NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ? बिहिबार मंसिर २५ , २०८२
जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध बिहिबार मंसिर २५ , २०८२
ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ? बिहिबार मंसिर २५ , २०८२
रविको मुद्दा आजपनि स्थगित, हेर्न नमिल्नेमा बिहिबार मंसिर २५ , २०८२
Next
Prev

समाचार

चीन–भारतबीच सीमा गस्तीमा नयाँ सम्झौता, अब २०२० अघिकै अवस्था

मङ्लबार कार्तिक ६ , २०८१
Reading Time: 1 min read
A A
भारत र चीनबीच विवादास्पद सीमा क्षेत्रमा दशगजा निर्माण गर्ने सहमति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ कार्तिक , एजेन्सी ।

लामो समयदेखि सीमामा तनाव खेपिरहेका विश्वका शक्तिशाली मुलुकहरुमध्येका चीन र भारतले सीमामा नयाँ सम्झौता गरेका छन् । भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा एक सम्झौता भएको छ ।

भारतले सोमबार छिमेकी चीनसँग अत्यन्त विवादित सीमा क्षेत्रहरूमा सैन्य गस्तीका लागि सम्झौता गरेको बताएको छ । यसले सन् २०२० मा दुवै मुलुकका प्रतिद्वन्द्वी सेनाहरू भिडेका बेला उत्पन्न भएका समस्याहरूको समाधान गर्ने लक्ष्य राखेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २२–२३ अक्टुबरमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रुस प्रस्थान गर्नुअघि सोमबार भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखा अर्थात् एल.सी.मा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको हो ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पनि उपस्थिति हुने अपेक्षा गरिएको छ । विश्वका दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रहरू चीन र भारत गहन प्रतिद्वन्द्वी हुन् र दुवैले नियमित रूपमा एकअर्कालाई वास्तविक नियन्त्रण रेखा भनिने अनौपचारिक विभाजन रेखा वरिपरि क्षेत्र कब्जा गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।

कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएको सन् २०२० को सीमा झडपपछि दुवै पक्षले दशौँ हजार सैनिक फिर्ता गरेका थिए र वास्तविक नियन्त्रण रेखा भनिने साँघुरो विभाजन पट्टीमा गस्ती नपठाउने सहमति गरेका थिए ।

 

“पछिल्ला केही हप्तादेखि भारतीय र चिनियाँ कूटनीतिक र सैन्य वार्ताकारहरू एकअर्कासँग निकट सम्पर्कमा रहेका छन”, भारतका विदेश मन्त्रालयका शीर्ष अधिकारी विक्रम मिश्रीले पत्रकारहरूलाई भने, “यी छलफलहरूको परिणामस्वरूप भारत–चीन सीमा क्षेत्रहरूमा वास्तविक नियन्त्रण रेखामा गस्ती व्यवस्थाबारे सम्झौता भएको छ, जसले २०२० मा यी क्षेत्रहरूमा उत्पन्न भएका समस्याहरूको अन्ततः समाधान र पृथकीकरणतर्फ डोर्याउनेछ ।”

भारत आफ्नो उत्तरी छिमेकीप्रति सतर्क छ । दुवै मुलुकको तीन हजार पाँच सय किलोमिटर लामो सीमानामा विवादहरू स्थायी तनावका स्रोत हुन् । चीनले भारतको उत्तर–पूर्वी राज्य अरुणाचल प्रदेशलाई तिब्बतको अंश मान्दै सम्पूर्ण दाबी गर्छ ।

दुई देशबीच सन् १९६२ मा सीमा युद्ध भएको थियो । दुवै मुलुकले दक्षिण एशियाभर व्यापक रणनीतिक प्रभावका लागि पनि कडा प्रतिस्पर्धा गर्छन् । पछिल्लो पटक नयाँ सम्झौताको घोषणा गरिएपनि यस सम्झौताको विषयमा विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन् ।

तर कतिपयले यसलाई दुई देशबीचको सम्बन्ध सुधारको संकेतको रुपमा हेरेका छन् । त्यसो त यस्ता सम्झौता विगतमा पनि भएका थिए तर सीमा क्षेत्रमा भारत र चीनबीचको तनाव अन्त्य भने भएको छैन ।

सोमबार भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पनि एनडिटिभीको एक कार्यक्रममा तनाव कम गर्नका लागि भारत र चीनबीच भएको वार्तामा सहमति जुटेको र यस सम्बन्धी थप जानकारी आगामी दिनमा सार्वजनिक हुने बताएका छन् ।

उनले सन् २०२०सम्म भारतले चीनसँग जोडिएको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्यो, त्यहाँसम्म फेरि गस्ती गर्न पाउने पनि बताएका छन् । उनले भनेका छन्, ‘एलसीमा सन् २०२० भन्दा पहिले जस्तो स्थिति थियो त्यो स्थिति बहाल हुने छ ।

यो एक महत्वपूर्ण घटनाक्रम हो । तर यसको पूरा असर आँकलन गर्न अहिले नै हतार हुन्छ ।’ भारत र चीनबीच गस्तीका विषयमा भएको सम्झौतालाई कतिपय जानकारले सम्बन्ध सुधारको राम्रो सुरुवात भएको टिप्पणी गरेका छन् ।

भारत–चीन मामलाका जानकार एवम् कलिंगा इन्सटिच्युटमा इण्डो–प्यासिफिक स्टडिजका संस्थापक अध्यक्ष प्रोफेसर चिन्तामणि महापात्राले भनेका छन्, ‘तनाव अन्त्यको यो राम्रो सुरुवात हो किनभने केही महिनायता कूटनीतिक र सैन्य स्तरमा भारत र चीनबीच जे वार्ता भएको थियो, यो त्यसैको नतिजा हो । तर केबल एक सम्झौताले मात्रै दुई देशबचीको सबै तनाव अन्त्य हुँदैन ।’

तर सम्बन्ध सामान्य हुने प्रक्रियामा भने यसलाई पहिलो कदमको रुपमा लिन सकिने उनले बताएका छन् । उता साउथ चाइना मर्निङ पोस्टले समेत भारतले चीनसँग साझा सीमामा गस्ती गर्ने सम्झौताको घोषणा गर्दै,राम्रो सम्बन्धको आशा जगाएको शीर्षकमा समाचार प्रकाशन गरेको छ । यद्यपि उसले बेइजिङले तत्काल सम्झौताको पुष्टि नगरेको समेत उल्लेख गरेको छ ।

Tags: #चीन–भारतबीच सीमा#भारत र चीन#सीमा गस्तीमा नयाँ सम्झौता

लोकप्रीय

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

विचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

थप समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा
ताजा समाचार

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?
अन्तर्राष्ट्रिय

१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?

बिहिबार मंसिर २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.