×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

साउदी युवराज भन्छन्, इजरेली अत्याचारले सीमा नाघ्यो

२७ कार्तिक २०८१

२७ कार्तिक , एजेन्सी ।

इजरायलविरुद्ध अरब र इस्लामिक देशहरु एकजुट भएका छन् । उनीहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’ गरेको भन्दै निन्दा गरेका छन् । साउदी अरबको रियादमा सोमबार भएको अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिएका हुन् ।

Advertisement
Advertisement

उनीहरुले मध्यपूर्वमा शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायलाई पहल गर्न आह्वान समेत गरेका छन् । सम्मेलनमा युएईसहित इराक, सिरिया, इजिप्ट, जोर्डन, कतार र पाकिस्तान लगायत देशका सरकार र राष्ट्रप्रमुखहरुको सहभागिता थियो ।

सम्मेलनलाई सुरुमा सम्बोधन गर्दै साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इजरायलको अत्याचारको सीमा नाघेको भन्दै निन्दा गरे र तुरुन्त युद्धविराम गर्न आग्रह गरे ।

साथै उनले इरानमाथिको इरानको सम्प्रभुताको सम्मान गर्न पनि अपिल गरे । उनले संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई पूर्णरुपमा स्वतन्त्र राज्यको मान्यता दिनुपर्ने भनाइ दोहो¥याएका थिए ।

गत सेप्टेम्बरमा पनि उनले प्यालेस्टाइनलाई स्वतन्त्र राज्य नबनेसम्म साउदी अरबले इजरायललाई पनि मान्यता नदिने बताएका थिए । इजरायलका नवनियुक्त विदेशमन्त्री गिदोन सारले प्यालेस्टाइनी राज्य स्थापना गर्नु ‘यथार्थपरक’ नभएको भन्दै त्यसलाई ‘हमास राज्य’ को संज्ञा दिएको केही घण्टापछि साउदी राजकुमारको भनाई प्यालेष्टिनी पक्षमा आएको हो ।

सारले जेरूशेलममा एक कार्यक्रममा एक प्रश्नको जवाफमा भने, “यो स्थिति अब यथार्थवादी छ भन्ने मलाई लाग्दैन । हामी यथार्थवादी हुनुपर्छ।” साउदी विदेश मन्त्रालयले अक्टोबरको अन्त्यमा रियादमा भएको एक बैठकमा प्यालेस्टिनी राज्यको स्थापनाको लागि दबाब दिन एक नयाँ ‘अन्तर्राष्ट्रिय गठबन्धन’ को बैठकको क्रममा शिखर सम्मेलनको योजनाको घोषणा गरेको थियो ।

कायरोस्थित अरब लिग र जेद्दाहस्थित इस्लामिक सहयोग संगठनको रियादमा भएको जस्तै भेलामा गाजामा इजरायली सेनाको गतिविधिलाई ‘बर्बर’ भन्दै नेताहरूले निन्दा गरेका थिए । यस्तै सम्मेलनमा प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासले गाजा क्षेत्रमा प्यालेस्टाइनको अभिन्न अंग भएको बताए ।

उनले संयुक्त राष्ट्रसंघले त्यसलाई एक राष्ट्रको रुपमा मान्यता दिन र पूर्ण सदस्यताको मन्जुरी दिन आह्वान पनि गरे । इजिप्टका राष्ट्रपति अब्दुल फतह अल सिसीले पनि प्यालेस्टिनी क्षेत्र र लेबनानमा इजरायलले गरेको आक्रमणको निन्दा गरे ।

उनले लेबनानलाई ‘भाइ’ भनेर सम्बोधन गर्दै त्यहाँका नागरिकलाई आवश्यक सबै सहयोग गर्ने बताए । शिखर सम्मेलनपछि पत्रकार सम्मेलनमा अरब लिगका महासचिव अहमद अबुल घितले संयुक्त राष्ट्रसंघले इजरायलको सदस्यता निलम्बन गर्नुपर्ने बताएका थिए ।

गत आइतबार मात्रै हमासले अरब र इस्लामिक देशहरुको गठबन्धन बनाउन अपिल गरेको थियो ताकि प्यालेस्टिनी नागरिकको सबै अधिकारको रक्षा गर्न सकियोस् । साथै हमासले अरब देशहरुले इजरायलका राजदूतहरुलाई देश निकाला गर्नुपर्ने धारणा समेत राखेको थियो ।

यता अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि सम्मेलनको शुभकामनाका लागि सन्देश पठाउन सक्ने अनुमानहरू गरिएको थियो । यद्यपि, यसबारे ट्रम्प निकटस्थ स्रोतबाट कुनै भनाई सार्वजनिक भएको छैन ।

Advertisement

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top