×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

चितवनविरुद्ध कर्णालीको ६ विकेटको रोमाञ्चक जित

२१ मंसिर २०८१

२१ मंसिर , काठमाण्डौ ।

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ। शुक्रबारको पहिलो खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गर्दै एनपिएलमा पहिलो रोमाञ्चक जित निकालेको हो।

Advertisement
Advertisement

एनपिएलको पहिलो खेलमा कर्णाली जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा काठमाण्डौंसँग ३ विकेटले हारेको थियो। कर्णालीले पहिलो जित निकालेको दिन चितवन राइनोजले भने पहिलो हार व्यहोरेको छ।

चितवनले पहिलो खेलमा काठमाण्डौं गुर्खाजलाई ५ विकेटले हराएको थियो। दोस्रो पोखरालाई ८७ रनले हराएको थियो। चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले १ बल अगावै ४ विकेटको क्षतिमा भेट्टायो।

पहिलो विकेटका लागि ओपनर शिखर धवन र देव खनालले ९.५ ओभरमा ५३ रनको साझेदारी गरे। ३४ बलमा १ चौका र १ छक्का हानेका देव २५ रन बनाउँदा चितवनका कप्तान कुशल मल्लको बलमा एलबीडब्लु धरापमा परे।

दोस्रो विकेटका लागि धवन र चान्डविक वाल्टनले ५१ रनको साझेदारी गरे। ४१ बलमा ४ चौका र १ छक्का हानेका धवन ४५ रन बनाउँदा जान निकोल लफ्टी इटोनको बलमा कट एण्ड बोल्ड भए।

चान्डविक वाल्टन १९ बलमा ३ छक्कमा सहयोमा ३० रन बनाउँदा रवि बोपाराको बलमा एलबीडब्लु धरापमा परे। अर्जुन घर्ती ११ रनमा रनआउट भए। जिसन मक्सुद १२ र गुल्सन झा शुन्य रनमा नटआउट रहे।

चितवनका लागि कुशल मल्ल, लफ्टी इटोन र रवि बोपाराले समान एक विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको थियो।

रवि बोपारा ५९ र शरद भेषावकर ६ रनमा अविजित रहे। रविले ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे। चौथो विकेटका लागि रवि बोपारा र कप्तान कुशल मल्लले ६० रनको साझेदारी गर्दै चितवनको इनिङ्स उकासेका थिए।

चितवन एक समय ५.१ ओभरमा ३–२२ को अवस्थामा थियो। २७ बलमा २ चौका र १ छक्का प्रहार गरेका कप्तान कुशल २३ रन बनाउँदा मक्सुदको बलमा गुल्सन झाको हातबाट क्याच आउट हुन पुगे।

ओपनर लुक वेनेकेनस्टाइन शुन्य रनमा नै सोमपाल कामीको बलमा बोल्ड आउट भए। अर्का ओपनर दिपक बोहोरा ८ रन बनाउँदा नन्दन यादवको बलमा देव खनालको हातबाट क्याच आउट भए।

विपिन रावल ११ रन बनाउँदा जिसन मक्सुदको बलमा बोल्ड आउट भए। अमर राउटेला विपिन कै बलमा बोल्डआउट भए। जान निकोल लफ्टी इटोन ९ रन बनाउँदा विपिन शर्माको बलमा एलबीडब्लु धरापमा परे।

सोहेल तनविर शुन्य रनमा नै शर्माको बलमा बोल्ड आउट भए। कर्णालीका लागि विपिन शर्माले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २१ रन खर्चे। जिसन मक्सुदले २ विकेट लिए। सोमपाल कामी, नन्दन यादवले समान एक विकेट आफ्नो नाममा गरे।

Advertisement

आजै हुने दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन्। पोखरा तेस्रो खेलमा पहिलो जितको खोजीमा छ भने लुम्बिनी भने दोस्रो खेलमा पहिलो जित निकाल्न चाहन्छ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top