एनपिलको प्रत्यक्ष प्रशारण रोक्ने प्रपञ्च,पत्रमाथि पत्र

८ मंसिर ८१, आइतबार

९ मंसिर , काठमाण्डौ ।

Advertisement

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको पहिलो ऐतिहासिक हुने अनुमान गरिएको नेपाल प्रिमियर लिग (एनपिएल) एकपछि अर्काे विवादमा परेको छ । सुरुवातामा नै एनपिएलको स्वमात्विका विषयमा देखिएको विवाद अदालतबाट किनारा लागेपनि अहिले फेरि खेलको प्रत्यक्ष प्रशारणको विषयलाई लिएर विवाद देखिएको छ ।

एनपिएलको प्रत्यक्ष प्रशारणका लागि भारतीय च्यानल स्टार स्पोर्ट्सलाई ठूलो रकम तिरेर गरिएको सम्झौतामाथि विज्ञापन बोर्डले समेत प्रश्न उठाएको छ । एनपिएलको प्रत्यक्ष प्रसारण गर्न स्टार स्पोर्ट्ससँग गरेको सम्झौताबारे विज्ञापन बोर्डले सात दिनभित्र जवाफ मागेको हो ।

Advertisement

सञ्चार क्षेत्रका तीन संस्था (नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्स) गत मंगलबारले संयुक्त विज्ञप्ति जारी गर्दै सम्झौता अवैधानिक भनिरहेका बेला विज्ञापन बोर्डले मंसिर ७ गते क्यानलाई पत्र लेख्दै जवाफ मागेको हो।

विज्ञापन नियमन गर्ने ऐन २०७६ को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने कानुनी प्रावधान सम्झाउँदै बोर्डले क्यानलाई सोधेको छ, ‘एनपीएलका खेलहरु ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया नामक विदेशी कम्पनी मार्फत् स्टार स्पोर्टस् च्यानलबाट प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्दा उल्लिखित कानुनी प्रावधान बमोजिम गरिएको छ वा छैन?’ प्रत्यक्ष प्रसारणको व्यवस्था गर्दा खरिद सम्झौता वा एमओयु भएको भए सोको प्रमाणितप्रति समेत संलग्न गरी विस्तृत व्यहोरासहित सात दिनभित्र जवाफ पेश गर्न भनिएको छ।

Advertisement

यसअघि नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले नेपाल क्रिकेट संघले नेपालको कानुनले अनिवार्य गरेको सार्वजनिक खरिद ऐन र खेलकुद ऐनलाई उल्लघंन गरेको आरोप लगाएका थिए। नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्सले विज्ञप्ति जारी गर्दै क्यानको यो कदम राष्ट्रिय हितविपरीत तथा अवैधानिक रहेको दाबी गरेका हुन् ।

एनपिएल आयोजना हुनु सुखद भएको र यसले देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विज्ञप्तिमा बताइएको छ, तर यो प्रतियोगिताले नेपाल र नेपालीको हित एवं अधिकारको अवमूल्यन हुन नहुनेमा विज्ञप्तिमा जोड दिइएको छ ।

नेपाल प्रिमियर लिगको आयोजनामा नेपाल क्रिकेट संघबाट केही अवैधानिक, गैरकानूनी र गैरव्यवसायिक तथा अनैतिक क्रियाकलापहरु जानाजान वा भुलवश हुन गएको विज्ञप्तिमा उल्लेख छ। विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्स छनोट गरिनु गैरकानूनी भएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा प्रतियोगिताका खेलहरुको उत्पादन, प्रत्यक्ष प्रसारण र बजार व्यवस्थापनको जिम्मा विनाप्रतिस्पर्धा एउटा विदेशी एजेन्सी ट्वान्टी फर्स्ट सेन्चुरीमार्फत स्टार स्पोर्ट्सलाई प्रतिखेलको १० लाख भारुमा दिने सम्झौता गरिएको जानकारी नेपाल क्रिकेट संघको प्रेस कन्फरेन्समार्फत जानकारी प्राप्त भएको उल्लेख छ ।

यदि नेपाली टेलिभिजन प्रसारकहरु यस्ता राष्ट्रिय खेलकुदको उत्पादन र प्रत्यक्ष प्रसारण गर्न सक्षम छैन भन्ने नेपाल क्रिकेट संघलाई लागेको हो भने पनि अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा स्टार स्पोर्ट्स नै किन ? वा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठा कमाएको अन्य अन्तर्राष्ट्रिय च्यानललाई किन मौका दिइएन र विनाप्रतिस्पर्धा स्टार स्पोर्ट्सलाई दिनुको पछाडिको रहस्य र कारण पनि केही छ कि? छानबिनको विषय हो कि होइन ? फेरि नेपाल क्रिकेट संघले प्रत्येक खेलको प्रत्यक्ष प्रसारणमा १० लाख दिने कुरा प्रेसमार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक खरिद ऐनले विनाप्रतिस्पर्धा भुक्तानी गर्न मिल्छ ? र विदेशी मुद्रामार्फत गरिने यस्तो भुक्तानीको लागि नेपाल राष्ट्र बैंकले विनास्वीकृति, सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसविना भुक्तान गर्न सक्छ ? वा सार्वजनिक खरिद ऐनविपरीत एउटा संस्थाको भुक्तानी अर्को विदेशी संस्थालाई गर्न मिल्ला ? यसमा विदेशी मुद्रा अपचलन आकर्षित होला कि नहोला ? वा अन्य कुनै माध्यमबाट भुक्तानी गर्ने योजना हो ? विज्ञप्तिमा भनिएकोछ ,हाम्रो जिज्ञासा यतिमात्रै हो यसअघि क्यानमा सचिव पारस खड्काले बाध्यतार्क कारण पनि स्टार स्पोर्ट्समै लाइभ गर्नुपरेको बताएका थिए । क्यानसँगको सम्झौतापछि स्टार स्पोर्ट्सबाट एनपिएलको प्रचार समेत सुरु भइसकेको छ ।

स्टार स्पोर्टसमा प्रत्यक्ष प्रशारण गर्दा यसका अन्तर्राष्ट्रिय दर्शक वर्गले एनपिएललाई ग्लोबल स्तरमा प्रचार गर्न मद्दत गर्ने, ठूलो मञ्चमा देखिएपछि एनपिएलको ब्रान्डको प्रतिष्ठा बढ्ने तथा व्यवसायिक प्रायोजक र लगानीकर्तालाई आकर्षित गर्न सहयोग गर्ने केहीको विश्लेषण गरिएको छ ।

यसका साथै नेपाली क्रिकेटरहरूको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढ्ने समेत अपेक्षा राखिएको छ । एनपिलको खेल तालिका समेत सार्वजनिक भइसकेको छ। जसमा पहिलो खेल मंसिर १५ मा विराटनगर र जनकपुरबीच हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top