×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

प्रचण्डको उदार हृदय! अभिभावकविहीन २ बालिका जिम्मा लिए

११ मंसिर २०८१

११ मंसिर , काठमाण्डौ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने घोषणा गरेका छन्।

Advertisement
Advertisement

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार झाँक्री भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका कागेश्वरी मनोहरा–२, आलापोटका ३८ वर्षीय नारायण नगरकोटी र उनकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीको घरमै पुगेर अध्यक्ष प्रचण्डले पीडित परिवारमा समवेदना प्रकट गरेका हुन्।

प्रचण्ड सोमबार साँझ त्यहाँ पुगेका हुन्। यस क्रममा उनले नगरकोटी दम्पतीका दुई छोरी गरिमा र अनु नगकोटीको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहेने घोषणा गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

‘अध्यक्ष क. प्रचण्ड हिजो (सोमबार) बेलुकी कागेश्वरी मनोहरा–२ आलापोट पुग्नुभयो। झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाउनु भएका ३८ वर्षीय नारायण नगरकोटी र उहाँकी जीवन संगिनी ३२ वर्षीया सानुमाया नगरकोटीलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा समवेदना प्रकट गर्नुभयो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मंगलबार बिहान वक्तव्य जारी गरी भनेका छन्, ‘उहाँले कीर्तिशेष नारायण र सानुमायाका दुई छोरी गरिमा र अनु नगकोटी नानीहरूको अभिभावक बनेर परिवारको दुःखमा पार्टी र आफू सँगै रहने बताउनुभयो।’

गत कात्तिक २८ गते दिउँसो शंखरापुर नगरपालिका–९, स्थित साँखु–थली सडकखण्डमा झाँक्री प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारले बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करबाट मोटरसाइकलमा सवार नगरकोटी दम्पती गम्भीर घाइते भएका थिए। पछि उपचारका क्रममा दुवै जनाको मृत्यु भयो। झाँक्री भुजेल हाल प्रहरीको हिरासतमा छन्। झाँक्री प्रकाश भुजेल र पीडित परिवारबीच सहमतिभएपछि ५ दिनपछि नगरकोटी दम्पत्तिको शव उठेको थियो ।

सवारी ज्यान सम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका झाँक्रीले पीडित परिवारसँग मिलापत्र गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका थिए । मृतकका परिवारले क्षतिपूर्तिवापत १ करोड रुपैयाँ माग गर्दै शव उठाएका थिएनन्।

तर, स्थानीय जनप्रतिनिधिको उपस्थितिमा दुवै पक्षबीच ५० लाखमा सहमति भएको प्रहरी स्रोतले जानकारी दिएको छ। भुजेलविरुद्ध सवारी ज्यान मुद्धा भने दर्ता भइसकेको छ । गत २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले काठमाडौंको शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटी र उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए। घाइतेलाई तत्काल ग्राण्डी हस्पिटल पुर्याइएकोमा नारायणको सोही दिन र सानुमायाको केहीदिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।

भुजेलले चलाएको कार मोटरसाइकलाई ठक्कर दिएर पसलको सटरमा गएर ठोक्किएको थियो। दुर्घटना लगत्तै भुजेल गाडीबाट ल निस्किएर फरार भएका थिए। पछि फेसवुकमा लाईभ गर्दै उनले प्रहरीमा आत्मसमर्पण गरेका थिए। दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top