एनपिएलको टिकट दर सार्वजनिक, दर्शकलाई कुर्सी

१० मंसिर ८१, मंगलबार

११ मंसिर , काठमाण्डौ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। गएरातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ। क्यानले सोमबार उद्घाटन खेल, लिग, प्लेअफ खेल, फाइनल र सिजनल पासको टिकटसमेत निर्धारण गरेको हो।

Advertisement

उद्घाटनका दिन सामान्यतर्फको टिकट दर तीन सय सय र भिआइपीको सात सय तोकिएको छ। लिग चरणका खेलमा तीन सय र पाँँच सय तोकिँदा प्लेअफमा पाँच सय र सात सय बनाएको छ। त्यस्तै, ६ पुसमा हुने फाइनल खेलको टिकट दर सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार निर्धारण गरेको छ।

क्यानले पहिलोपटक आफैँ आयोजना गर्न लागेको लिगको सिजनल पास पनि उपलब्ध गराउने निर्णय गरेको छ। पासमा २० प्रतिशत छुट गरेको छ। सामान्यतर्फको मूल्य चार हजार चार सय ८० तथा भिआइपीतर्फको मूल्य आठ हजार दुई सय ४० रुपैयाँ तोकेको छ।

लिगको उद्घाटन खेलमा १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्स शनिबार भिड्नेछन्। क्यानले एनपिएलका लागि ३ सयदेखि एकहजारसम्म टिकट दर तोकेपछि दर्शकलाई त्यही अनुशारको सुविधा समेत दिने भएको छ।

पहिलो पटक नेपाली क्रिकेटप्रेमीहरुले दर्शकका रुपमा बस्ने कुर्सी, शौचालय लगायतका नयाँ सुविधाहरु पाउने छन् । यसपटक क्यानले दर्शकका लागि जोन छुट्याएर निश्चित संख्यामा मात्र राख्ने भएको छ । यसपटक जुन जोनबाट इन्ट्री भयो त्यहीँबाट एक्जिट हुनुपर्छ भने महिला र पुरुष दर्शकका लागि अलग अलग बाथरुमको पनि व्यवस्थापन गरिएको छ ।

त्रिवि मैदानमा दर्शकका लागि पहिलो पटक कुर्सीको व्यवस्था हुन लागेको हो। भिआइपी टिकट काटेर करिब एक हजार दर्शकले कुर्सीमा बसेर एनपिएलका खेल हेर्न पाउने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

क्यानले विशिष्ट दर्शकका लागि भीआईपी टिकटको पनि व्यवस्था गर्ने भएको छ । यसअघि भीभीआईपी बस्ने ठाउँमा अब मिडिया बक्स रहनेछ । यस्तै टिम ओनरका लागि ओनर लाउन्ज र भीभीआईपी लाउन्जहरू पनि निर्माण भइरहेको छ ।

टियूमा लामो समयदेखि खड्किरहेको डिजिटल स्कोर बोर्ड र फ्यान जोनको अनुभव यसपटक एनपिएलमा देख्न पाइने भएको छ । लामाका अनुसार पहिलो पटक डिजिटल स्कोर बोर्डको निर्माण र छुट्टै फ्यान जोन नयाँ विशेषताको रुपमा रहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा मात्र नभई नेपालमै पहिलोपटक क्रिकेटको डिजिटल स्कोरबोर्ड बन्न लागेको क्यानका प्रवक्ता लामाले बताएका छन् । यस्तै पिचको पूनर्निर्माण गरिएको छ भने मैदानमा बाउण्ड्री पनि बढाइएको छ ।

क्यानले पीचसँगै त्रिवि मैदानको आउट फिल्ड पनि मर्मत गरेको छ। एनपिएलका लागि भनेर क्यानले घाँस रोप्नुका साथै विभिन्न स्थानमा मैदानको माटो मिलाएको थियो। त्यस्तै फिक्स्ड साइड स्क्रिन, मिडिया बक्स, प्राक्टिस पिच पनि टियू मैदानमा थपिएका छन् ।

यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताएका छन् । क्यानले मैदानमा केही संरचना पहिलो पटक निर्माण गरेको छ। आफ्नै खर्चमा मैदान मर्मत गरेको क्यानले प्रतियोगितामा दर्शकका लागि केही सुविधा थप गरेको हो।

तर यी थप गरेका संचानाहरु अस्थायी हुन् । सरकारको योजना अनुरुप मैदान निर्माणको काम सुरू भएमा अहिले एनपिएलका लागि भनेर निर्माण गरेको अस्थायी संरचना हटाइने प्रवक्ता लामाले बताए। अहिले निर्माण भएका यी संरचना हटाएर मुलपानी मैदानमा प्रयोग गर्ने क्यानको योजना छ।

त्रिविमा फ्लडलाइट अत्यावश्यक बनेको छ । फ्लडलाइट नहुँदा रातिमा खेल गराउन सकिएको छैन । गत ३१ असारमा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले ३०० दिनभित्र त्रिवि मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो । यो समय तालिकालाई प्रधानमन्त्रीले पनि पटक पटक स्मरण गराइरहेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top