×

NEPAL TIMES UPDATES

Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026
Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026

आरजु आज चीन जाँदै,छेन्दुमा विदेश मन्त्रीलाई भेट्ने

१३ मंसिर २०८१

१३ मंसिर , काठमाण्डौ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज चीन जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको तयारीका लागि उनी चीन जाने भएकी हुन् । उनी आज दिउँसो १२ बजेर २० मिनेटको उडानबाट सिचुआन प्रान्तको राजधानी छेङ्दु प्रस्थान गर्दैछिन् ।

Advertisement

उनले भोलि चीनका विदेशमन्त्री वाङ यीसँग छेन्दु शहरमा भेटवार्ता गर्ने कार्यक्रम छ । उनीहरुबीच बृहत् रुपमा समान चासोको विषय तथा प्रधानमन्त्री ओलीको औपचारिक चीन भ्रमणको तयारीबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणा आज छेन्दु पुगेर पर्सि शनिवार काठमाण्डौ फर्कनेछन् । त्यसपछि प्रधानमन्त्री ओलीसँग यही मङ्सिर १७ गतेदेखि २१ गतेसम्म फेरि चीन भ्रमण गर्नेछिन् । प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन् ।

ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । नेपालबाट प्रधानमन्त्रीस्तरीय चीन भ्रमणको तयारी चलिरहेका बेला मुख्य एजेण्डाको रुपमा हेरिएको चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) सम्बन्धी कार्यक्रम कार्यान्वयनमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले साझा धारणा बनाउन सहमति निकट पुगेका छन् ।

बीआरआई कार्यान्वयन योजनामा चीनले प्रस्ताव गरेको मस्यौदालाई समीक्षा गरी नेपालले प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रुप दिने तयारी अनुसार दुई दलका नेताहरुको संयुक्त बैठक बुधबार बेलुका बसेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ‘बीआरआई कोअपरेसन फ्रेमवर्क’ तयार गर्ने र त्यसलाई दीर्घकालीन राष्ट्रिय नीतिको रुपमा अवलम्बन गर्नेबारे नेताहरुबीच छलफल भएको थियो । बैठकमा ठोस निर्णय भएको छैन तर नेताहरुले छलफल सकारात्मक भएको र सहमति नजिक पुगेको दाबी गरेका छन् ।

छलफलका विषयलाई दस्ताबेजीकरण गर्न र फ्रेमवर्कको मस्यौदा बनाउन दुवै दलका नेता सम्मिलित कार्यदल गठन गरिएको छ । कार्यदलमा एमालेबाट प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा र नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा छन् ।

कार्यदललाई विज्ञको सुझावका आधारमा मस्यौदा तयार गर्ने जिम्मा दिइएको बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले जानकारी दिए । यसअघि यही कार्यदलले बीआरआई कार्यान्वयन योजनाबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमणमा जाँदै गर्दा बीआरआई कार्यान्वयन गर्ने कि नगर्ने भन्नेबारे सत्ता साझेदार कांग्रेस र एमालेबीच एकमत हुन सकेको छैन । कांग्रेसले बीआरआईको रुपमा ऋण स्वीकार्न नसकिने जनाएको छ भने एमाले कार्यान्वयनमा जानुपर्ने पक्षमा छ ।

त्यसैले कांग्रेसको मतलाई समेत सम्बोधन गर्ने गरी साझा धारणा बनाउने प्रयास दुई दलका नेताहरु छलफलमा बसेका थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा मुख्य सत्ता घटक कांग्रेसले उठाएका अन्य सवालसमेत सम्बोधन हुने गरी दुई दलले साझा धारणा बनाउन लागेका हुन् । दुई दलले तयार पारेको साझा मस्यौदालाई चीन पक्षले हुबहु स्वीकार गर्छ वा गर्दैन भन्नेमा औपचारिक रूपमा प्रस्ट प्रतिक्रिया आइसकेको छैन ।

तर नेपालमा भने उक्त विषयलाई लिएर सहमति गर्ने कसरत जारी छ । प्रधानमन्त्री ओलीकै सक्रियतामा कांग्रेसले उठाउँदै आएका सवाललाई सम्बोधन हुने गरी साझा मस्यौदा तयार गरिन लागिएको बुझिएको छ । अर्कोतर्फ ओलीले नै अनौपचारिक तहमा चिनियाँ पक्षसँग पनि समानान्तर छलफल गरिरहेका छन ।

दुई दलबीचको साझा धारणाका आधारमा चिनियाँ पक्षसँग छलफल गरेर सहमति जुटाउने जिम्मा भने प्रधानमन्त्री ओलीसँगै कांग्रेसको तर्फबाट परराष्ट्रमन्त्री राणालाई दिइएको छ । चिनियाँ पक्षले साझा मस्यौदा मानेमा प्रधानमन्त्री ओलीको यही मंसिर १७ देखि हुने ५ दिने चीन भ्रमणमा दुई पक्षबीच हस्ताक्षर हुने सम्भावना छ ।

अनौपचारिक रूपमा चीनसँगकै सहकार्यमा दस्ताबेजीकरण भइरहेको पनि बुझिएको छ । चीन सरकारले दिने सबै योजनालाई ‘बीआरआई फ्रेमवर्क’भित्रै राख्ने र त्यसअन्तर्गत अनुदानका परियोजना मात्रै स्वीकार गर्नेमा दुवै दल सहमत पनि भएका छन ।

Advertisement

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top