NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त मङ्लबार कार्तिक १८ , २०८२
सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ मङ्लबार कार्तिक १८ , २०८२
रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ? मङ्लबार कार्तिक १८ , २०८२
देउवाको संदेश विशेष महाधिवेशन नगर्नु, गगनहरुले मान्लान् ? मङ्लबार कार्तिक १८ , २०८२
Next
Prev

समाचार

खराब ऋणमा डुब्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

सोमवार मंसिर २४ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ मंसिर, काठमाण्डौ।

वर्षाैसम्म काठमाडौं स्थित एक मात्रै अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलबाट अन्तराष्ट्रिय उडान भरिरहेको नेपालले पछिल्लो समय आधुनिक सुविधासहितका दुई अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्याे ।

तर निर्माण सम्पन्न भएको महिनौं वितिसक्दा पनि पोखरा र रुपन्देहीस्थित दुई अन्तराष्ट्रिय विमानस्थलबाट सोचे अनुरुपको उडान अवतरण हुन् सकेको छैन् । अनेकौ सुविधा दिएर रुपन्देहीस्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरिएपनि विभिन्न कारण देखाउदै त्याहाको उडान बन्द हुने स्थितीमा पुगेको छ ।

उता पोखरा विमानस्थलबाट त अन्तराष्ट्रिय उडान परीक्षणका रुपमा मात्रै सिमित भएको छ। यसरी ऋण खोजेर बनाइएका यी विमानस्थलबाट आम्दानी नै नभएपछि अहिले राजनीतिक दलहरुले नै विमानस्थल खराब ऋणमा परेको निष्कर्ष निकालेका छन् ।

नेपाली कांग्रेसले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल खराब ऋणमा परेको र यसबाट प्रतिफल प्राप्त नहुने बताएको छ। कांग्रेसले चीनको एक्जिम बैंकको ऋणमा बनेको उक्त विमानस्थल खराब ऋणमा परेको निष्कर्ष निकालेको हो।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकमा यसबारे छलफल भएको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पोखरा विमानस्थलमा नराम्रो अनुभव भएको बताए।

‘पोखरा विमानस्थलको पनि हाम्रो नराम्रो अनुभव छ,’ उनले थपे, ‘त्यसको प्रतिफल नआउने सुनिश्चित भइसक्यो। यो खराब ऋणमा प¥यो।’ बैठकमा बीआरआईअन्तर्गतका परियोजनामा ऋण स्वीकार नहुने र अनुदान मात्रै लिने कांग्रेसले दोहो¥याएको छ।

यसअघि चीनले अनुदान प्रतिवद्धता गरेकै आयोजना अगाडि नबढेको विषयमा पनि कांग्रेसले ध्यानाकर्षण गराएको छ। ती परियोजना अगाडी बढेपछि बीआरआईअन्तर्गतका १० वटा परियोजना पनि अनुदानमा अगाडि बढ्ने कांग्रेसको विश्वास छ।

ऋणमा कुनै पनि परियोजना सम्झौता नहुने निस्कर्ष कांग्रेसले सुनाएको छ। यता बाक्लो हुस्सुसहितको खराब मौसमका कारण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणमा कठिनाई भएपछि तीनवटा अन्तर्राष्ट्रिय वायुसेवाले केही समयलाई उडान स्थगन गर्ने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार कुबेतबाट उडान गर्दै आइरहेको जजिरा एयरवेज, दुबईबाट उडान गर्दै आइरहेको फ्लाई दुबई र बैंककबाट उडान गरिरहेको थाई एयर एसियाले त्यहाको खराब मौसमको कारण देखाउँदै उडानलाई निरन्तरता दिन नसक्ने लिखित जानकारी दिएका हुन् ।

भैरहवा विमानस्थल आसपास रहेका सिमेन्ट फ्याक्ट्री, इँटा उद्योग लगायतबाट निस्किने धुवाँसहित अचेल चिसोका कारण तराईमा लाग्ने हुस्सुले बिहान उडानहरू प्रभावित भइरहेका छन् । केही दिनयता अन्तर्राष्ट्रिय विमान भैरहवामा अवतरण हुन नसकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भइरहेका छन् ।

त्यहाँ तत्काल मौसम सुधार नहुँदासम्म उडान गर्न नसकिने जनाउँदै जानकारी दिएका छन् । उनीहरूलाई बिहानपछि दिउँसो वा रातिको समयमा उडान गर्न अनुरोध गरीएको छ । अहिले भैरहवामा बिहान १ हजारदेखि १२ सय मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ ।

यो भिजिबिलिटी साना एटीआरदेखि ठूला जेट विमान अवतरणका लागि पर्याप्त होइन । यिनलाई अवतरण गर्न न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । प्राधिकरणले माघ १० गतेदेखि भैरहवामा भूउपग्रहको सहायतामा जहाजलाई अवतरण गराउने आरएनपीएआर एप्रोच (रिक्वायर्ड न्याभिगेसन पर्फरमेन्स अथोराइजेसन)प्रणाली लागू गर्दै छ ।

यो प्रणालीमा न्यूनतम ८ सय मिटर भिजिबिलिटीमा जहाज अवतरण गर्न सक्छन् । प्राधिकरणले जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियालाई आरएनपीएआर लागू हुनुअघिसम्म समय हेरफेर गरेर उडानलाई निरन्तरता दिन भनेको छ । यी वायुसेवाले जवाफ दिएका छैनन् ।

यसअघि कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको उडान बन्द गरेको थियो  । कतारले २७ कात्तिकदेखि १५ मंसिरसम्मका लागि मात्र भैरहवा उडान गर्ने अनुमति लिएको थियो । कतारको सेवा बन्द भएपछि भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा चारमा झरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १५ मंसिरपछि पनि भैरहवा उडानका लागि प्रस्ताव पेस गर्न कतार एयरवेजलाई पत्राचार गरेको थियो । तर, कतारले भैरहवा उडानका लागि प्रस्ताव पेस नगरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन् । यसैले कतारको भैरहवा उडान फेरि अनिश्चित बनेको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि नेपाल सरकारले विभिन्न राष्ट्र तथा संस्थाबाट ऋण लिएको छ। गौतम बुद्धका लागि एशियाली विकास बैंक र ओपेक फन्डबाट ऋण दिइएको छ ।

जसमा एशियाली विकास बैंकबाट ८ अर्ब ५५ करोड रुपैयाँ ऋण लिइएको छ। यसको भुक्तानी अवधि ८ वर्षको ग्रेस अवधि सहित ३२ वर्षभित्र ऋण चुक्ता गर्नुपर्नेछ। उता पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण स्रोत चीनको एक्जिम बैंक हो ।

हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रुपैयाँ (१ अर्ब ३३ करोड ८७ लाख ४० हजार चिनियाँ युआन) ऋण लिइएको छ। यसको भुक्तानी अवधि ७ वर्षको ग्रेस अवधि सहित २० वर्षभित्र ऋण चुक्ता गर्नुपर्नेछ।

सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग आग्रह गर्दै आएको छ । तर भर्खरै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा यस विषयमा कुनै सहमति बनेको छैन् ।

Tags: #पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन#विमानस्थलको लगानी बालुवामा पानी

लोकप्रीय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

विचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२

थप समाचार

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर
अन्तर्राष्ट्रिय

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा
ताजा समाचार

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन
ताजा समाचार

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

World News:भार तीयलाई पाकि स्तानको भिसा, आग लागीमा ११ जनालाई जन्म*कैद || Nepal Times

00:21:11

World News: अमेरिकाले साढे ७ हजार मात्रै शरणार्थी राख्ने,हरिकेनमा ३० मा*रिए || Nepal Times

00:19:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

अमेरिका–इरानबीच सहकार्य हुनसक्छ ? खामेनीका ३ सर्त

मङ्लबार कार्तिक १८ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
काठमाडौंको फोहोरमा कुलमानको चासो– बिहानै पुगे बञ्चरेडाँडा

काठमाडौंमै छुँ भन्ने निकोलस गोरखाबाट पक्राउ

मङ्लबार कार्तिक १८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.