नेयमार फर्किएको खेलमा हिलालका नाटकीय जित

नेयमार फर्किएको खेलमा हिलालका नाटकीय जित

६ कार्तिक , एजेन्सी ।

ब्राजिलियन फरवार्ड नेयमार सम्मिलित साउदी क्लब अल हिलालले एएफसी च्याम्पियन्स लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल हिलालले युएईको क्लब अल ऐनलाई ५–४ गोल अन्तरले पराजित गरेको हो ।

सलेम अल–दौसारीले ह्याट्रिक गरेपछि साउदी अरबको अल–हिलालसँग डिफेन्डिङ च्याम्पियन अल–ऐनले एशियन च्याम्पियन्स लिग एलिटमा नाटकीय हार बेहोरेको छ। गत अक्टोबरमा क्रुसिएट लिगामेन्टमा चोट लागेपछि मैदानबाहिर रहेका नेयमारले ७७ औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।

साउदी प्रो लिग क्लब हिलालले गत सिजनको सेमिफाइनलमा अल–ऐनसँग बेहोरेको हारको बदला लिएको छ। हज्जा बिन जायद स्टेडियममा सोमबार राति बदला लिनेक्रममा हिलाल ५–४ ले विजयी भएको हो।

यो जितसँगै हिलाल तीन राउन्डपछि नौ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। कतारको अल–रेयानलाई २–१ ले पराजित गर्दै साउदी अरबको अल–अहलीले दोस्रो स्थान हासिल गरेको छ।

जोर्ज जिससको नेतृत्वमा रहेको हिलालले यो लगातार तेस्रो जित हात परेको हो।  ९ गोलको खेलमा अल–दौसारी र अल–ऐनका सौफियान रहिमी दुवैले ह्याट्रिक गरे। खेलको २६ औं मिनेटमा रेनान लोदीले गोल गर्दै हिलाललाई अग्रता दिलाएका थिए।

तर, पहिलो हाफ सकिन ६ मिनेट बाँकी छँदा रहिमीले बराबरी गोल फर्काए। यद्यपि,पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सर्गेज मिलिन्कोभिच साभिचले गोल गर्दै हिलालाई पुनः अग्रता दिलाए।

लगत्तै दौसारीले गोल गर्दै हिलालको अग्रता ३–१ मा पु¥याए। ६३औं मिनेटमा सब्स्टिच्युट माटेओ सानाब्रियाले अल–ऐनलाई ३–२ को स्थितिमा ल्याए। तर, त्यसको ९० सेकेन्डपछि अल–दौसारीले गोल गर्दै हिलालको अग्रता ४–२ मा पु¥याए।

राहिमीले ६७ औं मिनेटमा दोस्रो गोल गर्दै अल–ऐनलाई ४–३ को रोमाञ्चक मोडमा ल्याएका थिए। तर, खेल सकिन १५ मिनेट बाँकी हुँदा दौसारीले अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे। लगत्तै जर्ज जिससले नेयमारलाई मैदान प्रवेश गराएका थिए।

तर, अली अल बुलाहयीले ह्यान्ड बल गर्दै रातो कार्ड खाएपछि हिलालमाथि दबाब बढेको थियो। पेनाल्टी पाएपछि रहिमीले थपिएको समयको ६ मिनेटमा दौसारीले ह्याट्रिक पूरा गरेपनि टोलीलाई जित दिलाउन सकेनन्।

अल हिलालको जितमा सालेम अल्दावसरीले ह्याट्रिक गरेका थिए भने सेर्गेज मिलिनकोभिक र रेनान लोडीले एक एक गोल गरेका थिए । नेयमारको टोलीको गएरातिको जितपछि ३ खेलमा ९ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै अल ऐनको भने ३ खेलमा एक अंक रहेको छ । यसैबीच एक वर्षपछि नेयमार व्यवसायिक लिग खेल्न मैदान फर्किएका छन्। एसियन च्याम्पियन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा अल हिलालले युएई प्रो–लिग क्लब अल–ऐनमाथि ५–४ को जित निकालेको खेलमा उनी मैदान फर्किएका हुन्।

ब्राजिलका ३२ वर्षीय फरवार्ड नासेर अल–दासारीको स्थानमा ७७औं मिनेटमा मैदान छिरेका थिए। उरुग्वेविरुद्धको विश्वकप छनोट खेलका क्रममा घुँडाको लिगामेन्टमा चोट लागेपछि नेयमारले एक वर्षदेखि खेलेका थिएनन्।

उनको गत नोभेम्बरमा शल्यक्रिया गरिएको थियो। गत वर्षको अगस्टमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट ९० मिलियन युरो (९७.८ मिलियन अमेरिकी डलर) स्थानान्तरण शुल्कमा साउदी अरेबिया आएका नेयमारले मांसपेशीको चोटका कारण रेस्ट गर्नुअघि पाँच खेल मात्र खेलेका थिए।

‘मसँग जहिले पनि राम्रो टिम छ। म निकै खुसी छु। म फर्किएको छु,’ हाजा बिन जायद स्टेडियममा भएको खेलपछि भावुक भएका नेयमारले भनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.