×

NEPAL TIMES UPDATES

Playing
एक वर्षमा सात हजार ६४८ विप*द्का घ*टना, सबैभन्दा बढी आगला*गीका|| Nepal Times
Apr 12, 2026
Playing
इरा*न र अमेरि*काबिच १४ घण्टा वार्ता, अहिलेसम्म के–के भयो ?|| Nepal Times
Apr 12, 2026
Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026

यो सिजनमा पहिलोपल्ट बार्सिलोना घरमै स्तब्ध

१६ मंसिर २०८१

१६ मंसिर , एजेन्सी ।
बार्सिलोना स्पेनिस ला लिगामा सिजनमा पहिलो पटक घरेलु मैदानमा पराजित भएको छ । शनिबार राति भएको खेलमा लास पाल्मासले बार्सिलोनामाथि २–१ को जित हासिल गरेको हो । पाल्मासले बार्सिलोनामा ५० वर्षपछि जित हासिल गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा पाहुना टोलीका लागि सान्ड्रो रामिरेज र फाबियो सिल्भाले गोल गरे । बार्सिलोनाका लागि राफिन्हाले सान्त्वना गोल फर्काए । खेलको ४९औं मिनेटमा रामिरेजको गोलमा पाहुना टोलीले अग्रता लिएको थियो ।

Advertisement
Advertisement

६१औं मिनेटमा बार्सिलोनाका राफिन्हाले बराबरी गोल फर्काए । त्यसको छ मिनेट पछि नै पाल्मसका लागि फाबियोले गोल गर्दै टोलीलाई एतिहासिक जित दिलाए । जितसँगै पाल्मास १५ खेलमा १५ अंकका साथ १४औं स्थानमा छ ।

समान खेलबाट ३४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । दोस्रो स्थानको एथलेटिको मड्रिड भन्दा बार्सिलोना २ अंकले अघि रहेको छ । एथलेटिकोको १५ खेलबाट ३२ अंक रहेको छ । यता ओलम्पिक स्टेडियममा वेस्ट ह्यामलाई शनिबार ५–२ ले पराजित गर्दै आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

आर्सनलको जितमा बुकायो साका, ग्याब्रियल, लियान्ड्रो ट्रोसार्ड, मार्टिन ओडेगार्ड र काई हाभर्ट्जले गोल गरे । यो आर्सनलको यस सिजनको सबैभन्दा प्रभावशाली लिग जित हो । कप्तान मार्टिन ओडेगार्ड दुई महिनापछि चोटबाट फर्किएपछि टोलीले पछिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

अन्तर्राष्ट्रिय ब्रेकपछि आर्सनलले नटिङ्घम फरेस्टलाई ३–०, च्याम्पियन्स लिगमा स्पोर्टिङ लिस्बनलाई ५–१ र वेस्ट ह्यामलाई ५–२ ले पराजित गरेको छ । बुकायो साकाले यस सिजनका १३ खेलमा १० असिस्ट र पाँच गोल गरिसकेका छन् ।

खेलपछि साकाले भने, ‘म जितबाट सबैभन्दा ठूलो आनन्द लिन्छु । हामीले पछिल्ला तीन खेलमा हाम्रो वास्तविक क्षमता देखाएका छौं।’यो जितसँगै आर्सनलले लिभरपुलसँगको अंक दूरी घटाएको छ ।

आर्सनलको अर्को खेल आइतबार म्यानचेस्टर सिटीविरुद्ध घरेलु मैदानमा हुनेछ, जसमा टोलीले लगातार दुई सिजनको हारको बदला लिने प्रयास गर्नेछ । शनिबारका अन्य खेलमा नटिङघम फरेस्टले इपस्विच टाउनलाई १–०, ब्रेन्टफोर्डले लेस्टर सिटीलाई ४–१ र बर्नमाउथले उल्भ्सलाई ४–२ ले पराजित गर्यो ।

Advertisement

क्रिस्टल प्यालेस र न्युकासल युनाइटेडले १–१ को बराबरी खेले । तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुल र साविक विजेता म्यानचेस्टर सिटीबीच आज प्रतिस्पर्धा हुनेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top