NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

भारतले पाकिस्तानमा च्याम्पियन ट्रफी नखेल्ने

बिहिबार मंसिर १३ , २०८१
Reading Time: 1 min read
A A
भारतले पाकिस्तानमा च्याम्पियन ट्रफी नखेल्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१३ मंसिर ,एजेन्सी ।

भारतले आयोजक राष्ट्र पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले च्याम्पियन ट्रफीका बारेमा थप निर्णयमा पुग्नु पर्ने भएको छ । जसका कारण सन २०२५ को च्याम्पियन्स ट्रफीको भाग्य निर्धारण गर्न आईसीसी यस हप्ता बैठक बस्नेछ ।

यस महिनाको सुरूवातमा भारतले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई ८ टोलीको प्रतिस्पर्धाका लागि पाकिस्तान भ्रमण नगर्ने बताएको थियो, जसले गर्दा प्रतियोगिताको भविश्य संकटमा परेको छ ।

दुबईमा रहेको आईसीसीका प्रवक्ताले थप विवरणहरू उपलब्ध नगराइकन आगामी शुक्रबार आईसीसीको बैठकमा यो मुद्दा एजेन्डामा हुने पुष्टि गरेका छन् । पीसीबीले पहिले नै भारतलाई तटस्थ तेस्रो देशमा खेल्न अनुमति दिने प्रस्तावलाई अस्वीकार गरिसकेको छ ।

आगामी फेब्रुअरी १९ देखि मार्च ९ सम्मको पूर्ण तालिका उनीहरूको मैदानमा हुनु पर्ने भनिरहेको छ । तर, भारतको क्रिकेट बोर्डले प्रतियोगिताबारे कुनै प्रतिक्रिया दिएको छैन । बिग्रिएको राजनैतिक सम्बन्धको अर्थ कटु प्रतिद्वन्द्वी भारत र पाकिस्तानले एक दशकभन्दा बढी समयदेखि द्विपक्षीय क्रिकेट शृंखला खेलेका छैनन् ।

सन् २००९ मा लाहोरमा श्रीलंकाली टोलीको बसमा भएको आक्रमणपछि टोलीले भ्रमण गर्न अस्वीकार गरेपछि पाकिस्तानले घरेलु मैदानमा वर्षौंसम्म खेलेको छैन । गत वर्ष पनि एसिया कप पाकिस्तानले आयोजना गर्दा भारतका खेलहरू देशबाहिर खेलिएका थिए ।

तर पाकिस्तानी क्रिकेट प्रमुखहरूले अष्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका लगायतका शीर्ष टोलीहरूको भर्खरै सफल आयोजना गरेको भन्दै च्याम्पियन्स ट्रफीको सुरक्षाको डरलाई अस्वीकार गरेका छन् ।
एकातिर पीसीबीले यो प्रतियोगिता एसिया कप जस्तैगरी हाइब्रिड मोडलमा आयोजना नगर्ने भनिसकेको छ । आयोजक राष्ट्र पाकिस्तान प्रतियोगिता आफ्नै देशमा आयोजना गर्न चाहन्छ र भारत सहभागी हुन नचाहे पनि निर्णय परिवर्तन नगर्ने उसको अडान छ ।

पीसीबीका पूर्व अध्यक्ष नजम सेठीले यस अवस्थामा अब आईसीसीसँग तीनवटा मात्र विकल्प रहेको बताएका छन् । तीन विकल्पहरूमा पहिलो विकल्प भारत पाकिस्तानमा आउने, दोस्रो विकल्प हाइब्रिड मोडल र तेस्रो विकल्प भनेको पूरै प्रतियोगिता नै पाकिस्तानबाट बाहिर गर्ने उनको भनाइ छ ।

पाकिस्तानको एक निजी न्यूज च्यानलसँग कुरा गर्दै उनले भनेका छन्, ‘भारतले यस विषयमा कडा अडान लिएको छ । भारतीय टोली आउनेवाला छैन, उनीहरूले कबड्डी टोली र नेत्रहीन क्रिकेट टोली पनि पठाएका थिएनन् । यसअघि टेनिस खेलाडी पनि डेभिस कप खेल्न आउने गर्थे तर, अहिले आउँदैनन् ।’

‘तीमध्ये सुरूका दुई विकल्प लगभग खारेज जस्तै भइसकेका छन्, यस्तो अवस्थामा तेस्रो विकल्प बाँकी छ, प्रतियोगिता पाकिस्तान बाहिर लैजाने । तर त्यस अवस्थामा पाकिस्तानले प्रतियोगिता बहिष्कार गर्ने निर्णय गर्न सक्छ’, उनले भनेका छन् ।

पाकिस्तानका लागि पनि निकै जटिल अवस्था भएको उल्लेख गर्दै उनले पाकिस्तानले भारतको कुरालाई स्वीकार गरेर हाइब्रिड मोडलमा सञ्चालन गर्न मानेमा देशभित्रै क्रिकेट बोर्डको आलोचना हुने र पाकिस्तान भारतसामू झुकेको ट्याग लाग्ने उनको भनाइ थियो ।

आईसीसीले सधैं बीसीसीआईको पक्ष लिने गरेको र यसपटक पनि यो प्रतियोगिता बाहिर सरेर पाकिस्तानले यसमा खेलेन भने आईसीसीसँगै भारत र पाकिस्तानलाई पनि घाटा हुने उनको टिप्पणी छ ।

‘बीसीसीआईलाई भने असर गर्दैन किनभने ऊ धेरै धनी छ तर यसले पाकिस्तानलाई भने ठूलो फरक पार्छ’ उनले अगाडि थपे, ‘यदि पाकिस्तानले आफूलाई आईसीसीबाट निकाल्ने निर्णय लिन्छ भने ऊसँग दुईपक्षीय प्रतियोगिता मात्र बाँकी रहन्छ जसको आम्दानी पनि एकदमै कम हुन्छ । त्यसकारण पाकिस्तानले बहिष्कार गर्नुचाहिं तर्कपूर्ण हुँदैन ।’

भारतका लागि पूर्व पाकिस्तानी उच्चायुक्त अब्दुल बासितका अनुसार भारत वा पाकिस्तान वा दुवैले यस प्रतियोगितामा सहभागिता नजनाउने हो भने दुई अर्ब डलरसम्मको नोक्सानी हुन सक्छ। अर्कोतर्फ पाकिस्तानले यस प्रतियोगिताको तयारीमा धेरै पैसा खर्च गरेकोमा उनले चिन्ता पनि व्यक्त गरेका छन् ।

पाकिस्तानले तीन मुख्य रङ्गशालाहरू नेशनल स्टेडियम कराँची, गद्दाफी स्टेडियम लाहोर र रावलपिंडी स्टेडियमको मर्मत र अन्य तयारीमा १५ देखि १६ अर्ब भारतीय रुपैयाँ खर्च गरेको छ । आईसीसीले च्याम्पियन्स ट्रफीका लागि करिब ६५ मिलियन डलरको बजेट तय गरेको छ ।

बासित भन्छन्, ‘यदि आईसीसीले भारतको सहजतामा निर्णय ग¥यो भने यो प्रतियोगिता नै बाहिर सर्छ, त्यसो भएमा यूएई र दक्षिण अफ्रिकामा गर्ने बारेमा विचार भइरहेको छ । तर भारतले आफ्नै देशमा यो प्रतियोगिता आयोजना गर्ने प्रयास गर्न सक्ने अर्को चर्चा पनि कतैकतै छ ।’
यदि प्रतियोगिता पाकिस्तान बाहिर सारिएमा पाकिस्तानले बहिष्कार गर्नुपर्ने बासितको तर्क छ । पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफीको उपाधि पाकिस्तानले जितेको थियो । फाइनलमा भारतमाथि १८० रनको फराकिलो जित निकाल्दै पाकिस्तानले पहिलोपटक उपाधि जितेको थियो ।

पाकिस्तानले आफ्नो भूमिमा करिब ३० वर्षपछि आईसीसीको मुख्य प्रतियोगिता आयोजना गर्न लागेको हो । पछिल्लोपटक पाकिस्तानले सन् १९९६ को एकदिवसीय विश्वकप क्रिकेट आयोजना गरेको थियो ।

Tags: #अन्तर्राष्ट्रिय क्रिकेट#च्याम्पियन ट्रफी#भारतले पाकिस्तान

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.