×

NEPAL TIMES UPDATES

Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026
Playing
नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो?|| Nepal Times
Apr 29, 2026
Playing
राजदूत बन्न अब खुल्ला प्रतिस्पर्धा , भागबन्डाको सिन्डिकेट तोडिने || Nepal Times
Apr 29, 2026
Playing
Top 15 Afternoon News || April-29-2026 || Nepal Times
Apr 29, 2026
Playing
संसद्मा दुईतिहाइ हुँदा शासन किन अध्यादेशबाट ? || Nepal Times
Apr 29, 2026
Playing
कर्मचारीका दुई सन्तानलाई सरकारले स्नातकसम्म पढाइदिने || Nepal Times
Apr 29, 2026
Playing
मेटाले चीनको मानुस किन्न खोज्दा बेजिंगले किन रोक्यो ?|| Nepal Times
Apr 29, 2026
Playing
युएईले ६० वर्षपछि छाड्यो ओपेक र ओपेक+,के अब तेलको मूल्य घट्नेछ ?|| Nepal Times
Apr 29, 2026
Playing
कोशीमा पनि सुकुम्बासी व्यवस्थापन गरिने, भत्काउनु अघि पहिचान गर्ने|| Nepal Times
Apr 29, 2026

भीआईपीहरुको हिरासतमा बास, कसको बसाई कस्तो छ ?

२ मंसिर २०८१

२ मंसिर, काठमाण्डौ ।
सरकारदेखि कानून, नीति एवं कार्यक्रम निर्माण गर्ने र बदल्ने तथा सरकारलाई सुझाव एवं निर्देशन दिनेसम्मको गहन जिम्मेवारी बोक्नेहरु नै संसद् हुन् । त्यसैले त संघदेखि प्रदेश सभाका सदस्यलाई ‘माननीय’ शब्दले आदर गरिन्छ। ‘मान वा आदर गर्न योग्यलाई ‘माननीय’ भनिएको हो।

‘माननीय’ भन्ने शब्दले आदरयोग्य पात्रलाई जनाउँछ । तर कात्तिक महिनामा मात्रै संघ र प्रदेशका गरी तीनजना माननीय प्रहरी हिरासतमा पुगेका छन्। फरक फरक मुद्दामा उनीहरू हिरासतमा पुगेका हुन् ।

Advertisement
Advertisement

सहकारीको रकम हिनामिना र अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । उनलाई सुरुमा ६ दिन त्यसपछि ७ दिन , १० दिन र अन्तिम पटक कात्तिक २५ गते १३ दिनको म्याद अदालतले लिएपछि उनी कास्की हिरासतमा छन् ।

यसबीचमा सहकारीको वचन अपचनलकै आरोपमा उनलाई ३ दिन बयानका लागि रुपन्देही समेत लगिएकोछ । सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई काठमाडौं पनि ल्याउने गृहकार्य थालिएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार विमानमार्फत रुपन्देहीको भैरहवा पु¥याइएको थियो । बुटवलमा बयान सकिएसँगै उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ।

सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई भने काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ। प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि अनुसन्धान थालेको हो।

लामिछाने गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक थिए। पाँच सहकारी ठगीका मुख्य आरोपित जिबी राई भने फरार छन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् ।

विगत एक महिनादेखि हिरासत कक्षमा रहेका रविको बास सुरक्षाकर्मी बस्ने कोठामा छ । बिहान साढे ६ बजेतिर उठेर उनी व्यायाम गर्छन्, शुभचिन्तकसँग भेटघाट गर्छन् । बाँकी समय पुस्तक पढेर बिताउँछन् । शुभचिन्तक र सहकर्मीहरुले दिएका पुस्तकहरु पढेर रविको दिन बित्ने गरेको छ ।

उनको पार्टीका पदाधिकारीहरुले पनि पुस्तक लगिदिने गरेका छन् । केही साता अघि रास्वपाका उपसभापति रवि स्वर्णिम वाग्लेले नै उनलाई पुस्तक दिएको बताएका थिए । प्रहरीले उनलाई घेरा हालेर अदालत लाने र लैजाने गरेको छ ।

त्यसैगरी कोशी र गण्डकी प्रदेशका दुई सांसद पनि हाल प्रहरी हिरासतमा छन् । नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा सुरुमा तीन दिनको म्यादम प्रहरी हिरासतमा रहेकम उनी पछिल्लो पटक थपिएको ७ दिनको म्याद अनुरुप काठमाडौँको प्रहरी हिरासतमा छन् ।

अधिकारीलाई प्रहरीले विशिष्ट व्यक्तिका लागि छुट्याइएको थुनुवा कक्षमा राखेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले भद्रकालीमा निर्माण गरेको आधुनिक भवनमा विशिष्ट व्यक्तिका लागि छुट्टै हिरासतकक्ष छुट्याएको छ ।

काठमाडौं प्रहरीको आधुनिक भवन एक अर्ब बढी लागतमा बनाइएको हो । त्यस भवनमा सामाजिक अपराध, लागुऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न हिरासत संरचना बनाइएको छ ।

काठमाडौं प्रहरी नयाँ भवनमा सरेपछि भीआईपी कक्षमा राखिएका राजनीतिक थुनुवा अधिकारी पहिलो हुन् । अधिकारी भीआईपी कक्षमा एक्लै हुने भएपछि प्रहरीले बैंकिङ कसुरका केही अभियुक्तलाई पनि उनीसँगै हिरासतमा पठाएको छ ।

उनीहरुसँगै गफ गरेर अधिकारी दिन कटाउँछन् । उनी सादा खाना र दूध मात्रै खाने गरेका छन् । उनी मासु दिँदा पचाउन नसक्ने बताउछन् । आफूसहित नक्कली कागजातका आधारमा असम्बन्धित मानिसलाई जापान लगेको खुलेपछि अधिकारीलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो ।

अधिकारलाई गएको आइतबार विराटनगरबाट पक्राउ गरि काठमाडौँ लगिएको हो । फर्जी कागज बनाएर केही मानिसहरुलाई जापान पु¥याएको आरोप उनीमाथि छ । यही मुद्दामा पक्राउ परेका अरु ६ जनालाई भने छुट्टै राखिएको छ ।

अधिकारीपछि गण्डकी प्रदेशका प्रदेश सभा सदस्य दीपक मनाङे त जेल चलान नै भएका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर जेल चलान गरेको हो । २१ वर्षअघि गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे सर्वोच्चको फैसला अनुसार मंगलबार जेल चलान भएका हुन् ।

सर्वोच्च अदालतले उच्च अदालतले गरेको यसअघिको फैसलालाई नै सदर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय हुने ठहर गरेको थियो । सोही फैसला कार्यान्वयन गर्न उनलाई मंगलबार प्रहरीले राजधानीको सानोभ¥याङ क्षेत्रबाट पक्राउ गरेको थियो ।

अधिकारी मानव मानव बेचविखन र लिखत किर्ते, लामिछाने संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि प्रहरी कष्टडी पुगेका हुन् । त्यस्तै दीपक मनाङे ज्यान मार्ने उद्योग मुद्दामा अदालतबाट दोषी ठहर भएपछि कारागार चलान भएका हुन् ।

राजनीतिक दबाब र प्रभावमा पक्राउबाट जोगिँदै आएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङको हातमा फेरि हतकडी लागेको छ। मनाङेलाई मंगलबार बिहान स्वयम्भूनजिकै सानो भर्याङबाट पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मनाङेलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । ६ वर्षअघि पक्राउ पर्दा पनि मनाङे स्वयम्भूमै थिए । यसअघि उनी २०७५ वैशाख ६ गते पक्राउ परेका थिए ।

त्यतिबेला उनी पनि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य थिए । ज्यान मार्ने उद्योगमा मनाङे यसअघि दुईपटक गरेर ३२ महिना जेल बसिसकेका कारण अब बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्ने छ ।

पटक–पटक मन्त्री र प्रदेश सरकार गठनमा मन्त्रालयको बार्गेनिङ गर्दै आएका मनाङेको अबको केही महिना जेलभित्र बास हुनेछ । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । मनाङे दोस्रोपटक डिल्लीबजार कारागार पुगेका छन् ।

‘क’ ब्लकमा कैदीबन्दी धेरै भएकाले उनलाई ‘ख’मा पठाउने निर्णय भयो । यसअघि पनि उनी ‘ख’ ब्लकमै बसेका थिए भने सो ब्लक बनाउन उनले पनि सहयोग गरेको बताइन्छ । उनी आउँदा त्यहाँका अन्य कैदीले उनलाई ‘राजासाप’भन्दै सम्बोधन गरेका थिए ।

मनाङेले पनि हर्षित मुद्रामै ‘ल साथीभाइहरू म पनि आएँ है’ भनेको बताइन्छ । मनाङे बस्ने हलमा टिभी, पत्रपत्रिका र पुस्तक राखिएको कारागारका कर्मचारी बताउँछन् । उनी सामान्य कैदीसरह नै देखिन्छन् । उनी बसेकै ब्लकमा अरु भीआईपीसमेत छन् ।

Advertisement

सहकारी ठगीमा इच्छाराज तामाङ, सुरक्षण मुद्रणमा जेल परेका विकल पौडेल लगायत त्यही छन् तर बस्ने ब्लक भने फरक–फरक रहेको कर्मचारीहरुले बताएका छन् ।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top