×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निर्मला प्रकरणमा नवराजले प्रत्यक्षदर्शी भन्दै अफवाह फैलाए

२९ कार्तिक २०८१

२९ कार्तिक , काठमाण्डौ।

आफूलाई निर्मला पन्त हत्या प्रकरणको प्रत्यक्षदर्शी बताउने नवराज अर्याललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छाडेको छ । उनले दिएको टेलिभिजन अन्तर्वार्ताबारे सोधपुछ गरेर परिवारलाई जिम्मा लगाइएको ब्युरोका एसपी होविन्द्र बोगटीले बताएका छन् ।

Advertisement
Advertisement

अर्याललाई उनकी छोरीले जिम्मा लिएकी हुन् । करारको जागिरबाट २०७७ मा लाइसेन्सको कारण बर्खास्त गरेपछि उनि विचलित भएको अनुसन्धान अधिकृतहरूले बताएका छन् । लाइसेन्सका कारण आफूले दुख पाएको उनले अन्तरवार्तामा समेत उल्लेख गरेका छन् ।

अर्याल तत्कालीन खानेपानी मन्त्री बिना मगरको चालक थिए । सो क्रममा अर्यालले कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको आफूले प्रत्यक्ष देखेको पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्तामा दाबी गरेका छन् ।

तर, उनको दाबी पुष्टि नभएको केन्द्रीय अनुसन्धान ब्युरोले बताएको छ । उनले घटनामा सम्लग्नभएकाहरुको नाम समेत आफूले बताउने भन्दै बताउने विभिन्न प्रयास गरेपछि भेट्न नदिइएको बताएका छन् ।

तर प्रहरीले उनले भनेका नामहरु घटनासँग सम्बन्धित नरहेको बताएको छ । अर्यालको भनाई कतैबाट पनि पुष्टि नहुने भन्दै प्रहरीले मिडिया देखेर त्यस्तो कुरा बोलेको बयानका क्रममा बताएका छन् ।

यो प्रकरणमा अन्तर्वार्ता लिने पत्रकार ऋषि धमलासँग पनि प्रहरीले सोधपुछ गरेको थियो । त्यसक्रममा अन्तर्वार्ता हटाउने सहमति भएको प्रहरीले बताएको छ । आफूले निर्मलाको बलात्कार हुँदै गरेको देखेको बयान दिएपछि प्रहरीले अर्याललाई बोलाएको थियो ।

प्रहरीले उनकी श्रीमतीलाई समेत बोलाएर अर्यालको पृष्ठभूमिबारे सोधपुछ गरेको थियो । त्यसक्रममा जागिरबाट निकालिएपछि उनी विक्षिप्त भएको खुलेको प्रहरीको भनाइ छ । अन्तर्वार्ता बाहिरिएपछि संवेदनशील कुराहरू प्रसारण हुँदा आममानिसमा गलत सन्देश जाने भन्दै कसैले दाबी गरेकै आधारमा प्रकाशन, प्रसारण नगर्न पनि सीआईबीले अनुरोध गरेको छ।

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top