×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

जनकपुर बोल्ट्सको ह्याट्रिक जित, पोखराको दोस्रो हार

२० मंसिर २०८१

२० मंसिर, काठमाण्डौ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले ह्याट्रिक जित निकालेको छ । यसअघि विराटनगर किङ्स र कर्णाली याक्सलाई पराजित गरेको जनकपुरले आजको खेलमा पोखरालाई पराजित गरेको हो ।

Advertisement

यससँगै जनकपुरले एनपिएलमा खेलेका तीन वटै खेलमा जित निकालेको छ । पोखराले भने लगातार २ हार ब्यहोरेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा बिहीवार जनकपुरले पोखरामाथि ७ विकेटको जित हात पार्यो ।

पोखराले दिएको १३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । जनकपुका लागि लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा ८ चौका प्रहार गरेका थिए ।

मिलन्था माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच आउट भएका थिए । लिगमा १४४ रनका साथ मिलन्था सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले विराटनगर किंग्ससँगको पहिलो खेलमा ७५ तथा कर्णाली याक्ससँगको दोस्रो खेलमा २४ रन जोडेका थिए ।

यस्तै आज जनकपुरलाई तेस्रो जित दिलाउने क्रममा जिमी निशमले २० बलमा ५ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । हर्ष ठाकरले १४ बलमा १ चौकाको सहयोगमा नट आउट १३ रन बनाए ।

आसिफ शेखले ३४ बलमा ३ चौकाको सहयोगमा ३३ जोडे । उनी कुशल भुर्तेलको बलमा विपिन खत्रीबाट क्याच आउट भए । ओपनर तथा कप्तान अनिलकुमार शाह दोस्रो ओभरको दोस्रो बलमा विपीन खत्रीको बलिङमा एलबिडब्लु धरापमा परे ।

अनिलले ३ बलमा १ रन मात्र जोडेका थिए । पोखराका लागि माइकल लिस्क, कुशल भुर्तेल र विपिन खत्रीले समान १ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको थियो ।

पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडेका थिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । ३५ रन बनाउँदै क्रिचले ललित नारायण राजवंशीको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।

ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए । छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।

माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए ।

राइफर जिमी निशमको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए । न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेलिरहेका दिनेश छैटौं ओभरको पाँचौ बलमा न्युजिल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर जिमी निशमको बलमा आउट भए ।

दिनेशले १७ बलमा १० रन जोडेका थिए । कप्तान कुशल भुर्तेलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललित राजवंशीको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए ।

नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे । जनकपुरका लागि ललित राजवंशीले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए । लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ ।

Advertisement

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो । पोखरा भने पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top