×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

इरानमा इजरेलको आक्रमणपछि आगो भयो रुस

११ कार्तिक २०८१

११ कार्तिक ,  एजेन्सी ।

इजरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि ती दुई देशबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रणबाहिर जाने खतरा बढेको रुसले टिप्पणी गरेको छ । रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले यो क्षेत्रमा जारी विस्फोटक पदार्थको वृद्धिप्रति आफू चिन्तित रहेको बताएकी छन् ।

Advertisement
Advertisement

“हामी सबै पक्षलाई संयमित हुन, हिंसा रोक्न र घटनाहरूलाई विनाशकारी परिदृश्यमा परिणत हुनबाट रोक्न आग्रह गर्दछौँ,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । उनले भनेकी छन्, “इरानलाई प्रतिशोधी कदम चाल्न उक्साउने काम बन्द गर्न र अनियन्त्रित तनावको चक्रव्यूहबाट बाहिर निस्कन आवश्यक छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसै साता उदीयमान राष्ट्रहरूको ब्रिक्स समूहको शिखर सम्मेलनमा दुई क्षेत्रीय शक्तिराष्ट्रबीचको तनावले मध्यपूर्वमा पूर्णयुद्ध निम्त्याउने खतरा रहेको बताएका थिए ।

“इजरायल र इरानबीच द्वन्द्वको स्तर ह्वात्तै बढेको छ । यो सबै शृंखलाबद्ध प्रतिक्रियाको सम्झना दिलाउँछ र यसले सम्पूर्ण मध्यपूर्वलाई पूर्णयुद्धको सँघारमा पु¥याउँछ,” रुसी राष्ट्रपति पुटिनले आफ्नो सम्बोधनमा भनेका थिए । इरानसँग मस्कोको घनिष्ठ सम्बन्ध छ ।

यो क्षेत्रमा सुरक्षा र आर्थिक हित र व्यापक द्वन्द्वका बारेमा रुसले व्यापक चिन्ता व्यक्त गरेको छ । यता इजराययले भने जवाफी आक्रमणको बदलामा पुनः तनाव बढाउनेतर्फ कदम अघि बढाइए तेहरानले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको छ ।

संयुक्त राज्य अमेरिका र बेलायत दुवैले द्वन्द्व थप नबढाउन इरानलाई आग्रह गरेका छन् । इरानले भने अब इजरायलमाथि विगतको भन्दा ठूलो आमक्रणको चेतावनी दिएको छ। इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आक्रमण अन्तर्राष्ट्रिय कानुनको “प्रस्ट उल्लङ्घन” भएको प्रतिक्रिया दिएको छ ।

“इस्लामिक गणतन्त्र इरान आक्रमणका कुनै पनि कदम विरुद्ध प्रतिरक्षा गर्ने अधिकार आफूसँग राख्दछ,“ संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ५१को व्यवस्था उद्धृत गर्दै विदेश मन्त्रालयले भनेको छ ।

यसअघि इरानको इस्लामिक रेभुलस्नरी गार्ड कर्प्स सम्बद्ध तस्निम न्यूज एजेन्सीले उद्धृत गरेका एक स्रोतले ‘इरानले कुनै पनि आक्रमणको प्रतिवाद गर्ने अधिकार राख्ने र इजरेलले चालेको कदम अनुसारको जवाफ पाउने’ बताएका थिए ।

मध्यपूर्वका यूएई, साउदी अरब, कतार र इजिप्ट सहितका अरब राष्ट्रहरूले पनि इरानमाथि भएको आक्रमणको निन्दा गरेका छन् । यस्तोमा पश्चिम एसियामा थप तनाब बढ्ने देखिएको छ ।

यसैबीच इरानले इजरायली आक्रमणपछि अर्को पनि आक्रमणको सामना गरेको छ । उसले आतंकबादी समूहको आक्रमण झेलेको छ । इरानको तफ्तानमा चरमपन्थी समूह जैश–अल–अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका छन् ।

तफ्तान क्षेत्र पाकिस्तानको सिमानानजिक छ । इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती इकाईमा हमला गरेको छ ।

इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई ‘आतंकवादी’ हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन् । सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले शनिबार एक विज्ञप्तिमा यसको पुष्टि गर्दै भनेको छ, “तफ्तान सहरको गोहर कोह पुलिस स्टेसनका दुई गस्ती इकाईका १० प्रहरी मारिएका छन् ।”

जैश–अल–अदलले आफ्नो टेलिग्राम च्यानलमा आक्रमणको जिम्मेवारी लिएको छ । उनले भनेको छ, “तफ्तान सहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती इकाईलाई निशाना बनाइएको थियो ।”जैश–अल–अदल एक सशस्त्र चरमपन्थी संगठन हो ।

यो संगठनले इरानी सरकारको विरोध गर्दछ । यो संगठनले आफूलाई न्याय र समानताको सेना पनि भन्ने गर्दछ । यसअघि इजरायली सेनाले इरानका ‘सैन्य लक्ष्यहरूमा सटिक आक्रमण’ गरिरहेको बताएको थियो ।

Advertisement

पछि इरानले पनि इजरायलले आफ्नो सैन्य अखडालाई लक्षित गरी हवाई आक्रमण गरेको बताएको थियो । इरानको वायुसेनाले इजरायलले तेहरान, खुजेस्तान र इलाम प्रान्तमा रहेको सैन्य शिविरलाई निशाना बनाएको जनाएको थियो । यो आक्रमणमा कम्तिमा ४ इरानी सैनिक मारिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top