NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै सोमवार अशोज २७ , २०८२
ओली राजीनामा दिँदै नदिने, सडक तताउने सोमवार अशोज २७ , २०८२
सुरु भयो चिसो र हुस्सु सोमवार अशोज २७ , २०८२
आरजुको गुलाबी सररको भिडियोले अझै तहल्का मच्चाउदै आइतवार अशोज २६ , २०८२
Next
Prev

समाचार

एनपिएलको टिकट दर सार्वजनिक, दर्शकलाई कुर्सी

मङ्लबार मंसिर ११ , २०८१
Reading Time: 1 min read
A A
एनपिएलमा कुन खेल कहिले ? कोसँग यस्तो छ खेल तालिका
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ मंसिर , काठमाण्डौ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) का लागि टिकट बिक्री खुला गरेको छ। गएरातिदेखि खुला गरिएको टिकट खल्ती एपबाट काट्न सकिनेछ। क्यानले सोमबार उद्घाटन खेल, लिग, प्लेअफ खेल, फाइनल र सिजनल पासको टिकटसमेत निर्धारण गरेको हो।

उद्घाटनका दिन सामान्यतर्फको टिकट दर तीन सय सय र भिआइपीको सात सय तोकिएको छ। लिग चरणका खेलमा तीन सय र पाँँच सय तोकिँदा प्लेअफमा पाँच सय र सात सय बनाएको छ। त्यस्तै, ६ पुसमा हुने फाइनल खेलको टिकट दर सामान्यतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार निर्धारण गरेको छ।

क्यानले पहिलोपटक आफैँ आयोजना गर्न लागेको लिगको सिजनल पास पनि उपलब्ध गराउने निर्णय गरेको छ। पासमा २० प्रतिशत छुट गरेको छ। सामान्यतर्फको मूल्य चार हजार चार सय ८० तथा भिआइपीतर्फको मूल्य आठ हजार दुई सय ४० रुपैयाँ तोकेको छ।

लिगको उद्घाटन खेलमा १५ गते विराटनगर किंग्स र जनकपुर बोल्ट्स शनिबार भिड्नेछन्। क्यानले एनपिएलका लागि ३ सयदेखि एकहजारसम्म टिकट दर तोकेपछि दर्शकलाई त्यही अनुशारको सुविधा समेत दिने भएको छ।

पहिलो पटक नेपाली क्रिकेटप्रेमीहरुले दर्शकका रुपमा बस्ने कुर्सी, शौचालय लगायतका नयाँ सुविधाहरु पाउने छन् । यसपटक क्यानले दर्शकका लागि जोन छुट्याएर निश्चित संख्यामा मात्र राख्ने भएको छ । यसपटक जुन जोनबाट इन्ट्री भयो त्यहीँबाट एक्जिट हुनुपर्छ भने महिला र पुरुष दर्शकका लागि अलग अलग बाथरुमको पनि व्यवस्थापन गरिएको छ ।

त्रिवि मैदानमा दर्शकका लागि पहिलो पटक कुर्सीको व्यवस्था हुन लागेको हो। भिआइपी टिकट काटेर करिब एक हजार दर्शकले कुर्सीमा बसेर एनपिएलका खेल हेर्न पाउने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

क्यानले विशिष्ट दर्शकका लागि भीआईपी टिकटको पनि व्यवस्था गर्ने भएको छ । यसअघि भीभीआईपी बस्ने ठाउँमा अब मिडिया बक्स रहनेछ । यस्तै टिम ओनरका लागि ओनर लाउन्ज र भीभीआईपी लाउन्जहरू पनि निर्माण भइरहेको छ ।

टियूमा लामो समयदेखि खड्किरहेको डिजिटल स्कोर बोर्ड र फ्यान जोनको अनुभव यसपटक एनपिएलमा देख्न पाइने भएको छ । लामाका अनुसार पहिलो पटक डिजिटल स्कोर बोर्डको निर्माण र छुट्टै फ्यान जोन नयाँ विशेषताको रुपमा रहेका छन् ।

त्रिवि क्रिकेट मैदानमा मात्र नभई नेपालमै पहिलोपटक क्रिकेटको डिजिटल स्कोरबोर्ड बन्न लागेको क्यानका प्रवक्ता लामाले बताएका छन् । यस्तै पिचको पूनर्निर्माण गरिएको छ भने मैदानमा बाउण्ड्री पनि बढाइएको छ ।

क्यानले पीचसँगै त्रिवि मैदानको आउट फिल्ड पनि मर्मत गरेको छ। एनपिएलका लागि भनेर क्यानले घाँस रोप्नुका साथै विभिन्न स्थानमा मैदानको माटो मिलाएको थियो। त्यस्तै फिक्स्ड साइड स्क्रिन, मिडिया बक्स, प्राक्टिस पिच पनि टियू मैदानमा थपिएका छन् ।

यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताएका छन् । क्यानले मैदानमा केही संरचना पहिलो पटक निर्माण गरेको छ। आफ्नै खर्चमा मैदान मर्मत गरेको क्यानले प्रतियोगितामा दर्शकका लागि केही सुविधा थप गरेको हो।

तर यी थप गरेका संचानाहरु अस्थायी हुन् । सरकारको योजना अनुरुप मैदान निर्माणको काम सुरू भएमा अहिले एनपिएलका लागि भनेर निर्माण गरेको अस्थायी संरचना हटाइने प्रवक्ता लामाले बताए। अहिले निर्माण भएका यी संरचना हटाएर मुलपानी मैदानमा प्रयोग गर्ने क्यानको योजना छ।

त्रिविमा फ्लडलाइट अत्यावश्यक बनेको छ । फ्लडलाइट नहुँदा रातिमा खेल गराउन सकिएको छैन । गत ३१ असारमा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले ३०० दिनभित्र त्रिवि मैदानलाई सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो । यो समय तालिकालाई प्रधानमन्त्रीले पनि पटक पटक स्मरण गराइरहेका छन् ।

Tags: #एनपिएलको टिकट#एनपिएलको टिकट दर#नेपाल क्रिकेट संघ (क्यान)

लोकप्रीय

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

विचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२

थप समाचार

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै
खेलकुद

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै
ताजा समाचार

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

सुरु भयो चिसो र हुस्सु

सोमवार अशोज २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

स्टारशिपको ११औँ परीक्षण सफल, भारतमा गुगलको १५ अर्ब डलर लगानी|| Nepal Times

00:14:27

World News:फिलिपिनी जहाजमा चिनियाँ जहाजको ठक्कर, बग्राम एयरबेसको तनाव|| Nepal Times

00:12:46

World News:XIसंग भेट्न Trump अझै इच्छुक, पाकिस्तानका तीन पोस्टमा तालि बानको क ब्जा|| Nepal Times

00:17:13

World News: गाजामा उत्सव,विपिन बेखबर,चीनमा सामाजिक सञ्जालमा कडाइ || Nepal Times

00:19:45

World News: कोल्ड्रिफ कफ सिरपका मालिक पक्राउ, तालि*बानी मन्त्री भारतमा यो ।|| Nepal Times

00:13:56

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

भारतमा ३५२ करोड कालोधन भेटियो,पैसा गन्न ३६ मेसिन

बुधबार अशोज २२ , २०८२
जेन–जीसंग एमालेको पौंठेजोरी किन ?

ओलीलाई सुशीलाको काउन्टरः जेनजी आन्दोलन स्वीकार्नु अनि सुध्रिनु

शुक्रबार अशोज २४ , २०८२
जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

जेनजीले राष्ट्रपतिसँग मागे सुरक्षा, बुझाए ८ बुँदे माग 

शुक्रबार अशोज २४ , २०८२

हालका पोस्टहरू

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सुपर–६ मा नेपालले आजकतारसँग भिड्दै

सोमवार अशोज २७ , २०८२
जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

जेनजीहरु पनि मन्त्री बन्न तँ छाड र म छाड गर्दै

सोमवार अशोज २७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ

ओली राजीनामा दिँदै नदिने, सडक तताउने

सोमवार अशोज २७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.