×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026
Playing
नेपालमा कति छ युरेनियम ?कसले लगायो बक्रदृष्टि? बालेन सरकारसँग मागियो जवाफ || Nepal Times
Apr 17, 2026

कुलमानले भुक्तानी रोकेपछि अदालतले दियो अन्तरिम आदेश

२७ मंसिर २०८१

२७ मंसिर , काठमाण्डौ।

उच्च अदालत पाटनले विद्युत् महसुल बक्यौता उठाउने नाममा असम्बन्धित कम्पनीहरूको भुक्तानी नरोक्न नेपाल विद्युत् प्राधिकरणको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले पियोर इनर्जी लिमिटेडले विद्युत् बिक्री बापतको रकमको भुक्तानी नरोक्न भनी अन्तरिम आदेश दिएको हो ।

Advertisement
Advertisement

डेडिकेटेड र ट्रंकलाइन महसुल भुक्तानीको बारेमा विभिन्न उद्योगी व्यवसायी र नेपाल विद्युत् प्राधिकरणको विवाद जारी छ । सरकारको निर्देशनपछि उद्योगहरूको लाइन काटेको प्राधिकरणले पछिल्लो समय ती उद्योगका सञ्चालकहरू आबद्ध रहेको जलविद्युत् आयोजनाको भुक्तानी काट्न थालेको थियो ।

विद्युत् प्राधिकरणले नीजि क्षेत्रबाट उत्पादित विद्युत् किन्नेगर्छ । त्यसबापत उसले ती कम्पनीहरूलाई खपत युनिटका आधारमा रकम भुक्तानी गर्छ । डेडिकेटेड र ट्रंकलाइनको विवादमा जोडिएका कतिपय उद्योगीहरूले जलविद्युत् आयोजनामा पनि लगानी गरेका छन् ।

विद्युत् प्राधिकरणले ती उद्योगी आवद्ध कम्पनीहरूको बक्यौता रकम कटौती गरेर ती जलविद्युत् आयोजनाको रकम भुक्तानी गर्ने घोषणा गरेको थियो । त्यसक्रममा व्यवसायी पवन गोल्यानको समेत लगानी रहेको पियोर इनर्जी लिमिटेडको रकम भुक्तानी कटौती गर्न थालेको थियो ।

गोल्यानले सञ्चालन गरिरहेको रिलायन्स स्पिनिङ मिल्स् लिमिटेडसँगको महशुल भुक्तानी विवाद यथावत् छ । रिलायन्सले तिर्नुपर्ने ७५ करोड रुपैयाँ फरफार गर्ने भन्दै विद्युत् प्राधिकरणले पियोर इनर्जीले पाउनुपर्ने भुक्तानीको रकम काट्न थालेको थियो ।

प्राधिकरणको निर्णयविरुद्ध उक्त कम्पनी उच्च अदालत पाटन पुग्यो । उच्च अदालत पाटनका न्यायाधीश नारायणप्रसाद रेग्मीको इजलासले ‘कम्पनीको शेयरधनी र कम्पनीको छुट्टै व्यक्तित्व हुने अनि शेयरधनीको दायित्व शेयरको हदसम्म मात्र सीमित हुने’ भन्दै प्राधिकरणको निर्णयलाई कम्पनी कानुनको प्रतिकुल भनी प्रारम्भिक व्याख्या गरेको हो ।

उच्च अदालतले अन्तरिम आदेशमा भनेको छ, ‘पियार इनर्जी कम्पनीले भुक्तानी प्राप्त गर्ने रकमबाट अर्को कम्पनीले खपत गरेको बिलको रकम अशुल गरेमा अपुरणीय क्षति पुग्ने देखिँदा सुविधा सन्तुलनको दृष्टिकोणबाट मुद्दाको अन्तिम किनारा नभएसम्म प्राधिकरणको पत्राचार कार्यान्वन नगर्नू र नगराउनु भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’

निवेदक कम्पनीका कानुन व्यवसायीहरूको एकतर्फी सुनुवाइका आधारमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको हो । उक्त आदेशविरुद्ध विद्युत् प्राधिकरणले अन्तरिक आदेश खारेजीको मागसहित फेरि निवेदन दिने विकल्प बाँकी छ ।

उच्च अदालतको यो आदेशसँगै विद्युत महशुलको विवादमा जोडिएका उद्योगीहरू आवद्ध अरु कम्पनीबाट बक्यौता असुल्ने विद्युत् प्राधिकरणको प्रयास असफल भएको छ ।

Advertisement

नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमा घिसिङले विजुलीको महशुल उठाउन बैंक खाता रोक्का, सेयर निस्कासन रोक्ने तथा सम्बन्धित व्यवसायीका अन्य व्यवासायबाट अशुल गर्ने प्रयास गरेका थिए । कुलमानले बक्यौता नतिर्ने व्यवसायीको घरको लाइन काट्नेसम्मको चेतावनीसमेत दिएका छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top