ड ७ खेलबाट ९ अंक जोड्दै पाँचौ स्थानमा छ भने ओमान ८ खेलबाट ६ अंक बटुल्दै छैटौं स्थानमा छ।

नेपाल अंक तालिकाको सातौं स्थानमा छ। नेपालले ८ खेलमा १ खेल मात्र जित निकालेको छ। १ खेल वर्षाले अवरूद्ध हुँदा नेपालले एक अंक पाएको थियो। नेपालले ३ अंक मात्र जोड्न सकेको छ।

नेपाल ६ खेलमा त पराजित भइसकेको छ । अंक तालिकाको पुछारमा रहेको युएईको ७ खेलबाट २ अंक छ । नेपालले विश्वकपमा छनोट हुन्का लागि अब अमेरिकामा पनि चमत्कारिक खेल खेल्नु पर्नेछ ।

Tags: #अमेरिकाले सन्दीपलाई दियो भिसा#क्रिकेटर सन्दीप लामिछाने#सन्दीपले पाए अमेरिकी भिसा

लोकप्रीय

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२

विचार

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२

थप समाचार

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने
खेलकुद

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल
खेलकुद

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने
अन्तर्राष्ट्रिय

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?
ताजा समाचार

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

ओली–देउवाबीच मन्त्री हेरफेरमा ‘फाइनल डिल’ ?

बिहिबार साउन १५ , २०८२

हालका पोस्टहरू

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

नेपालले महिला टी–२० विश्वकप छनोट आयोजना गर्ने

बिहिबार साउन १५ , २०८२
‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

‘डार्क हर्स’ बन्ने लक्ष्यमा नेपाली महिला फुटबल

बिहिबार साउन १५ , २०८२
रुसले सैनिकको संख्या डेढ गुणाले बढाउने

पुटिनका अंगरक्षकले बोक्न थाले ड्रोन र इन्टरसेप्टर

बिहिबार साउन १५ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.