अमेरिकी मन्त्री डोनाल्ड लु फेरि नेपाल आउँदै

१७ मंसिर ८१, मंगलबार

१८ मंसिर, एजेन्सी ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेकै बेला लु नेपाल भ्रमणमा आउन लागेका हुन् । लुले दक्षिण एसियाका भारत, श्रीलङ्का र नेपालको भ्रमण आजबाट एक हप्तासम्म गर्ने अमेरिकी सरकारको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

उनी एमसीसी बहसका क्रममा यस अगाडि पनि पटक पटक नेपाल आइसकेका छन् । भारतबाट श्रीलङ्का अनि नेपाल भ्रमण गरेर यात्रा अन्त्य गर्ने बताइएको छ । नेपाली पक्षबाट भने भ्रमणको कुनै औपचारिक जानकारी सार्वजनिक भएको छैन ।

Advertisement

अमेरिकी राष्ट्रपति जो बाइडेनको सत्ताको अन्तिम समयमा लुको दक्षिण एसिया भ्रमण हुने भएको हो । आगामी जनवरी २० पछि बाइडेनको बहिर्गमन र ट्रम्पको आगमन हुँदैछ । लु ले आजदेखि १० डिसेम्बर सम्मको भ्रमणका लागि यी देशहरूमा आउन लागेका हुन् ।

उनी अमेरिकाको दक्षिण एवं मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार लुले नेपालमा रहँदा शीर्ष नेता र युवा नेताहरूसँग भेटवार्ता पनि गर्नेछन् । भेटवार्ता पर्यावरण संरक्षण, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र नेपालको समृद्धिमा सहयोग बढाउने विषयमा केन्द्रित हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

उनको यो भ्रमणले दक्षिण एसियाका साझेदार मुलुकसँगको सम्बन्ध मजबुत हुने र क्षेत्रीय समृद्धिका लागि बल पुग्ने अमेरिकाको विश्वास छ । लुले यसअघि पनि तीन पटक नेपालको भ्रमण गरिसकेका छन् । पछिल्लो पटक उनी गत वर्ष असार २९ गते पनि नेपाल आएका थिए ।

नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेको र सो भ्रमणमा चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ(बीआरआई) बारे पनि केही सम्झौता हुनसक्ने अनुमानका बीच अमेरिकी मन्त्रीको भ्रमण हुन लागेको हो ।

भर्खरको समाचार

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

सम्बन्धित समाचार

Scroll to Top