NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites मङ्लबार पुस ८ , २०८२
AllWins Casino Game Reviews: Your Guide to Winning Big मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र मङ्लबार पुस ८ , २०८२
Calculateur de Bonus Talismania Casino : Maximisez Vos Gains ! मङ्लबार पुस ८ , २०८२
Next
Prev

समाचार

नेपाल प्रिमियर लिगः नेपाली क्रिकेटको उज्यालो भविष्य

बिहिबार मंसिर ६ , २०८१
Reading Time: 1 min read
A A
एनपिएलमा कुन खेल कहिले ? कोसँग यस्तो छ खेल तालिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ मंसिर, काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि हुँदैछ । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् । अक्सनमार्फत १० खेलाडी खरिद गरेका प्रत्येयक टोलीले विदेशी प्रशिक्षक र खेलाडीहरू भित्राइरहेका छन् ।

एनपीएल नेपाली क्रिकेटको लागि एउटा कोसेढुंगा सावित भएको छ। यस प्रतियोगिताले न केवल नेपाली क्रिकेटको विकासमा टेवा पु¥याएको छ, यसले नयाँ प्रतिभा उजागर गर्न र अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको छवि स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।

हालसम्म सबै टोलीले मुख्य प्रशिक्षक नियुक्त गरिसकेका छन् । एनपीएलका लागि ३ टोलीले नेपालका प्रशिक्षक रोज्दा ५ टोलीले विदेशी प्रशिक्षकलाई मुख्य प्रशिक्षकको रूपमा भित्राएका छन्। एनपिएलमा विदेशी खेलाडीहरुको पनि ठूलै जमघट हुने भएको छ ।जहाँ १६ देशका खेलाडीले एनपिएल खेल्नेछन् ।

आठ टोलीले अहिलेसम्म विभिन्न १६ देशका ३७ जना विदेशी खेलाडी भित्रयाएका छन्। एनपिएल खेल्नेमा इंग्ल्यान्डबाट सर्वाधिक ८ खेलाडी छन् भने अमेरिकाबाट ४ खेलाडीले एनपिएल खेल्नेछन्।यस्तै वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान र स्कटल्यान्डबाट ३–३, अफगानिस्तान, नेदरल्यान्ड्स र नामिबियाबाट २–२ खेलाडीले एनपिएल खेल्नेछन् ।

यस्तै अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, क्यानडा, युएई , हङकङ र छिमेकी भारतसहित ७ देशबाट १–१ खेलाडीले एनपिएल खेल्नेछन्। भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल विश्व क्रिकेटकै शीर्ष तहका खेलाडी हुन् ।

आठ टिममा रहेका विदेश खेलाडीहरुमा:

विराटनगर किंग्स – मार्टिन गप्टिल (न्युजिल्यान्ड), क्रिस सोल (स्कटल्यान्ड), अकिब इल्यास (ओमान), निकोलास किर्टन (क्यानडा), इस्मल आलम (अफगानिस्तान)

जनकपुर बोल्ट्स – जिमी निशम (न्युजिल्यान्ड), लाहिरू मिलन्था (अमेरिका), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान)

चितवन राइनोज – मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड)

काठमाडौं गुर्खाज –स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), नाथन सोउटर (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया)

पोखरा एभेन्जर्स – बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), आन्द्रेस गौस (अमेरिका), माइकल लिस्क (स्कटल्यान्ड)

लुम्बिनी लायन्स –टम मूर्स (इंग्ल्यान्ड), बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), रेमन सिमन्ड्स (वेस्ट इन्डिज)

कर्णाली याक्स – शिखर धवन (भारत), चाडविक वाल्टन (वेस्ट इन्डिज), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ)

सुदूरपश्चिम रोयल्स –सेफ अलि जेब (इंग्ल्यान्ड), ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई)

यसबाहेक आठ टोलीमा मार्की ८, अक्सनबाट भित्रिएका ८० र स्थानीय खेलाडी ८ गरी एनपिएलमा नेपालबाट कम्तिमा पनि ९६ खेलाडीको सहभागिता हुनेछ। लिगमा नेपालका आठ जना मार्की खेलाडीले २० लाख रूपैयाँ पाउँदैछन्। यस्तै ए क्याटागोरीका खेलाडीले अधिकतम १५ लाख रूपैयाँसम्म पाउनेछन्।

अक्सनबाट टिममा आबद्ध भएका ८० नेपाली खेलाडीले न्यूनतम २ लाखदेखि अधिकतम १५ लाखसम्म पाउनेछन्। प्रशिक्षकतर्फ भारतीय प्रशिक्षक राजीव कुमार पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको फिल्डिङ र ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह समेत गरिसकेका छन् ।

जनकपुर बोल्ट्सको प्रशिक्षकमा पुबुदु दसानायक छन् । उनले यसअघि नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै चितवन राइनोजमा भारतीय प्रशिक्षक उमेश पटवाल प्रशिक्षक छन् । उनीसँग पनि नेपाली राष्ट्रिय टीम सम्हालेको अनुभव छ ।

लुम्बिनी लायन्समा पनि भारतीय प्रशिक्षक नन्दन फडनिस छन् । उनी नेपाली राष्ट्रिय टोलीका सल्लाहकार प्रशिक्षक छन् । सुदूरपश्चिम रोयल्समा नेपालका सर्वाधिक सफल प्रशिक्षक जगत टमाटा छन् । यस्तै विराटनगर किंग्सले मुख्य प्रशिक्षकको रूपमा आयरल्यान्डका केभिन ओ’ब्रायनलाई रोजेको छ ।

नेपाली क्रिकेटका पहिलो पुस्ताका खेलाडी वसन्त शाहीलाई काठमाडौं गुर्खाजले प्रशिक्षक नियुक्त गरेको छ भने खेल जीवनबाट संन्यास लिएर नेपाल ‘ए’ को मुख्य प्रशिक्षक बनेका ज्ञानेन्द्र मल्ललाई कर्णाली याक्सले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

एनपिएलले नेपाली क्रिकेटलाई विश्वस्तरमा लैजान महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा छ । यसले ग्रामीण क्षेत्रका खेलाडीलाई अवसर दिएको छ र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्रेरित गरेको छ।

नयाँ खेलाडी जन्माउनका लागि एनपिएलजस्तो प्रतियोगिता अपरिहार्य छ, जसले भविष्यका उत्कृष्ट क्रिकेटरहरू उत्पादन गर्नेछ। अर्कोतर्फ, एनपिएलले नेपाललाई विश्व मञ्चमा चिनाउन थप सजिलो बनाएको छ। विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई अझ रोमाञ्चक बनाएको छ ।

विश्वस्तरका खेलाडीहरू नेपाल आएर एनपिएलमा सहभागी हुँदा नेपाली खेलाडीले उनीहरूबाट धेरै कुरा सिक्न पाएका छन्। यो अनुभवले नेपाली खेलाडीको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउन मद्दत गर्नेछ। एनपिएलको अर्को ठूलो उपलब्धि भनेको आर्थिक चलायमान हो।

खेलकुद पर्यटन, प्रायोजन, विज्ञापनले नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउने छ। यसले खेल क्षेत्रलाई मात्र नभई समग्र उद्योग र रोजगार सिर्जनालाई समेत बलियो बनाउनेछ । यसको प्रभावले नेपाली क्रिकेटको भविष्य उज्यालो बनाएको छ।

खेलकुदमा यस्तो लगानी र आयोजनाले न केवल देशभित्रको खेलकुद संस्कृति उकास्नेछ, यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ। नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको एउटा गौरव हो।

यसलाई अझ सशक्त बनाउन सबै सरोकारवालाहरुले आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्छ। एनपिएलले नेपाली क्रिकेटलाई एक नयाँ उचाइमा पु¥याउनेछ, जसले नेपाली क्रिकेटप्रेमीहरूको सपना पूरा गर्नेछ।

Tags: #नेपाल प्रिमियर लिग#नेपाल प्रिमियर लिग (एनपीएल)#नेपाली क्रिकेटको उज्यालो भविष्य#नेपाली क्रिकेटको भविष्य

लोकप्रीय

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२

विचार

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२

थप समाचार

Casino

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२
articles_allwins casino_2025-12-23

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग
खेलकुद

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र
ताजा समाचार

बालेन र रवि मिलेपछि आँधीबेहरी,दुर्गा प्रसार्र्इंले भने विदेशी षड्यन्त्र

मङ्लबार पुस ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Best Online Casinos in the UK 2025 40+ Expert-Rated Sites

मङ्लबार पुस ८ , २०८२

AllWins Casino Game Reviews: Your Guide to Winning Big

मङ्लबार पुस ८ , २०८२
टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

टि ट्वान्टी ग्लोबल छनोट नेपालमा, पहिलो भेट थाइल्याण्डसँग

मङ्लबार पुस ८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.