निर्मला बलात्कार-हत्या प्रकरण : गुपचुप बुझाइयो प्रतिवेदन,विष्टमाथि आशंका

निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिले गुपचुपमा प्रतिवेदन बुझाएको छ। समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीलाई बाहिरै राखेर समिति संयोजक हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएका हुन्।

प्रतिवेदनमा प्रहरीका कमजोरी औंल्याइएको स्रोतले जनाएको छ। प्रतिवेदनले गम्भीर प्रकृतिका घटनामा तत्कालै प्रहरीले ‘एक्सन’ नलिँदा घटनाले ठूलो रूप लिएको उल्लेख छ।

समितिका एक सदस्यले भने, ‘निर्मला बलात्कारपछि हत्याको अनुसन्धानमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टले चासो नदेखाउनुले घटनाबारे उनी पूर्व जानकार रहेको हुन सक्ने आशंका व्यक्त गरिएको छ।’

Advertisement

विष्टमाथि अनुसन्धान गर्दा थप प्रमाण फेलापर्नेमा ढुक्क हुन सकिने समितिले यकिन गरेको छ। समिति संयोजक मैनाली भने प्रतिवेदनबारे बोल्न मानेनन्। उनले भने, ‘मैले प्रतिवेदन बुझाएँ। प्रतिवेदन भित्र के छ, त्यो मैले बोल्न मिल्दैन।’ यो समाचार आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top