×

NEPAL TIMES UPDATES

Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026

डेभिड बेकह्यामको सपना थिए मेसी

८ कार्तिक २०८१

८ कार्तिक ,एजेन्सी ।

जतिबेला विश्व चर्चित फुटबलर लियोनल मेसी युरोपियन लिगमा सक्रिय भएर लागिपरेका थिए, त्यसबेला डेभिड बेकह्यामले उनलाई आफ्नो क्लब इन्टर मियामीमा भित्र्याउने सपना बुनेका थिए ।

Advertisement
Advertisement

सन् २०१४ मा फुटबल करिअर समाप्त गरेका बेकह्याम मियामीमा व्यवस्थापकीय रूपमा प्रवेश गरेका थिए ।अमेरिकामा फुटबलको क्रेज बढाउन चर्चित खेलाडीको आवश्यकता पर्ने उनलाई राम्रोसँग थाहा थियो ।

बेकह्यामले सुरुदेखि नै मेसी र क्रिस्टियानो रोनाल्डोलाई एकैसाथ अनुबन्ध गर्न योजना बनाएका थिए ।बेकह्यामको योजना मेसीलाई मेजर सकर लिगमा भित्र्याउँदै अमेरिकामा फुटबलको क्रेज विस्तार गर्ने थियो ।

मेसी भने स्पेनिस क्लब बार्सिलोनामा रमाइरहेका थिए । बार्सिलोनापछि उनी फ्रान्सेली क्लब पिएसजी हानिए । आफ्ना पूर्वसहकर्मी नेयमार जुनियर र विश्वकप विजेता किलियन एम्बाप्पेका साथमा फ्रेन्च लिग खेलिरहेका मेसीले युरोपबाहिरको क्लबबाट खेल्छन् भन्ने कसैले सोचेका पनि थिएनन् ।

पिएसजीबाट खेलिरहँदा उनलाई साउदी अरेबियन प्रो लिगअन्तर्गत अल हिलालले विश्व कीर्तिमान रकम प्रस्ताव नपठाएको होइन । साउदी क्लबमा जाँदा मेसी यति मालामाल हुन्थे कि उनलाई सर्वाधिक कमाइ गर्ने खेलाडीमा कसैले पनि भेट्टाउन सक्दैनथे ।

तर, मेसी करोडौँ मिलियन डलरको पछि लागेनन् । उनले आँखा चिम्लिँदै मियामीसँग सम्बन्ध गाँसे । मेसी भित्र्याउने बेकह्यामको घोषणाप्रति खिल्ली उडाउने आलोचकहरू धेरै थिए । तर, मेसीलाई मियामीमा ल्याउने सपना बेकह्यामले दुई वर्षअघि पूरा गरे ।

जुन बेला मियामी आउने स्वयम् मेसीले घोषणा गरेका थिए, सबैभन्दा धेरै खुसी बेकह्याम नै भए । बेकह्यामले जीवनकै महत्वपूर्ण सपनामध्ये एक पूरा हुँदा निःशब्द नै भएको बताएका थिए ।

मेसी मियामीमा आउनुअघि नै रोनाल्डो साउदीकै अल नासरमा पुगेका कारण, बेकह्यामको सपना पूरा हुन पाएको थिएन । तर, मेसी अनुबन्ध गरेपछि बेकह्याम गद्गद् भएका थिए, मेसीको आगमनपछि मेजर सकर लिगको माहोल नै परिवर्तन भएको छ ।

कुनै समय खाली रंगशालामा मेसीको एक नजर र खेल हेर्न दर्शकको उपस्थिति अस्वाभाविक रूपमा भरिभराउ हुँदै गएका छन् । यो केवल मेसीकै कारण सम्भव भएको बेकह्याम मान्छन् ।

उपाधिविहीन मियामीलाई मेसीले आफ्नो पहिलो सिजनमै सफलता दिलाए । यस वर्ष मियामी लिग जित्ने अभियानमा अग्रसर देखिएको छ । मेजर सकर लिगको इतिहासमा कुनै पनि टोलीले बटुल्न नसकेको अंक मियामीले हात पारेको छ ।

लिगमा अझै खेल बाँकी छन् । मियामी सर्वाधिक ७४ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै, किसिमको प्रदर्शन मियामीले जारी राख्दा अन्य टोलीले भेटाउन मुस्किल पर्छ । मियामीको यो सफलतामा लुइस सुआरेज, सर्जियो वुस्केट तथा जोडी अल्वाको भूमिको त्यत्तिकै छ ।

यी सबै खेलाडीसँग मेसीले बार्सिलोनामा रहँदा सहकार्य गरेका थिए । यसमाथि बार्सिलोनाका पूर्वप्रशिक्षक मार्टिनोले नै मियामीलाई प्रशिक्षण दिइरहेका छन् । मेसी सबै उमेरसँग फिट भएको प्रशिक्षक मार्टिनो मान्छन् ।

मियामीमा युवा पुस्ताका खेलाडीहरू २१ वर्षीय डिएगो गोमेज र १९ वर्षीय स्थानीय बेन्जामिन क्रेमाचीले मेसीलाई मैदानमा साथ दिइरहेका छन् । सुआरेज, बुस्केट र अल्वासँग पनि युवा खेलाडी त्यतिकै सक्रिय छन् ।

मेसीको आगमनसँगै मियामीले दुई उपाधि जितेको छ । बार्सिलोनाको जुनियर क्लबदेखि नै स्पेन बसेका उनले क्याटलान क्लबका लागि सबै प्रतियोगिता मिलाएर ७७८ खेल खेल्दा ६७२ गोल गरेका छन्, जुन क्लबको इतिहासमा सर्वाधिक हो ।

उनले बार्सिलोनामा रहँदा ३०३ गोलमा पास मिलाएका छन्, यो पनि क्लबको रेकर्ड हो ।मेसीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जिते भने चार पटक च्याम्पियन्स लिग जिते । स्पेनमै रहँदा मेसीले ६ पटक बालोन डि’ओर जितेका थिए भने ६ पटक युरोपियन गोल्डेन ‘शु’ जिते ।

त्यसपछि उनले आफ्नो नाममा थप २ बालोन डि’ओर थप गरे । सन् २०११–१२ को सिजन ५० गोल गरेर उनी एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका थिए । सन् २०१२ मै एक क्यालेन्डर वर्षमा ९१ गोल गरेर उनी सर्वाधिक गोलकर्ता बने ।

मेसीको नेतृत्वमा बार्सिलोना विश्वकै सर्वश्रेष्ठ क्लबहरूमध्ये एक बनेको थियो भने उनको खेल शैलीले बार्साको ‘टिकि–टाका’ फुटबल प्रणालीलाई परिभाषित गर्न मद्दत गरेको थियो ।

Advertisement

बार्सिलोनापछि पिएसजी रोजेका मेसीले त्यहाँबाट ७५ खेलमा ३२ गोल गरे । पिएसजीलाई दुई पटक फ्रेन्च च्याम्पियन बनाउन उनको भूमिका रह्यो ।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top