अर्जेन्टिना विश्वकपमा स्थान पक्का गर्ने दाउमा

३ मंसिर ८१, मंगलबार

४ कार्तिक , एजेन्सी ।

फुटबल आइकन लिओनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार ब्यूनस आयर्समा पेरुलाई पराजित गर्दै सन् २०२६ को विश्वकपमा स्थान पक्का गर्ने दाउमा रहेको छ । यो जितले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको १२ खेलबाट २५ अंक हुनेछ, जुन १० टिमको तालिकामा कम्तिमा छैटौं स्थानका लागि पर्याप्त हुनेछ ।

दक्षिण अमेरिकाबाट विश्वकपमा ६ राष्ट्रले स्थान बनाउने छन् । तर, गत बिहीबार पाराग्वेसँग २–१ गोलअन्तरले पराजित भएको टोलीबाट अर्जेन्टिनाका पाँच जना खेलाडी बाहिर रहने भएका छन्। उनीहरू घाइते अवस्थामा छन् ।

Advertisement

डिफेन्डर लिसान्द्रो मार्टिनेज र जर्मेन पेजेलालाई आराम दिँदै अर्जेन्टिनाले पाराग्वेको यात्रा गरेको थियो। खेलमा क्रिस्टियन रोमेरो, नाहुएल मोलिना र निकोलस ताग्लियाफि घाइते भएका थिए। यी तीनै जनाले पाराग्वेविरुद्ध सुरुआत गरेका थिए।

अर्जेन्टिनाले पाराग्वेविरुद्धको खेलमा खराब प्रदर्शन गर्दै तेस्रो हार बेहो¥यो। अनुभवी मेसीले शान्त प्रदर्शन गरे, स्ट्राइकर लाउटारो मार्टिनेज र जुलियन अल्भारेजले राम्रो प्रदर्शन गर्न सकेनन्। टोलीको सानदार लय नै समाप्त भएको हो कि भनेर समर्थक आश्चर्यचकित भए।

प्रशिक्षक लुइस स्कालोनीले भने, ‘प्रतिद्वन्द्वी प्रशिक्षकहरूले अर्जेन्टिनालाई रोक्न एन्टिडोट फेला पारेका छन् वा छैनन् मलाई थाहा छैन। तर, हामी सकारात्मक लयमा फर्कने आशा गर्दछौं।’ स्कालोपनीले मोलिनाको स्थानमा गोन्जालो मोन्टिएललाई मैदानमा उतार्ने अपेक्षा गरिएको छ।

रोमेरोमा लियोनार्डो बालेर्डीलाई प्रतिस्थापित गर्ने सम्भावना छ। यसैबीच साल्भाडोरमा ब्राजिल र उरुग्वे भिड्नेछन् र दुवै प्रशिक्षकले वर्षको अन्त्य सुरुभन्दा राम्रो तरिकाले गर्ने अपेक्षा गरेका छन्। जनवरीदेखि ब्राजिलको नेतृत्व सम्हालिरहेका डोरिभल जुनियरले आफू नै सही रोजाइमा रहेको समर्थकलाई विश्वास दिलाउन संघर्ष गरिरहेका छन् ।

उरुग्वेका महान खेलाडी लुइस सुआरेजको आलोचनामा परेका मार्सेलो बिल्साले कोलम्बियाविरुद्धको ३–२ को जितसँगै आफूलाई प्रमाणित गर्न टोलीको अंक तालिकामा कम्तीमा एक अंक थप्ने प्रयास गर्नेछन् । उरुग्वे र कोलम्बिया अर्जेन्टिनाभन्दा तीन अंकले पछि छन् ।

ब्राजिल चौथो स्थानमा छ । पाँचौं स्थानमा इक्वेडर एक अंकले पछि छ । यता डिफेन्डर लिसान्द्रो मार्टिनेज र जर्मेन पेजेलालाई आराम दिँदै अर्जेन्टिनाले पाराग्वेको यात्रा गरेको थियो । खेलमा क्रिस्टियन रोमेरो, नाहुएल मोलिना र निकोलस ताग्लियाफि घाइते भएका थिए ।

यी तीनै जनाले पाराग्वेविरुद्ध सुरुआत गरेका थिए । अर्जेन्टिनाले पाराग्वेविरुद्धको खेलमा खराब प्रदर्शन गर्दै तेस्रो हार बेहो¥यो। अनुभवी मेसीले शान्त प्रदर्शन गरे, स्ट्राइकर लाउटारो मार्टिनेज र जुलियन अल्भारेजले राम्रो प्रदर्शन गर्न सकेनन् । टोलीको सानदार लय नै समाप्त भएको हो कि भनेर समर्थक आश्चर्यचकित भए ।

प्रशिक्षक लुइस स्कालोनीले भने, ‘प्रतिद्वन्द्वी प्रशिक्षकहरूले अर्जेन्टिनालाई रोक्न एन्टिडोट फेला पारेका छन् वा छैनन् मलाई थाहा छैन । तर, हामी सकारात्मक लयमा फर्कने आशा गर्दछौं।’ स्कालोपनीले मोलिनाको स्थानमा गोन्जालो मोन्टिएललाई मैदानमा उतार्ने अपेक्षा गरिएको छ । रोमेरोमा लियोनार्डो बालेर्डीलाई प्रतिस्थापित गर्ने सम्भावना छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top