×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

के युवाले सँधै दल र नेताको गुणगान मात्रै गाउने हो ?

१६ कार्तिक २०८१

१६ कार्तिक , काठमाण्डौ।

नेपालमा समेत प्रत्येक वर्ष १२ अगस्टमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउदै आइरहेका छ । युवा दिवसमा युवा पुस्ताको भुमिका चुनौतिहरु र भविष्यको सम्भावनालाई उजागर गर्न वहसहरु हुने गरेका छन् । युनेस्कोका अनुसार ,विश्वभर ६ लाखभन्दा बढी युवा शिक्षा प्रणालीबाट बाहिर छन् । यसका विभिन्न कारण छन् ।

कतिपय देशका युवामा डिपे्रसन, चिन्ता र अन्य मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढिरहेका छन् । आविष्कार गर्न, राजनीतिक परिवर्तन गर्न वा समृद्धि ल्याउन युवाहरुकै भुमिका विशेष हुन्छ । यस्तो भूमिकामा नेपालमा युवाको अवस्था कस्तो छ त ? यो प्रश्न गहन छ ।

हाम्रो देशमा विभिन्न समयमा राजनीतिक परिवर्तन गर्न युवाहरू आन्दोलन वा विद्रोहमा संलग्न हुँदै आएका छन् । निरंकुश जहानियाँ राणाशासन फालेर प्रजातन्त्र ल्याउन होस्,पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन होस् युवाकै अर्थात् युवा आन्दोलनकै भूमिका महत्त्वपूर्ण रह्यो ।

पछिल्लो समय राजतन्त्र फालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पनि विभिन्न तहमा युवाहरूको बलिदानी रहेको छ ।नेपाली युवाहरुको शिक्षा, सीप र राजगारीको वर्तमान अवस्था सन्तोषजनक छैन । जसले देशको सामाजिक र आर्थिक विकासमा प्रत्यक्ष असर पारेको छ ।

युवाहरूको ठूलो हिस्सा वैदेशिक रोजगारीमा निर्भर छ, जसले गर्दा देशमा उत्पादनशीलता घटेको छ । औद्योगिक क्षेत्रको विकास ठप्प प्रायः छ । नेपाली समाजमा विद्यमान रुढिग्रस्त मूल्य–मान्यताबाट कतिपय युवा समेत ग्रसित छन् ।

कामलाई जात र लिङ्गका आधारमा छुट्ट्याउने पुरानो सोच केही हदसम्म समाजमा अझै पनि हाबी छ । लैङ्गिक असमानता र जातीय विभाजनले युवा पुस्तालाई समेत विभाजन गरेको अवस्था छ । नेपाली राजनीतिमा युवाहरूको राजनीतिक सहभागिता व्यापक छ ।

यद्यपि हरेक विद्रोहमा निर्णायक भूमिकामा रहेका युवाहरू नीति–निर्माण तहमा हस्तक्षेप गर्न चुकिरहेका छन् । नत नेतृत्व र निर्णायक स्थानमा युवाले अवसर पाएका छन् । विभिन्न दल तथा क्षेत्रमा रहेका चेतनशील युवाले सामाजिक न्यायका लागि आवाज उठाउने मात्रै होइन, संघर्ष गर्नुपर्नेछ ।

श्रमको अधिकार, महिला अधिकार, बाल अधिकार, उत्पीडित र अल्पसङ्ख्यक समुदायका अधिकार आदिको संरक्षणका लागि युवाहरू सचेत र आन्दोलित हुन आवश्यक छ । संविधान, कानुन, नीति तथा कार्यक्रमहरूको कार्यान्वयनका लागि र आवश्यक नीति निर्माणका लागि राज्यलाई युवाहरूले झकझकाइरहनुपर्छ ।

नागरिक समाजले युवाहरूको राजनीतिक सहभागितालाई प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । राजनीतिक विश्लेषकले अनुमान गर्नै नसक्ने राजनीति होइन, सिंगो समाजले अनुमान गर्न सक्ने र समुदायले पत्याउने सुसंस्कारयुक्त राजनीति आजको आवश्यकता हो ।

राजनीति र नीति निर्माण तहमा युवाहरूको संलग्नता वृद्धि गर्नु सजिलो काम होइन । यसका लागि सरकार, राजनीतिक दल र नागरिक समाजले सहयोग गर्न आवश्यक छ ।युवाहरूलाई प्रभावकारी रूपमा राजनीतिमा संलग्न गराउन सकियो भने देशको विकास, समृद्धि, लोकतन्त्र र सामाजिक न्यायमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।

नेपाली राजनीति लामो समयदेखि एक किसिमले अस्थिर रहँदै आएको छ । एकातिर लगातार सरकार परिवर्तन भइरहन्छ, अर्कातिर दलहरूबिचमा विभिन्न किचलो उब्जिरहन्छ । भ्रष्टाचार झनै जरजर छ । यसले आम युवाहरूमा राजनीतिक प्रणालीप्रति निराशा बढेको छ ।

धेरैजसो युवाहरू राजनीतिक स्थायित्व हुने वा देशमा समृद्धि आउनेमा विश्वस्त छैनन् । त्यसैले युवामा आशा जगाउन राज्यले र युवा स्वयंले पहलकदमी गर्नुपर्नेछ । हामी कहाँ राज्यले युवाका लागि गर्नुपर्ने जिम्मेवारी र युवाले राज्यका लागि गर्नुपर्ने जिम्मेवारी धेरै छन् ।

युवाले विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्ने हो भने देश छिटै समृद्धिको यात्रामा अगाडि बढ्न सक्छ । यसका लागि राज्यले युवालाई विज्ञान र प्रविधिका क्षेत्रमा प्राथमिकता दिनुपर्छ । हामीलाई कृषि लगायत विभिन्न क्षेत्रमा प्रगति गर्न विज्ञान र प्रविधि आवश्यक छ ।

विज्ञान र प्रविधिलाई हाम्रो कृषि लगायत उत्पादनसँग जोड्न सके अनि कृषि क्रान्ति देखिनेछ । राज्यले समृद्धिको नारा जप्दै विदेशिएका युवाले पठाएको रेमिट्यान्स गनेर कहिलेसम्म रजगज गर्ने । देशलाई सुशी र समृद्ध बनाउने दीर्घकालीन रोडम्याप खोई ? यसकै लागि राजनीतिक दलमा आवद्ध युवाहरुले नेता र नेतृत्वलाई झकझकाउनु पर्नेछ ।

देशमा केही नै भएन भनेर झोला बोकेर विदेशिने अनि नेता र नेतृत्वलाई गाली गरेर मात्रै देशको विकास संभव छ त ? यसैले अबको बहस सरकार टिकाउने र भत्काउन , बहुमत र अल्पमत ,काँखी च्याप्ने र प्रतिशोध साँध्ने भन्दा पनि विकास र समृद्धि हासिल कसरी गर्ने भन्ने योजनामा केन्द्रित होस् ।

राजनीति मेरो व्यवसाय नभइ सेवा हो भन्ने भावना सबै नेता र नेतृत्वमा कायरहोस् । यसका लागि पनि फेरि तिनै युवाको भूमिका निर्णायक छ । नेता र नेतृत्वले कालोलाई सेतो र सेतोलाई कालो भनिरहदा तिनकै जयजयकार होइन । वास्तविकतामा ल्याउने प्रयास गरौं । सत्ता र स्वार्थबाट बाहिर रहेर देश र जनताका लागि खबरदारी गरौं ।

भर्खरको समाचार

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501

सम्बन्धित खबरहरु

Scroll to Top