×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

युक्रेन युद्धमा उत्तर कोरिया पनि मिसियो,११ हजार कोरियाली रुसमा

५ कार्तिक २०८१

५ कार्तिक , एजेन्सी ।

३ वर्ष देखि जारी रुस युक्रेन युद्धमा उत्तर कोरियाबाट रुसलाई हतियार र गोलाबारुद सहयोग भइरहेको पश्चिमा राष्ट्रहरुले दाबी गरिहेको अवस्थामा अब कोरियाली सेना रुसी सेनातर्फबाट युक्रेनविरुद्ध लडिरहेको रहस्य खुलेको छ ।

युक्रेनले दावी गरेको छ कि कोरियाली सैनिकहरू रूसी सेनामा सामेल भइरहेका छन्, जसको भिडियो युक्रेनले सार्वजनिक गरेको छ र यो भिडियो संस्कृति र सूचना मन्त्रालय मार्फत सञ्चालन गर्ने युक्रेनको रणनीतिक सञ्चार र सूचना सुरक्षा केन्द्रले प्रमाणित गरेको छ।

भिडियोमा उत्तर कोरियाली सैनिकहरू रुसी सैनिकहरूबाट झोला, कपडा र अन्य चीजहरू लिन लाइनमा उभिरहेका देखिन्छन्। यो भिडियो हामीले आफ्नै स्रोतबाट लिएको युक्रेनले दाबी गरेको छ ।

केन्द्रका प्रमुख इहोर सोलोभीले समाचार संस्था एपीसँग भनेका छन्, “सुरक्षा कारणले गर्दा हामीले यो भिडियो उपलब्ध गराउने स्रोतहरूको बारेमा जानकारी दिन सक्दैनौं।“ रुसी सेनाको निर्देशनमा उत्तर कोरियालीहरूलाई रुसी वर्दी दिइँदै आएको भिडियोमा स्पष्ट देखिएको छ ।

यो भिडियो युक्रेनको लागि महत्त्वपूर्ण छ किनभने यो पहिलो भिडियो प्रमाण हो जसले उत्तर कोरियाले रूसको पक्षमा युद्धमा भाग लिइरहेको देखाउँछ। अब हतियार र गोलाहरू मात्र होइन,सिपाहीहरू पनि उत्तरले रुसलाई सहयोग गरेको प्रमाणित भएको छ ।केन्द्रले यो फुटेज हालैका दिनमा एक रुसी सैनिकले खिचेको दाबी गरेको छ ।

युक्रेनी सैन्य प्रमुख किरिल बुडानोभले स्थानीय मिडिया रिपोर्टहरूमा भनेका छन् कि करिब ११ हजार उत्तर कोरियाली सैनिकहरू हाल पूर्वी रुसमा प्रशिक्षण गरिरहेका छन्। उनले उनीहरु नोभेम्बरसम्ममा लडाइँमा सामेल हुन तयार हुने पनि अनुमान गरेका छन् । रुसको कुर्स्क क्षेत्रमा कम्तिमा २६ सय सैनिक पठाइने उनको भनाइ छ ।

सोलोभीले एपीलाई भनेका छन् कि कुनै पनि संख्यामा नयाँ सेनाको उदय एक समस्या हो किनभने हामीलाई थप हतियारहरू चाहिन्छ। यो भिडियो विश्व समुदायको लागि एक महत्त्वपूर्ण संकेत भएको भन्दै उनले दुई देशहरू आधिकारिक रूपमा युक्रेन विरुद्ध युद्धमा रहेको र यो आक्रामकता रोक्न आफूहरुलाई थप समर्थन चाहिने उनले बताएका छन् ।

यसअघि युक्रेनले उत्तर कोरियाले रुसलाई सहयोग गर्न १० हजार सैनिक पठाएको आरोप लगाएको थियो । किभ इन्डिपेन्डेन्टको रिपोर्टले युक्रेनविरुद्धको युद्ध लड्न रुसले ३ हजार उत्तर कोरियाली नागरिकलाई विशेष बटालियनमा समावेश गरेको दाबी गरेको छ । रुस र युक्रेनबीच चलिरहेको युद्धको केही महिनामा ३ वर्ष पूरा हुदैछ ।

युक्रेनविरुद्धको युद्ध लड्न रुसले ‘बरियत’ बटालियन बनाएको छ, जसमा यी उत्तर कोरियाली नागरिकलाई समावेश गरिएको छ। पछिल्लो गुप्तचर रिपोर्टका अनुसार युक्रेनको सीमाबाट मात्र ७ किलोमिटर पर रहेको बार्यान्स्क र कुर्स्क क्षेत्रमा तैनाथ १८ उत्तर कोरियाली सैनिक आफ्नो पोस्टबाट भागेका छन् ।

उनीहरु भाग्नुको कारण नखुलेपनि रुसी सेनाले यी १८ सैनिकको खोजी अभियान चलाएको उल्लेख छ । रिपोर्टमा रुसी सेनाले पनि शीर्ष कमाण्डरबाट यो घटना लुकाउने प्रयास गरिरहेको दाबी गरिएको छ ।

यसअघि अक्टोबर १४ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाले रुसलाई हतियार मात्र उपलब्ध नगराएको भन्दै किम जोङ उनले युद्ध लड्न सैनिक पठाएको आरोप लगाएका थिए ।

जेलेन्स्कीले यो दाबी गरेको प्रतिवेदनका अनुसार ३ अक्टोबरमा डोनेट्स्क नजिकै भएको मिसाइल आक्रमणमा २० भन्दा बढी सैनिक मारिएका थिए, जसमध्ये ६ उत्तर कोरियाली सैनिक थिए। २०२२ को फेब्रुअरीबाट सुरु भएको यो युद्धमा उत्तर कोरिया रुसलाई हतियार दिने प्रमुख देशमध्ये एक हो ।

पश्चिमी गुप्तचर एजेन्सीहरूका अनुसार रूस सैन्य हतियारहरूको वार्षिक आवश्यकताको लगभग ५० प्रतिशत उत्तर कोरियामा निर्भर छ। जसले दुई देशबीचको बलियो सैन्य गठबन्धनलाई देखाउँछ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुस र उत्तर कोरियाबीचको यो गठबन्धनप्रति चिन्ता व्यक्त गर्दै पश्चिमी देशहरूलाई कडा प्रतिक्रिया दिन अपिल गरेका थिए । जेलेन्स्कीले अमेरिका र अन्य सहयोगीहरूले रुसलाई वार्ताको टेबुलमा ल्याउन बाध्य पार्न मस्कोको सैन्य लक्ष्यमा लामो दूरीका क्षेप्यास्त्रहरू आक्रमण गर्न अनुमति दिनुपर्ने माग गरिरहेका छन् ।

यद्यपि अमेरिका र सहयोगीहरूले यस विषयमा अहिलेसम्म प्रष्ट जवाफ दिएका छैनन् । अहिले बाइडेनका जर्मनी भ्रमणको मुख्य एजेण्डा पनि रुस–युक्रेन युद्ध हुने विश्वास गरिएको छ । जेलेन्स्कीले यो भ्रमणमा अमेरिका र उसका अन्य सहयोगीहरूले रुसविरुद्ध निर्णायक निर्णय लिन सक्ने आशा राखेका छन्।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top