×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026
Playing
Iran–US ४५ दिन यु द्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा ह म ला || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री! कानुनी उपचारमा जाने || Nepal Times
Apr 06, 2026
Playing
कम्बोडिया पुगेका नेपाली स्क्याम जालमा, ७ जनाको उ*द्धार|| Nepal Times
Apr 06, 2026
Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026

नेपाल प्रिमियर लिगः नेपाली क्रिकेटको उज्यालो भविष्य

६ मंसिर २०८१

६ मंसिर, काठमाण्डौ ।

नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ गतेदेखि हुँदैछ । पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ फेन्चाइज टोलीले सहभागिता जनाएका छन् । अक्सनमार्फत १० खेलाडी खरिद गरेका प्रत्येयक टोलीले विदेशी प्रशिक्षक र खेलाडीहरू भित्राइरहेका छन् ।

Advertisement

एनपीएल नेपाली क्रिकेटको लागि एउटा कोसेढुंगा सावित भएको छ। यस प्रतियोगिताले न केवल नेपाली क्रिकेटको विकासमा टेवा पु¥याएको छ, यसले नयाँ प्रतिभा उजागर गर्न र अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको छवि स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।

हालसम्म सबै टोलीले मुख्य प्रशिक्षक नियुक्त गरिसकेका छन् । एनपीएलका लागि ३ टोलीले नेपालका प्रशिक्षक रोज्दा ५ टोलीले विदेशी प्रशिक्षकलाई मुख्य प्रशिक्षकको रूपमा भित्राएका छन्। एनपिएलमा विदेशी खेलाडीहरुको पनि ठूलै जमघट हुने भएको छ ।जहाँ १६ देशका खेलाडीले एनपिएल खेल्नेछन् ।

आठ टोलीले अहिलेसम्म विभिन्न १६ देशका ३७ जना विदेशी खेलाडी भित्रयाएका छन्। एनपिएल खेल्नेमा इंग्ल्यान्डबाट सर्वाधिक ८ खेलाडी छन् भने अमेरिकाबाट ४ खेलाडीले एनपिएल खेल्नेछन्।यस्तै वेस्ट इन्डिज, न्युजिल्यान्ड, पाकिस्तान र स्कटल्यान्डबाट ३–३, अफगानिस्तान, नेदरल्यान्ड्स र नामिबियाबाट २–२ खेलाडीले एनपिएल खेल्नेछन् ।

यस्तै अस्ट्रेलिया, दक्षिण अफ्रिका, ओमान, क्यानडा, युएई , हङकङ र छिमेकी भारतसहित ७ देशबाट १–१ खेलाडीले एनपिएल खेल्नेछन्। भारतका शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल विश्व क्रिकेटकै शीर्ष तहका खेलाडी हुन् ।

आठ टिममा रहेका विदेश खेलाडीहरुमा:

विराटनगर किंग्स – मार्टिन गप्टिल (न्युजिल्यान्ड), क्रिस सोल (स्कटल्यान्ड), अकिब इल्यास (ओमान), निकोलास किर्टन (क्यानडा), इस्मल आलम (अफगानिस्तान)

जनकपुर बोल्ट्स – जिमी निशम (न्युजिल्यान्ड), लाहिरू मिलन्था (अमेरिका), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान)

चितवन राइनोज – मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), रवी बोपारा (इंग्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इंग्ल्यान्ड)

काठमाडौं गुर्खाज –स्टेफन इस्किनाजी (इंग्ल्यान्ड), नाथन सोउटर (इंग्ल्यान्ड), ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स), जेहार्ड एरासमस (नामिबिया)

पोखरा एभेन्जर्स – बास डे लिडे (नेदरल्यान्ड्स), म्याट क्रिचली (इंग्ल्यान्ड), रेमन राइफर (वेस्ट इन्डिज), आन्द्रेस गौस (अमेरिका), माइकल लिस्क (स्कटल्यान्ड)

लुम्बिनी लायन्स –टम मूर्स (इंग्ल्यान्ड), बेन कटिङ (अस्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), रेमन सिमन्ड्स (वेस्ट इन्डिज)

कर्णाली याक्स – शिखर धवन (भारत), चाडविक वाल्टन (वेस्ट इन्डिज), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ)

सुदूरपश्चिम रोयल्स –सेफ अलि जेब (इंग्ल्यान्ड), ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), रोहन मुस्तफा (युएई)

यसबाहेक आठ टोलीमा मार्की ८, अक्सनबाट भित्रिएका ८० र स्थानीय खेलाडी ८ गरी एनपिएलमा नेपालबाट कम्तिमा पनि ९६ खेलाडीको सहभागिता हुनेछ। लिगमा नेपालका आठ जना मार्की खेलाडीले २० लाख रूपैयाँ पाउँदैछन्। यस्तै ए क्याटागोरीका खेलाडीले अधिकतम १५ लाख रूपैयाँसम्म पाउनेछन्।

अक्सनबाट टिममा आबद्ध भएका ८० नेपाली खेलाडीले न्यूनतम २ लाखदेखि अधिकतम १५ लाखसम्म पाउनेछन्। प्रशिक्षकतर्फ भारतीय प्रशिक्षक राजीव कुमार पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सको फिल्डिङ र ब्याटिङ प्रशिक्षकको भूमिका निर्वाह समेत गरिसकेका छन् ।

जनकपुर बोल्ट्सको प्रशिक्षकमा पुबुदु दसानायक छन् । उनले यसअघि नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै चितवन राइनोजमा भारतीय प्रशिक्षक उमेश पटवाल प्रशिक्षक छन् । उनीसँग पनि नेपाली राष्ट्रिय टीम सम्हालेको अनुभव छ ।

लुम्बिनी लायन्समा पनि भारतीय प्रशिक्षक नन्दन फडनिस छन् । उनी नेपाली राष्ट्रिय टोलीका सल्लाहकार प्रशिक्षक छन् । सुदूरपश्चिम रोयल्समा नेपालका सर्वाधिक सफल प्रशिक्षक जगत टमाटा छन् । यस्तै विराटनगर किंग्सले मुख्य प्रशिक्षकको रूपमा आयरल्यान्डका केभिन ओ’ब्रायनलाई रोजेको छ ।

नेपाली क्रिकेटका पहिलो पुस्ताका खेलाडी वसन्त शाहीलाई काठमाडौं गुर्खाजले प्रशिक्षक नियुक्त गरेको छ भने खेल जीवनबाट संन्यास लिएर नेपाल ‘ए’ को मुख्य प्रशिक्षक बनेका ज्ञानेन्द्र मल्ललाई कर्णाली याक्सले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

एनपिएलले नेपाली क्रिकेटलाई विश्वस्तरमा लैजान महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा छ । यसले ग्रामीण क्षेत्रका खेलाडीलाई अवसर दिएको छ र तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउन प्रेरित गरेको छ।

नयाँ खेलाडी जन्माउनका लागि एनपिएलजस्तो प्रतियोगिता अपरिहार्य छ, जसले भविष्यका उत्कृष्ट क्रिकेटरहरू उत्पादन गर्नेछ। अर्कोतर्फ, एनपिएलले नेपाललाई विश्व मञ्चमा चिनाउन थप सजिलो बनाएको छ। विदेशी खेलाडीहरूको सहभागिताले प्रतियोगितालाई अझ रोमाञ्चक बनाएको छ ।

विश्वस्तरका खेलाडीहरू नेपाल आएर एनपिएलमा सहभागी हुँदा नेपाली खेलाडीले उनीहरूबाट धेरै कुरा सिक्न पाएका छन्। यो अनुभवले नेपाली खेलाडीको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउन मद्दत गर्नेछ। एनपिएलको अर्को ठूलो उपलब्धि भनेको आर्थिक चलायमान हो।

खेलकुद पर्यटन, प्रायोजन, विज्ञापनले नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याउने छ। यसले खेल क्षेत्रलाई मात्र नभई समग्र उद्योग र रोजगार सिर्जनालाई समेत बलियो बनाउनेछ । यसको प्रभावले नेपाली क्रिकेटको भविष्य उज्यालो बनाएको छ।

खेलकुदमा यस्तो लगानी र आयोजनाले न केवल देशभित्रको खेलकुद संस्कृति उकास्नेछ, यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको साख बढाउन पनि महत्वपूर्ण भूमिका खेल्नेछ। नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको एउटा गौरव हो।

यसलाई अझ सशक्त बनाउन सबै सरोकारवालाहरुले आफ्नो भूमिकामा जिम्मेवार बन्नुपर्छ। एनपिएलले नेपाली क्रिकेटलाई एक नयाँ उचाइमा पु¥याउनेछ, जसले नेपाली क्रिकेटप्रेमीहरूको सपना पूरा गर्नेछ।

Advertisement

भर्खरको समाचार

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

सम्बन्धित खबरहरु

Scroll to Top