×

NEPAL TIMES UPDATES

Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026

नेतन्याहुविरुद्ध पक्राउ पुर्जी, १२४ देशमा गए पक्राउ पर्ने

७ मंसिर २०८१

७ मंसिर ,एजेन्सी ।

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु, पूर्व रक्षामन्त्री योआभ ग्यालेन्ट तथा हमासका सैन्य प्रमुख मोहम्मद डीफविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

Advertisement
Advertisement

आईसीसीको यो कदमले नेतन्याहूको गतिविधिलाई सैद्धान्तिक रूपमा सीमित गरेको छ किनभने अदालतका १२४ राष्ट्रिय सदस्यहरूमध्ये कुनै पनि मुलुकले नेतान्याहुलाई आफ्नो इलाकामा गिरफ्तार गर्न बाध्य हुनेछन्।

“अदालतले बेन्जामिन नेतन्याहु र योआभ ग्यालेन्ट नाम गरेका दुई व्यक्तिविरुद्ध कम्तीमा ८ अक्टोबर २०२३ देखि २० मे २०२४ सम्म भएका मानवताविरुद्धको अपराध र युद्ध अपराधका लागि पक्राउ पुर्जी जारी गरेको छ,”आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आईसीसीले हमासका सैन्य प्रमुख डिफविरूद्ध पनि पक्राउ पूर्जी जारी गरिएको छ। इजरायलले अगस्टको सुरुमा जुलाईमा दक्षिणी गाजामा भएको हवाई आक्रमणमा डिफको मृत्यु भएको बताएको थियो।

साक्षीहरूको सुरक्षा र अनुसन्धानको सञ्चालनको सुरक्षाका लागि पक्राउ पुर्जीलाई ‘गोप्य’ को रूपमा वर्गीकृत गरिएको अदालतले जनाएको छ। न्यायाधिकरणले भनेको छ, “यद्यपि चेम्बरले पक्राउ पुर्जीमा सम्बोधन गरिएको जस्तै आचरण जारी रहेको देखिएकाले तलको जानकारी सार्वजनिक गर्ने निर्णय गरेको छ।” “चेम्बरले पीडित र उनीहरूका परिवारको हितमा पीडितलाई पक्राउ पूजीसम्बन्धी व्यवस्थाको बारेमा अवगत गराउनु हो भन्ने ठान्छ।”

आईसीसीका मुख्य अभियोजक करिम खानले गत मे महिनामा गाजामा भएको युद्ध अपराध र मानवताविरुद्धको अपराधमा नेतन्याहू र ग्यालेन्टविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतलाई आग्रह गरेका थिए। नेतन्याहूले गत नोभेम्बर ५ मा ग्यालेन्टलाई रक्षामन्त्री पदबाट बर्खास्त गरेका थिए।

खानले मोहम्मद डिफलगायत हमासका शीर्ष नेताविरुद्ध युद्ध अपराध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गर्न पनि माग गरेका छन्। जुलाई ३१ मा तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनियाहको मृत्युका कारण बदलिएको परिस्थितिका कारण अभियोजकले हनियाहविरूद्धको पक्राउ पूर्जीको आवेदन अगस्ट २ मा फिर्ता लिएको आईसीसीले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायली इतिहासमै सबैभन्दा घातक आक्रमण गरेदेखि नै इजरायलले गाजामा युद्ध लड्दै आएको छ। इजरायलमा हमासका लडाकुहरुले गरेको आक्रमणका कारण यो युद्ध सुरु भएको थियो, जुन एक आश्चर्यजनक सीमापार आक्रमण थियो।

आक्रमणमा एक हजार २०६ जनाको मृत्यु भएको थियो। मृत्यु भएकामध्ये अधिकांश सर्वसाधारण रहेका छन्। गाजा क्षेत्रमा सक्रिय हमास समूहको प्रभावमा रहेको प्यालेष्टिनी सरकारको स्वास्थ्य मन्त्रालयले इजरायल र प्यालेस्टिनी लडाकूबीच १३ महिनाभन्दा बढी समयदेखि चलेको युद्धमा कम्तीमा ४४ हजार ५६ जनाको मृत्यु भएको जनाएको छ।

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ४४ हजार नाघेको छ । विगत २४ घण्टामा इजरायली सेनाले त्यहाँ ७१ जनाको ज्यान लिएको छ । १७६ जना घाइते भएका छन् ।

योसँगै मृत्यु हुनेको कुल संख्या ४४ हजार ५६ पुगेको छ । सन् २०२३ अक्टोबरको सुरुमा प्यालेस्टाइनी–इजरायली द्वन्द्व सुरु भएयता गाजामा एक लाख चार हजार २६८ जना घाइते भएका छन् । धेरै पीडित भग्नावशेषमा फसेका छन् ।

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top