×

NEPAL TIMES UPDATES

Playing
विश्वको सबैभन्दा ठूलो ’विशेष बल अपरेशन’को अन्तिम तयारी || Nepal Times
Mar 16, 2026
Playing
विश्वलाई आगोको भुंग्रोमा हालेर रमाइलो गरिरहेका Trump|| Nepal Times
Mar 16, 2026
Playing
रविविरुद्ध दायर रिट ‘हेर्दाहेर्दै’मा, मंगलबार निरन्तर सुनुवाइ|| Nepal Times
Mar 16, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-02-2082 || Nepal Times
Mar 16, 2026
Playing
राज्य हल्लाएका सिकेको राजनीतिबाट विश्राम,हार माने कि नैतिकता देखाए ?|| Nepal Times
Mar 16, 2026
Playing
W*ar Briefing: Iran, Israel, and the US खामेनीको विमान ध्व स्त पारेको इजरेलको दाबी,नेतन्याहू जिउँदै
Mar 16, 2026
Playing
Iran पस्दै अमेरिकी ‘सि‍टी कि‍लर’, ३४हजार किलो गोला–बारूदबाट हम ला || Nepal Times
Mar 16, 2026
Playing
World News: ट्रम्पको प्रस्ताव अस्ट्रेलिया र जापानबाट अस्वीकृत,अस्ट्रेलियाको हवाई यात्रा संकटमा
Mar 16, 2026
Playing
यु द्ध Iranमा, बाछिटा नेपालमा ! विश्वऊर्जा बजारमा हा हाका र || Nepal Times
Mar 16, 2026
Playing
Iran ले चिनियाँ प्रविधि बेइदु प्रयोग गरेको आशंका, के काम गर्छ? || Nepal Times
Mar 16, 2026

अञ्जिलाले युरोपेली लिग खेल्ने

२० मंसिर २०८१

२० मंसिर, काठमाण्डौ ।

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर अन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् । उनको वायोपिक ‘अन्जिला’ बनेको छ र यसको प्रिमियरका लागि उनी शुक्रबार हङकङ जांदैछिन् ।

Advertisement

उनी त्यतैबाट १२ डिसेम्बरमा ग्रिसको राजधानी एथेन्स उड्नेछिन् । युरोपेली फुटबल लिग खेल्ने दोस्रो नेपाली बन्ने संघारमा रहेकी उनलाई वायोपिकको टिमले वुधबार बिदाई गरेको छ । ‘लामो प्रयासपछि युरोपेली फुटबलमा पाएको अवसरमा एकदम खुशी लागेको छ,’ २७ वर्षीया अन्जिलाले भनिन्, ‘सुपर लगमा उत्कृष्ट प्रदर्शन गर्दै अरु नेपाली खेलाडीका निम्ति पनि युरोपेली फुटबलमा अवसर खोल्न चाहान्छु ।’

उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गत सेप्टेम्बर, २०२४ मै सम्झौता गरेकी थिइन् । तर, भिसा प्रक्रिया र साफ महिला च्याम्पियनसिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रिक सुपर लिगका सुरुआती खेल गुमाएकी छिन् ।

उनले क्लबसँग मे, २०२५ सम्मका लागि हस्ताक्षर गरेकी छन् । यसबीच नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले फुटबलमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुसी लागेको बताएका छन् ।

बुधवार काठमाडौँमा चलचित्र अञ्जिलाको बारेमा आयोजित अन्तरसंवादमा बोल्दै कप्तान चेम्जोङले फुटबलको क्षेत्रमा नेपालको पहिलो बायोपिक चलचित्र बन्दा खुसी लागेको बताएका हुन्। उनले अञ्जिला चलचित्रले १ अर्ब कमाउनेमा विश्वस्त रहेको बताए ।

चलचित्र अञ्जिलाको निर्माण टिमले हिजो काठमाडौँमा अन्तरसंवाद गरेको थियो । जसमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान चेम्जोङ, महिला राष्ट्रिय फुटबल टिमकी कप्तान अञ्जिला तुम्बाहापो, प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका सांसद सुहाङ नेम्वाङ रहेका थिए ।

चलचित्र नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान अञ्जिलाको जीवनीमा केन्द्रित छ । कार्यक्रममा बोल्दै कप्तान अञ्जिलाले पहिलोपटक युरोपमा खेल्न जाने मौका मिलेको भन्दै खुसी व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै नेकपा एमाले सांसद सुहाङ नेम्वाङले अञ्जिलाको जीवनीबाट सपनाको कुनै पनि सिमाना नहुने प्रमाणित हुने बताए । खेलेरै जीवन बनाउन सकिन्छ भन्ने प्रमाणित भएको उनले बताए ।

निर्देशक मिलन चाम्सले चलचित्र निकै रोचक रहेको बता ए। अञ्जिलाको संघर्ष र सफलताका कुरा कथामा समेटिएको र कथाले अन्य खेलाडीलाई प्रेरणा मिल्ने बताए । निर्देशक चाम्सले चलचित्र हेर्न जान सबै दर्शकलाई आग्रह गरे ।

चलचित्र अञ्जिला माघ ११ गतेबाट देशभर प्रदर्शन हुँदै छ । चलचित्रमा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ भने दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतको अभिनय छ ।

भर्खरको समाचार

इरानले मुस्लिम विश्वलाई सोध्यो ६ प्रश्न, यूएईमा फेरि खस्यो ड्रोन

fd4c6bb3-49d5-4b5d-8d1d-04ba43b5deb3

काबुलमा पाकिस्तानको भीषण आक्रमण, ४ सय जना मारिए

afganistan-kabul-sky-news

इजरेलमा ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार, कति शक्तिशाली छ?

HORMUZ

होर्मुजमा नेटो उतार्दै ट्रम्प,शक्तिराष्ट्रलाई युद्धमा नहोमिन इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

भारतको नाकाबन्दीले मेयर बनेका बालेन ओलीको अहंकारले प्रधानमन्त्री!

Screenshot 2026-03-06 091716

रविविरुद्धको मुद्दा फिर्ताबारे आजआदेश आउने

rabi lamichhane

पेट्रोलमा १५ र डिजल–मट्टीतेलमा १० रुपैयाँ मूल्य बढ्यो, ग्यासमा कति ?

petrol-pump-india_AFP

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सम्बन्धित खबरहरु

Scroll to Top