×

NEPAL TIMES UPDATES

Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026

ट्रम्पको साथले मस्कको भाग्य झनै चम्कियो

९ मंसिर २०८१

९ मंसिर , एजेन्सी ।

अमेरिकी धनाढ्य, टेस्ला, एक्स तथा स्पेस एक्सलगायतका कम्पनीका मालिक इलोन मस्क विश्वकै धनी मात्र होइन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोर्ब्सका अनुसार ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्ति जोडेर उनी अहिलेसम्मकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका हुन् ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनासाथ मस्कको विद्युतीय कार कम्पनी टेस्लालगायतको सेयर मूल्य ह्वात्तै बढेको हो । मस्कको कूल सम्पत्तिमध्ये अधिकांश हिस्सा उनको १३ प्रतिशत सेयर रहेको टेस्ला कम्पनीबाट प्राप्त भएको हो ।

यही नोभेम्बर ५ मा भएको राष्ट्रपति चुनावका लागि मस्कले ट्रम्पलाई प्रचारप्रसार तथा आर्थिक सहयोगसमेत गरेका थिए । त्यसो त राष्ट्रपतिमा आफू विजयी हुनासाथ ट्रम्पले टेस्ला, एक्स र स्पेसएक्सका मालिक मस्कलाई अमेरिकाको सरकारी दक्षता विभाग (डीओजीई) को प्रमुखमा नियुक्त पनि गरिसकेका छन् ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजयले मस्क र उनका कम्पनीमा लगानीकर्ताहरूको विश्वासलाई बलियो बनाएको छ । फोर्ब्सका अनुसार नोभेम्बर २२ शुक्रबार बजार बन्द हुने बेलासम्म मस्कको कूल सम्पत्ति ३ खर्ब २१ अर्ब ७० करोड डलर पुगेको थियो ।

टेस्ला कम्पनीको शेयर मूल्यमा ३.८ प्रतिशतले वृद्धि भई साडे तिन वर्षयताकै उच्च अर्थात् प्रतिशेयर ३५२ डलर नाघेपछि मस्कको सम्पत्ति एकैदिन ७ अर्ब डलर बढेको हो । विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पुनः उक्लिएका मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओरेकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ ।

अहिले मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ र त्यसले पनि उनको सम्पत्ति बढाउन सहयोग गरेको छ । त्यस्तै दुई खर्ब १० अर्ब डलरको अन्तरिक्ष कम्पनी स्पेस एक्सको बजार पुँजीकरणले पनि मस्कको अर्बौं डलरको सम्पत्तिमा महत्वपूर्ण हिस्सा ओगटेको छ ।

स्पेस एक्समा मस्कको शेयरहिसा ४२ प्रतिशत रहेको छ । अमेरिकामा पछिल्लोपटक राष्ट्रपतिको चुनाव हुने दिनकोभन्दा अहिले मस्कको सम्पत्ति ७० अर्ब डलरले बढी छ । त्यसयता टेस्लाको ४० प्रतिशतले बढेको छ ।

आगामी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलन मस्कको निकट सम्बन्धले गर्दा लगानीकर्ताहरुको मनोबल बढेको छ । वालस्ट्रिट जर्नलका अनुसार आगामी ट्रम्प प्रशासनले टेस्लालगायतका कम्पनीलाई फाइदा पुग्नेगरी नीति अख्तियार गर्नेछ ।

भर्खरको समाचार

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top