×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माओवादी अब आफ्नै खुट्टामा उभिने, फर्कियो आत्मविश्वास

१८ मंसिर २०८१

१८ सांसर ,काठमाण्डौ ।

स्थानीय तहको उपनिर्वाचनको मतपरिणामबाट प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उत्साहित भएको छ । उपनिर्वाचनलाई २०८४ को आँखीझ्यालका रुपमा लिएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको उपनिर्वाचनको नतिजाले पार्टीले अघि सारेका एजेण्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको बताएका छन्।

Advertisement

उपनिर्वाचनको नतिजाले उत्साहित माओवादीका अध्यक्ष प्रचण्डले आज एक विज्ञप्ति जारी गर्दै पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षको नयाँ सङ्कल्पको रुपमा लिएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई जनस्तरसम्म पु¥याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रुपमा उपनिर्वाचनलाई लिएका थियौं । निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुबै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।’

विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले उत्साहपूर्ण रुपमा पार्टीलाई समर्थन गरेको प्रचण्डले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताले गरेका विभिन्न आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिहरुको रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउन, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पु¥याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा छ ।’

पार्टीले नेतृत्व गरेका स्थानीय तहहरुले उत्कृष्ट कार्य सम्पादन गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेण्डामा केन्द्रित रहेर सबै जनप्रतिनिधिलाई पूर्ण रुपमा जनताको सेवामा परिचालन गर्न पार्टी प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यो उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई हाम्रो पार्टीले आफ्नो एजेण्डा र आफ्नै एकल पहिचानका साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशको रुपमा लिनेछ । यो अपार जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

यसअघि कीर्तिपुरमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भनेका थिए ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’, । १

प्रमुख ३ उपप्रमुख र ७ वडाध्यक्षसहित माओवादी केन्द्र दोस्रो स्थानमा फर्किनु आफैँमा लोभलाग्दो पुनरागमन हो । माओवादीले एक्लै चुनाव लड्न सक्दैन भन्ने भाष्यलाई यसले खण्डन गर्दछ । साथै, कम्युनिष्ट वृत्तको सबैभन्दा ठूलो घटक निर्विवाद एमाले हो भन्ने बुझाइलाई कमजोर पारेको छ ।

यो उपनिर्वाचनमा माओवादी केन्द्रले यो स्तरको धेरैलाई अनपेक्षित लाग्ने सफलता किन र कसरी हासिल ग¥यो, यसका कारण विश्लेषण गर्न भने सजिलो छैन । एउटा कारण विपक्षी मनोविज्ञान हुन सक्दछ । कांग्रेस–एमाले गठबन्धन सरकारसँग असन्तुष्ट मतदाताले माओवादीलाई मतदान गरेका हुन सक्दछन् ।

अर्को कारण–एमालेसँग असन्तुष्ट र एमालेलाई साइजिङ गर्न चाहने एकीकृत समाजवादी, वैद्य, विप्लव वा समाजवादी मोर्चाका साना दलको ठाउँअनुसारको सहयोगले पनि हुन सक्दछ । कीर्तिपुरजस्ता आफ्नो उम्मेदवार नभएका ठाउँमा रास्वपाजस्ता विपक्षी मनोविज्ञानका मतदाताले समेत माओवादी केन्द्रलाई मतदान गरेका हुन सक्दछन्

कोशी प्रदेशका ग्रामथान प्रमुख र उदयपुरका दुईवटा वडा माओवादीको उल्लेखनीय सफलता हो । किनकि पूर्वमा माओवादी निकै कमजोर भइसक्यो भन्ने धारणा थियो । सुनसरीको गढी–६ मा एमालेलाई उछिन्दै माओवादी केन्द्रका उम्मेदवारले दोस्रो मत हासिल गर्नु पनि माओवादीको धेरै राम्रो प्रदर्शन मानिएको छ।

Advertisement

यसअघि २०७९ सालको निर्वाचनमा कांग्रेसले सानदार ढङ्गले जितेको मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनबाट परिणाम उल्ट्याएपछि माओवादी अध्यक्ष प्रचण्डले पूर्वबाट ०६४ साल फर्किएको बताएका थिए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top