×

NEPAL TIMES UPDATES

Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026
Playing
आइतबार पनि बिदाः सेयर बजारमा नयाँ अन्योल,कति दिन कारोबार? || Nepal Times
Apr 05, 2026
Playing
फेसबुक स्टाटसकै आधारमा पक्रा उ परेका हुन् ’बले’ ? लाग्यो हत्कडी || Nepal Times
Apr 05, 2026
Playing
World News: युद्धको नयाँ युगमा महँगा हतियारमाथि सस्ता ड्रोनको दबदबा || Nepal Times
Apr 05, 2026

बक्सिङका किङ फेरि रिङमा फर्किए

२ मंसिर २०८१

२ मंसिर, एजेन्सी ।
सर्वाधिक विवादास्पद मानिएको मुक्काबाजी खेलमा जेक पलले ५८ वर्षीय माइक टाइसनलाई अंकका आधारमा पराजित गरे। पूर्व हेभीवेट च्याम्पियन टाइसन १९ वर्षपछि पहिलो पेशेवर खेलमा फर्किएका थिए ।

उनले २७ वर्षीय युट्युबर पलसँग नेटफ्लिक्समा प्रत्यक्ष प्रसारित खेलमा प्रतिस्पर्धा गरे। तर उनी सुरुदेखि नै आफ्नो पुरानो लयमा फर्कन सकेनन् । एनएफएलको डलास काउबोइजको गृह मैदान एटीएण्डटी रंगशालामा ७० हजार दर्शकको उपस्थितिमा भएको खेलमा पलले रिङको बाहिरी भागबाट खेल्दै खासै प्रयास नगरी सहज जित हात पारे ।

Advertisement

टाइसनले खेलअघि नै आफू चोटग्रस्त रहेको स्वीकारे पनि त्यसलाई कमजोर प्रदर्शनको कारण नबनाएको बताए। पलले भने आफू डरका कारण मुक्का प्रहार गर्न हिचकिचाएको संकेत गर्दै भने, ‘म उहाँलाई केही चोट पुर्याउन खोज्दै थिएँ। तर म डराएको थिएँ, किनभने उहाँ पनि मलाई चोट पुर्याउन खोज्दै हुनुहुन्थ्यो ।’

जेक पल युट्युबबाट मुक्काबाजीमा प्रवेश गरेका हुन्। २७ वर्षका उनी उमेर ढल्किँदै गरेका माइक टाइसनसँग प्रतिष्पर्धामा उत्रिएका थिए। टाइसनले रिङमा ८ राउन्ड पूरा गरे तर जेक पलले सर्वसम्मत निर्णयबाट जिते।

दर्शकहरूले टाइसनबाट विशेष प्रदर्शनको अपेक्षा गरेका थिए, तर उनी असफल भए। तेस्रो राउन्डदेखि नै पलले खेलमा वर्चस्व कायम गर्दै पूर्ण नियन्त्रणमा लिएका थिए। उनले सर्वकालिक महान् खेलाडी टाइसनलाई आफ्नो लयमा फर्कनै दिएनन्।

खेलपछि पलले टाइसनको प्रशंसा गर्दै उनलाई सर्वकालीन महान् बक्सर भएको बताए। तर टाइसनले भने यो आफ्नो अन्तिम खेल नभएको बताए । यस वर्षको सबैभन्दा बहुप्रतीक्षित प्रतिस्पर्धा थियो यो। टेक्सासको आर्लिङ्टनस्थित एटीएण्डटी रंगशालामा टाइसन र पलबीचको भिडन्त शताब्दीकै सबैभन्दा बढी हेरिने मुक्काबाजी खेलमध्ये एक पनि भयो ।

मूलतः गृष्म ऋतुमा हुने योजना रहेको यो खेल टाइसनको स्वास्थ्य समस्याका कारण स्थगित भएको थियो। तर उनी पेशेवर रूपमा शनिवार पुनः रिङमा फर्किए। २००५ मा पेशेवर खेलबाट सन्न्यास लिएपछि टाइसनले केही प्रदर्शनी खेलहरू खेलेका थिए।

तर पेशेवर खेलमा सहभागी भएका थिएनन्। यो खेलबाट उनी पुन पेशेवर मुक्केबाजीमा फर्किए । कशोर अवस्थामा उनले बक्सिङ सुरु गरेका थिए। शनिवारको खेल उनको करिअरको लगभग ४० वर्षपछिको ५९औँ खेल हो।

अर्कोतर्फ अभिनेताबाट यूट्युबर हुँदै मुक्काबाजी क्षेत्रमा प्रवेश गरेका जेक पलले आफ्नो पेशेवर करिअरमा राम्रो सुरुवात गरे। युट्युबरहुँदै मुक्काबाजीमा आएका पल ती मध्येका एक हुन् जसले पेशेवर बनेर यस खेलबाट करिअर बनाउने प्रयास गरेका छन्।

उनको छोटो करिअरमा १०–१ को बलियो रेकर्ड छ। टाइसनसँग खेल्न हेभीवेट श्रेणीमा जान लागेका पल आफ्नो युवा उमेर, ऊर्जा र एकै मुक्काले खेल जित्न सक्ने क्षमताका कारण केही हदसम्म डरलाग्दा मानिन्छन्।

’आइरन माइक’को मुक्काबाजी क्षेत्रमा अविवादित हेभीवेट च्याम्पियनसहित ५० जितको प्रभावशाली रेकर्ड छ। तर उमेर र लामो समयको अनुपस्थिति उनका लागि ठुलो चुनौती हो। टाइसनको ५८ वर्षको उमेरका तुलनामा २७ वर्षीय पल धेरै ताजा, छरितो र ऊर्जावान् छन् साथै हालैका वर्षहरूमा ठुला खेलहरूको अनुभव पनि छ।

विवादैविवादको इतिहास बोकेका माइकल बलात्कार आरोपमा जेल पनि परिसकेका छन् । उनले १९९७ मा हेवीवेट रि–म्याचको तेस्रो राउन्डमा इभान्डर होलीफिल्डको कान टोकिदिएका थिए। यसै कारण उनलाई एक वर्षको लागि बक्सिङ करियरबाट निलम्बन गरिएको थियो ।

बक्सिङ करियरबाट बाहिरिएपछि उनले आफ्नो जीवन दोस्रो तरिकाबाट सुरु गरे । उनी त्यसपछि अभिनयमा सक्रिय भएका थिए । टाइसन आफ्नो यात्रा सफल बनाउँन आफूलाई कमजोर नठान्न अनि कुनै पनि असाधारण परिस्थितिको सामना गर्न सुझाव दिने गर्दछन् ।

विश्वमा उनका भनाइहरु पनि त्यतिनै चर्चित छन् । उनी भन्छन, म पागल छु, तर म त्यस्तो पागल होइन। त्यस्तै मलाई कहिलेकाहीँ यस्तो लाग्छ कि म यो समाजको लागि होइन । टाइसनको जन्म ३० जुन १९६६ मा अमेरिकाको न्यूर्योकमा भएको थियो ।

Advertisement

उनले द ह्याङ्गओभर लगायतका दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् । उनका तीन श्रीमतीबाट ७ जना सन्तान छन् ।

भर्खरको समाचार

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सम्बन्धित खबरहरु

Scroll to Top