×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

प्रचण्डले भ्रष्टचार विरोधी भन्दा बाबुरामलाई हाँस उठ्यो

११ कार्तिक २०८१

११ कार्तिक , काठमाण्डौ ।

सरकारबाट बाहिरिएपछि प्रमुख प्रतिपक्ष दल नेपाल माओवादी केन्द्रले शनिबार केपी शर्मा ओलीविरुद्ध खबरदारी सभाको आयोजना गर्याे । सभामा माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु नै सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भए ।

सबैजसो नेताहरुले सरकारले प्रतिपक्षलाई कम आकलन गरे सडकबाटै शक्ति देखाइदिने चेतावनी दिए । उनीहरुले वर्तमान सरकार बेइमान र भ्रष्टचारी भएको बताए । सभामा अध्यक्ष प्रचण्डले भने आफूमाथि उठेका विभिन्न प्रश्नहरुको स्पष्टीकरण समेत दिए ।

उनले सरकार ढाल्ने खेलमा नरहेको भन्दै कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेको महसुस गरे । उनले यो सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्छ भन्ने कडा चेतावनी दिए ।

उनले रास्वपा सभापति रवि लामिछाने पक्राउका विषयमा समेत प्रष्ट पार्दै भने सरकारको यो रवैया बेठीक छ तर आजको सभा कसैलाई बचाउन होइन । प्रचण्डले आफूले ज्ञानेन्द्रलाई नभेटेको समेत बताए ।

यस्तै पछिल्लो एमालेले लिएको जग्गा दानको विषयमा कटाक्ष गर्दै प्रचण्डले भाटभटेनीका शेयरहोल्डर ओली रहेछन् भन्दै आफ्नो भनेर हैरान बनाइसकेको समेत उनले बताए । सबैभन्दा महत्वपूर्ण विषय चाँही ‘बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदमविरुद्ध माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सडकबाटै ‘कहाँ पुग्यो भुटानी शरणार्थी, बालमन्दिर, गिरीबन्धु प्रकरणको अनुसन्धान ?’ भन्दै तिखो प्रश्न गरेका छन् ।

उनले सत्तारुढ नेपाली काग्रेस र एमालेलाई विकास विरोधी भन्दै सबैभन्दा बेइमान र भ्रष्टचारीको संज्ञा दिए । प्रचण्डले भ्रष्टचारविरुद्ध सरकारलाई खबरदारी गरिरहदा उनका पूर्वसहयोद्धा पूर्व माओवादी नेता पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने प्रचण्डप्रति गतिलो ब्यङ्ग गरेका छन् ।

शनिबार राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूसँगको छलफलमा उनले भनेका छन्, ‘मैले अहिले बढी बोल्न त हुँदैन । तर अहिले प्रचण्डजीले भ्रष्टाचार विरोधमा भन्दा हाँसो उठ्छ’, उनले भने ।

प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कदम चालेको दाबी गर्दै आए पनि वास्तवमा त्यसो हुन नसकेको उनको तर्क थियो । ‘भन्नका लागि त भ्रष्टाचार विरोधी भनिन्छ । सुन्दा रमाइलो पनि सुनिन्छ’, उनले भने, ‘अहिले ठुला दलका नेताहरू पालैपालो सरकार चलाइराख्नु भएको छ ।

आफ्ना पालामा गरेँ त भन्नुहुन्छ तर आफ्नो विरोधीलाई र आफ्नै पार्टीका अर्को गुटकोलाई कारबाही गरेजस्तो देखाउने गरे पनि भ्रष्टाचारको फोहोरको जुन आहाल छ त्यसलाई सम्म्याउन पहलचाहिँ गरेको देखिँदैन ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख दलहरूले राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिसहितको परिवर्तनकारी कामहरूमा फड्को हानिसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन् ।

दलका नेताहरूले यसमा चासो नदिँदा समस्या ज्यूँकात्यू रहेको उनको भनाइ थियो । यस्तै उनले नयाँ भनिने केही दलहरूले पनि विकल्प दिनुभन्दा पनि नकारात्मकता मात्रै फैलाउन केन्द्रित भएको जस्तो देखिएको भन्दै यसबारे गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे ।

नयाँ भनिनेहरू पनि व्यवस्थित हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टीले पहल गर्ने उनको धारणा थियो । यसअघि बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि पूर्व माओवादीहरु बीच एकता हुनु पर्ने भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि अपिल गरिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले पूर्वमाओवादीहरू किन एक ठाउँमा आउनुपर्ने भन्दै प्रश्न गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका केही नेताहरूले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गरिरहेको भन्दै उनले अर्को जनयुद्ध गर्न कि भोजभतेर गर्न आउने भन्दै समाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

सत्ताको खेलबाट बाहिर फलिएको प्रचण्ड सुशासनको मुद्दा उठाएर आन्दोलनको धम्की दिइरहेको उल्लेख गर्दै भट्टराईले प्रचण्डलाई फेरि एक पटक संसदीय सत्तारोहण गराउन एक हुनुपर्ने हो ? भनेर पनि प्रश्न गरेका छन् ।

भट्टराईले एक ठाउँमा आउनुको वैचारिक र राजनीतिक औचित्य र आधार पनि मागेका छन् । भट्टराईले लेखेका छन्, प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्।

अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्। यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छ । बाबुरामले २०७२ सालमा माओवादी परित्याग गरेका थिए ।

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन प्रधानमन्त्री शेरबहादुरदेउवा सरकारलाई बुझाएको थियो।

१० वर्षे शसस्त्र संघर्षपछि शान्तिपूर्ण राजनीतिक मुलधारमा आएको नेकपा माओवादीबाट अर्थमन्त्रीसहित प्रधानमन्त्री बनिसकेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टचारका विषयमा सरकारमाथि पटक पटक निशाना साँधिसकेका छन् ।

उनले सरकारले आफू निकटका भ्रष्टहरुलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । उनले ओम्नी, सहकारी, भूटानी शरणार्थी प्रकरणलगायतका काण्डहरुमा ठूला दलका सबैजसो नेताहरु संलग्न रहेपनि सरकारले अरुलाई तर्साएर आफू निकटका भ्रष्टहरुलाई जोगाउने काम गरेको बताएका छन् ।

४ वर्षअघि पनि बाबुरामले शीर्ष तीन नेता भ्रष्टचारी भएको भन्दै उनीहरु विरुद्धको प्रमाण आफूसँग रहेको बताएका थिए । २०७७ असोजमा गोरखाको पालुङ्टार नगरपालिका ६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तत्कालीन अवस्थामा समेत प्रधानमन्त्री रहेका ओली र पूर्व प्रधानमन्त्रीद्धय शेरवहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टचारको गम्भिर आरोप लगाएका थिए ।

उनले तीन मुख्य नेताहरुलाई बूढीगण्डकी जलविद्युत आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको गम्भिर आरोप लगाएका थिए । उनले त्यसको प्रमाण समेत आफुले दिन सक्ने दावी गरेका थिए ।

‘उनले त्यो परियोजना आफु प्रधानमन्त्री हुँद सुरु गरेको भएपनि तीन मुख्य नेताहरुले ९ करोड रुपैया कमिशन खाएर परियोजना अलपत्र पारेको आरोप लगाए । भ्रष्टाचार गरेकै कारण परियोजना अलपत्र पर्दा समेत कुनै नेताले त्यसवारे नबोलेको उनको भनाई छ ।

उनले बूढीगण्डकीमा मात्र होइन अन्य १० वटा परियोजनामा पनि अर्वो रुपैया भ्रष्टाचार भएको बताएका छन् । मलाई भन्नुहुन्छ भने म तत्काल प्रमाण दिन सक्छु, नेता भट्टराईले भने, करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ।

उनले अशिक्षितहरुले मुलुक चलाएकाले यस्तो दर्दशा भएको टिप्पणी गरेका छन् । कोही चिट चोरेर पास भएको त कोही ८ र १० कक्षा पढेकाहरु राजनेता भएको भन्दै उनीहरु भ्रष्टहरुसंग मिलेर कमिशनको खेल खेलेको आरोप लगाएका थिए ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top