आज स्कटल्याण्डसँग भिड्दै नेपाल, यी हुन् नेपालका चुनौती

१२ कात्तिक ८१, मंगलबार

१३ कार्तिक , काठमाण्डौ।

Advertisement

आईसीसी विश्वकप क्रिकेट लिग – २ मा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । अमेरिकाको डालसमा रहेको ग्रान्ड प्रेरी स्टेडियममा हुने खेल आज राति सवा नौ बजे शुरु हुनेछ । आइतवार भएको यो शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

उता पहिलो खेलमा घरेलु टोलीलाई पराजित गरेको स्कटल्यान्ड भने नेपालविरुद्ध जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । लिग २ मा कमजोर प्रदर्शन गरिरहेको नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण छ ।

Advertisement

लिगमा रहेका ८ टिममध्ये नेपाल सातौँ स्थानमा छन् । विभिन्न ९ सिरिजका ३६ खेल खेल्न पाउने यो लिगमा नेपालले हालसम्म दुई सिरिजमा मात्र एक जित हात पारेको छ । अमेरिका सिरिजमा तीन टिमले एकअर्काविरुद्ध दुई दुई खेल खेल्नेछन् ।

अहिले घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डबीच त्रिदेशीय शृङ्खला चलिरहेको छ । लिग–२ मा नेपाल ९ खेलमा एक जीतसहित तीन अङ्कका साथ तालिकाको सातौं स्थानमा छ । स्कटल्याण्ड ८ खेलमा ११ अङ्कसाथ चौथो स्थानमा छ ।

Advertisement

लिग–२ को तालिकामा क्यानडा १२ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा छ । नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र यूएईले लिग–२ खेलिरहेका हुन्। आज मैदानमा भिड्दा स्कटल्याण्ड दोस्रो र नेपाल पहिलो जितको खोजीमा हुनेछन् ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल आयोजक अमेरिकासँग डलासमा ३ विकेटले पराजित भएको छ । नेपालले २ सय ८६ रन बनाएको थियो र अमेरिकाले त्यसलाई दुई बल बाँकी रहँदै पछ्यायो।

अर्कोतर्फ स्कटल्याण्डले अमेरिकालाई १४५ रनको सामान्य लक्ष्य सबै विकेट बाँकी छदै २५.१ ओभरमै पछ्यायो र १० विकेटले पराजित गर्याे । त्यो जितले उनीहरुको आत्मविश्वास बढेको छ र उनीहरुलाई त्यो जित नेपाल बिरुद्ध सहयोग पुग्ने छ ।

ब्राडली करी जसले चार विकेट लिएर प्लेयर अफ द म्याच घोषित भए । स्कटल्याण्डका ओपनर एन्ड्रयु उमेद (७९ बलमा नटआउट ९८ रन) र चार्ली टियर (७० बलमा नटआउट ४३) ले अमेरिकी बलरहरूलाई कहिल्यै स्थिर हुन दिएनन् ।

यिनीहरु नै नेपालको सिम बलिङ लाइनअपका लागि आज चुनौती हुनेछन् । नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन् । जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन् ।

दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो । जहाँ नेपाल २ विकेटले विजयी भएको थियो । क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । नेपाली टिममा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् ।

उता स्कटल्याण्डमा एन्ड्रयू उमेद, चार्ली टियर, ब्रान्डन म्याकमुलेन, रिची बेरिङटन (कप्तान), माइकल जोन्स, म्याथ्यू क्रस (विकेटकीपर), माइकल लिस्क, मार्क वाट, क्रिस्टोफर सोले, ब्राड ह्वील, ब्राडली करी, माइकल इंग्लिश, क्रिस ग्रीभ्स, गेभिन मेन, चार्ली क्यासल, ज्याक जार्विस, जास्पर डेभिडसन, हमजा ताहिर, जर्ज मुन्से, सफायान शरीफ, स्कट करी रहेका छन् ।

यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top